शिक्षा आयोगको प्रतिवेदनमा निजी क्षेत्रको कडा आपत्ति

Abhiyanpost Abhiyanpost
|
बुधबार, पौष २६, २०७४
|
|
४८ पटक हेरिएको
Shares
शिक्षा आयोगको प्रतिवेदनमा निजी क्षेत्रको कडा आपत्ति

सारांश

  • काठमाडौँ, २६ पुस ।
  • उच्चस्तरीय शिक्षा आयोगको प्रारम्भिक प्रतिवेदनमा आफूहरूको योगदानलाई अवमूल्यन गरिएको भन्दै निजी क्षेत्रका प्रतिनिधिले पुनःलेखन गर्न माग गरेका छन् ।
  • सिंहदरबारमा आज सम्पन्न आयोगको दोस्रो बैठकमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेन (प्याब्सन), उच्चमाध्यमिक विद्यालय संघ (हिसान), निजी तथा आवासीय विद्यालय एसोसिएन (एन प्याब्सन) का प्रतिनिधिले सो गुनासो गरेका हुन् ।

काठमाडौँ, २६ पुस । उच्चस्तरीय शिक्षा आयोगको प्रारम्भिक प्रतिवेदनमा आफूहरूको योगदानलाई अवमूल्यन गरिएको भन्दै निजी क्षेत्रका प्रतिनिधिले पुनःलेखन गर्न माग गरेका छन् ।

सिंहदरबारमा आज सम्पन्न आयोगको दोस्रो बैठकमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेन (प्याब्सन), उच्चमाध्यमिक विद्यालय संघ (हिसान), निजी तथा आवासीय विद्यालय एसोसिएन (एन प्याब्सन) का प्रतिनिधिले सो गुनासो गरेका हुन् । आयोगमा प्याब्सनका अध्यक्ष विजय सम्बाहाम्फे, पूर्व अध्यक्षहरू उमेश श्रेष्ठ, राजेश खड्का, हिसानका अध्यक्ष रमेश सिलवाल, एन प्याब्सनका पूर्वअध्यक्षहरू गीता राणा, कर्णबहादुर शाहीलगायत हुनुहुन्छ ।

गत भदौ १९ गते मन्त्रिपरिषद्बाट उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठको अध्यक्षतामा गठित सो ६५ सदस्यीय आयोगको कार्यावधि आउँदो माघ १९ सम्म छ । आयोगको भदौ ३० को पहिलो बैठकले गठन गरेको विज्ञ समूहले यही पुस ४ मा हालसम्मको कार्य प्रगति र विद्यालय शिक्षाको सुधारका लागि विभिन्न प्रारम्भिक सुझाव प्रस्तुत गरेको थियो । विज्ञ समूहको सुझावमा निःशुल्क र अनिवार्य शिक्षाको कार्यान्वयनका लागि आधारभूत तहसम्म निजी विद्यालयलाई क्रमशः बन्द गराउने विकल्प दिइएको छ । आजको बैठकमा विषयगत छलफल थप गर्नुपर्ने भएकाले आयोगमा अवधि थप्न सुझाव आएको छ ।

उपप्रधानमन्त्री श्रेष्ठले आयोगले पूर्ण प्रतिवेदन तयार गर्ने क्रममा सबै पक्षसँग सुझाव लिएर समेटिने बताउनुभयो । उहाँले संविधान जारीपछि मुलुकको राजनीतिक संक्रमणकाल समाप्त भएकाले अब आर्थिक समृद्धि र शैक्षिक विकासमा लाग्नुपर्नेमा जोड दिँदै अर्काे सरकार आएपछि पनि यही आयोगले निरन्तरता पाउन सक्ने बताउनुभयो ।

शिक्षाविद्हरू केदारभक्त माथेमा र डा मनप्रसाद वाग्लेको आयोगबाट राजीनामाबारे बैठकमा सदस्यसचिव डा हरि लम्सालले जानकारी गराउनुभएको थियो ।

(Zolpidem)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौंमा खस क्षेत्रि युवासंगठन निर्माण ।
काठमाडौंमा खस क्षेत्रि युवासंगठन निर्माण ।
कोशीमा रास्वपालाई हर्क साम्पाङको अवरोध, ६ निर्वाचन क्षेत्रमा अग्रता
कोशीमा रास्वपालाई हर्क साम्पाङको अवरोध, ६ निर्वाचन क्षेत्रमा अग्रता
(कालिकाेट दुर्घटना अपडेट) जीप दुर्घटनामा मृतकको सङ्ख्या चार पुग्याे ।
(कालिकाेट दुर्घटना अपडेट) जीप दुर्घटनामा मृतकको सङ्ख्या चार पुग्याे ।
नेपाल प्रहरीको जनपद प्रहरी समूहका डिआइजी र एसएसपीको सरुवा
नेपाल प्रहरीको जनपद प्रहरी समूहका डिआइजी र एसएसपीको सरुवा
मनाेरञ्न समाचार : ‘द कपिल शर्मा शो ’ बाट चन्दु चायवाला निकालिए
मनाेरञ्न समाचार : ‘द कपिल शर्मा शो ’ बाट चन्दु चायवाला निकालिए
सलमान खानले जम्मु कश्मिर आक्रमणको निन्दा गर्दै पाकिस्तानी गायकलाई हटाए
सलमान खानले जम्मु कश्मिर आक्रमणको निन्दा गर्दै पाकिस्तानी गायकलाई हटाए
आईपीएलमा सन्दीपको धमाकेदार बलिंग, जिते स्टाइलिस प्लेयर अफ द म्याच अवार्ड
आईपीएलमा सन्दीपको धमाकेदार बलिंग, जिते स्टाइलिस प्लेयर अफ द म्याच अवार्ड
भरतपुरमा मतगणनाको माग गर्दै एमालेद्वारा संसदमा अवरोध, बैठक स्थगित
भरतपुरमा मतगणनाको माग गर्दै एमालेद्वारा संसदमा अवरोध, बैठक स्थगित
एकको उपहार, अर्काको सरोकार’: सहयोगको हात फैलाउँदै सुखावती
एकको उपहार, अर्काको सरोकार’: सहयोगको हात फैलाउँदै सुखावती
Electronic Storage and Data Rooms

तपाईंले छुटाउनुभयो कि?