को–को प्रहरी छानबिनमा ?

Abhiyanpost Abhiyanpost
|
मंगलबार, चैत्र १७, २०७७
|
|
४९ पटक हेरिएको
Shares
को–को प्रहरी छानबिनमा ?

सारांश

  • सिन्धुलीका एसपी आभूषण तिमल्सिना साढे दुई महिनामै केन्द्र तानिए ।
  • रुखो कार्यशैली र अनियमितता बाहिर आएपछि उनलाई हटाएर गत साता गोविन्द थपलियालाई सिन्धुली पठाइयो ।
  • यसअघि बाग्लुङका एसपी लोकेन्द्र श्रेष्ठलाई पनि ६ महिनामै जिल्लाबाट हटाइएको थियो ।

सिन्धुलीका एसपी आभूषण तिमल्सिना साढे दुई महिनामै केन्द्र तानिए । रुखो कार्यशैली र अनियमितता बाहिर आएपछि उनलाई हटाएर गत साता गोविन्द थपलियालाई सिन्धुली पठाइयो ।यसअघि बाग्लुङका एसपी लोकेन्द्र श्रेष्ठलाई पनि ६ महिनामै जिल्लाबाट हटाइएको थियो । नेपाल प्रहरीमा तिमल्सिना र श्रेष्ठ यस्ता प्रहरी अधिकृत हुन्, जसले कार्यालय प्रमुखका रुपमा आफ्नो कार्यकाल विरलै पूरा अवधि काम गरेका छन् ।तिमल्सिना यसअघि स्याङजा र कैलालीबाट पनि केही महिनामै हटाइएका थिए । इन्सपेक्टरमा दरबारमार्ग हुँदा पनि उनी अनेक काण्डमा परे । तर, उनको कार्यशैली सुध्रिएको छैन ।

अन्य जिल्लाका केही एसपीमाथि समेत छानबिन भइरहेको स्रोत बताउँछ । मकवानपुरका एसपी सोमेन्द्रसिंह राठौरलाई पनि प्रहरी प्रधान कार्यालयले स्पष्टिकरण सोधेको छ । क्रसरबाट पैसा उठाउन लागेको र घुुमवा परिचालन गरेर पैसा उठाएको उजुरी माथिल्लो निकायमा पुगेको छ ।

त्यस्तै, कपिलवस्तुका एसपी नवराज अधिकारीले पनि तस्करीको सेटिङ मिलाएको भन्दै हेडक्वार्टरमा उजुरी परेको छ । तस्करीमा संलग्न केही व्यक्तिको घरमा गएर उनी जुवा नै खेल्ने गरेको स्रोत बताउँछ । बाँकेका एसपी ओमबहादुर रानाविरुद्ध समेत उजुरी परेपनि गृहमन्त्रीको आशिर्वाद रहेकालाई उनलाई कारबाही हुन सकेको छैन ।

उता प्रहरी प्रधान कार्यालयले उपत्यकाका वृत्तका डिएसपीहरु पनि हेरफेर गर्न लागेको छ । बौद्ध तथा अनामनगर वृत्तका डिएसपीको एक वर्ष पुगिसकेको छ । अन्य केही वृत्तका डिएसपीको १० महिना पुगेको छ ।–दृष्टिबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वाईडबडी घोटाला प्रकरणमा कांग्रेस चुप, देउवाले दिए यस्तो निर्देशन
वाईडबडी घोटाला प्रकरणमा कांग्रेस चुप, देउवाले दिए यस्तो निर्देशन
दार्चुलाको गागामा सशस्त्रको गुल्म राख्ने तयारी
दार्चुलाको गागामा सशस्त्रको गुल्म राख्ने तयारी
‘माओवादीको एजेण्डाले जितेको छ ’
‘माओवादीको एजेण्डाले जितेको छ ’
अस्पतालमा कुरुवालाई उद्योग वाणिज्य महासङ्घले कुरुवा घर बनाइदिने
अस्पतालमा कुरुवालाई उद्योग वाणिज्य महासङ्घले कुरुवा घर बनाइदिने
सरकारले भोलि र पर्सि २ दिन काठमाडौं उपत्यकाबाट बाहिर जान दिने
सरकारले भोलि र पर्सि २ दिन काठमाडौं उपत्यकाबाट बाहिर जान दिने
अब यी साना तथा ठुला व्यवसायहरूले पनि अनिवार्य भ्याट (VAT) मा दर्ता गराउनै पर्ने !
अब यी साना तथा ठुला व्यवसायहरूले पनि अनिवार्य भ्याट (VAT) मा दर्ता गराउनै पर्ने !
रणबीर सिंहको नयाँ फिल्म ‘जयसभाइ जोरदार’को घोषणा
रणबीर सिंहको नयाँ फिल्म ‘जयसभाइ जोरदार’को घोषणा
मुख्यमन्त्री बन्न लागेका डोरमणि पौडेल को हुन् ?
मुख्यमन्त्री बन्न लागेका डोरमणि पौडेल को हुन् ?
२४ घन्टामा १५३९ कोरोना संक्रमित थपिएसँगै कुल संक्रमित ५८ हजार नाघ्यो
२४ घन्टामा १५३९ कोरोना संक्रमित थपिएसँगै कुल संक्रमित ५८ हजार नाघ्यो
प्रचण्डले कांग्रेसलाई धर्मको पाठ पढाउन जरुरी छैन् : प्रवक्ता शर्मा
प्रचण्डले कांग्रेसलाई धर्मको पाठ पढाउन जरुरी छैन् : प्रवक्ता शर्मा

तपाईंले छुटाउनुभयो कि?