भाजपाको ऐतिहासिक जित, मोदी फेरि प्रधानमन्त्री हुँदै

Abhiyanpost Abhiyanpost
|
बिहिबार, जेठ ९, २०७६
|
|
३१ पटक हेरिएको
Shares
भाजपाको ऐतिहासिक जित, मोदी फेरि प्रधानमन्त्री हुँदै

सारांश

  • भारतमा फेरि नरेन्द्र मोदी प्रधानमन्त्री हुने पक्का भएको छ ।
  • लोकसभा चुनावको जारी मतगणनामा भाजपा एक्लै बहुमत उन्मुख छ भने उसको गठबन्धन ३४३ सिटमा अगाडि छ ।
  • मतगणना चलिरहँदा वर्तमान प्रधानमन्त्री मोदीले भारतको जित भएको प्रतिक्रिया दिएका छन् ।

भारतमा फेरि नरेन्द्र मोदी प्रधानमन्त्री हुने पक्का भएको छ । लोकसभा चुनावको जारी मतगणनामा भाजपा एक्लै बहुमत उन्मुख छ भने उसको गठबन्धन ३४३ सिटमा अगाडि छ । मतगणना चलिरहँदा वर्तमान प्रधानमन्त्री मोदीले भारतको जित भएको प्रतिक्रिया दिएका छन् । भाजपा कार्यकर्ताले देशभर खुसी मनाइरहेका छन् ।

चुनावी परिणामबारे कंग्रेस अध्यक्ष राहुल गान्धीले यसबारे केही बोलेका छैनन् । जारी मतगणनामा कांग्रेस गठबन्धन मात्र ९६ सिटमा अगाडि छ भने अन्य १०६ सिटमा अगाडि छ । लोकसभामा बहुमत ल्याउन २ सय ७२ सिट आवश्यक पर्छ । सन् २०१४ को निर्वाचनमा भाजपा एक्लैले २ सय ८२ सिटमा जित हासिल गरेको थियो । यस पटक त्यस भन्दा पनि बढी सिटमा अग्रता लिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?