तेस्रो किस्ता लिनेको सङ्ख्या न्यून !

Abhiyanpost Abhiyanpost
|
शनिबार, आश्विन ६, २०७५
|
|
३७ पटक हेरिएको
Shares
तेस्रो किस्ता लिनेको सङ्ख्या न्यून !

सारांश

  • बनेपा, ६ असोज ।
  • भूकम्प गएको तीन वर्ष बितिसक्दासमेत निजी आवास पुनःनिर्माणको लागि तेस्रो किस्ता लिनेको सङ्ख्या न्यून रहेको पाइएको छ ।
  • जिल्लामा निजी आवास पुनःनिर्माण गर्न भदौ महिनासम्ममा तेस्रो किस्ता लिनेको सङ्ख्या १६ हजार १३४ रहेको आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका प्रमुख लोकनाथ रेग्मीले बताउनुभयो ।

बनेपा, ६ असोज । भूकम्प गएको तीन वर्ष बितिसक्दासमेत निजी आवास पुनःनिर्माणको लागि तेस्रो किस्ता लिनेको सङ्ख्या न्यून रहेको पाइएको छ । जिल्लामा निजी आवास पुनःनिर्माण गर्न भदौ महिनासम्ममा तेस्रो किस्ता लिनेको सङ्ख्या १६ हजार १३४ रहेको आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका प्रमुख लोकनाथ रेग्मीले बताउनुभयो । जिल्लामा ९० हजार ४९७ घर परिवारको सर्वेक्षण भएकामा पहिचान भएका ८२ हजार ८३३ लाभग्राही थिए । तीमध्ये गुनासो फछ्र्योट भएर आएकासहित गरेर पूर्ण लाभग्राही (पूर्ण क्षति)को सङ्ख्या ७७ हजार ४१४ र प्रवलीकरण लाभग्राहीको सङ्ख्या पाँच हजार ४१९ थियो ।

“अब पहिलो किस्ता र दोस्रो किस्ताका लागि माग गर्न आउनेको सङ्ख्या निकै कम देखिएको छ ।” प्रमुख रेग्मीले भन्नुभयो । जिल्लाका लाभग्राहीमध्ये ६७ हजार २५९ घरपरिवारले पहिलो किस्ता प्राप्त गरिसकेका छन् भने दोस्रो किस्ता प्राप्त गर्नेको सङ्ख्या ४४ हजार ९० छ । गैरसरकारी संस्थामार्फत पहिलो किस्ता दुई हजार ६१०, दोस्रो किस्ता दुई हजार १३४ र तेस्रो किस्ता एक हजार ४८५ लाभग्राहीलाई प्रदान गरिएकोे थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमालेभित्र ओली र नेपालबीच कडा शक्तिसंघष हुने, केन्द्रीय कमिटीमा को कता
एमालेभित्र ओली र नेपालबीच कडा शक्तिसंघष हुने, केन्द्रीय कमिटीमा को कता
यी हुन् नेपालबाट धेरै निर्यात भएका १० वस्तु
यी हुन् नेपालबाट धेरै निर्यात भएका १० वस्तु
माल्दिभ्स विरुद्ध जित निकाल्दै नेपाल फाइनल नजिक
माल्दिभ्स विरुद्ध जित निकाल्दै नेपाल फाइनल नजिक
सायद बिरामिकाे सेवा गर्न पाउँदिन हाेला : डा उपेन्द्र देवकाेटा
‘कानून र संविधानले बलियो बनाएको संस्थामाथि अविश्वास उत्पन्न किन भयो’
‘कानून र संविधानले बलियो बनाएको संस्थामाथि अविश्वास उत्पन्न किन भयो’
‘‘साहो’सँग कताकता डर लागिरहेको छ तर, राम्रो नेपाली चलचित्रलाई दर्शकले अवश्य माया गर्नुहुनेछ’
‘‘साहो’सँग कताकता डर लागिरहेको छ तर, राम्रो नेपाली चलचित्रलाई दर्शकले अवश्य माया गर्नुहुनेछ’
खानेपानीको अभावले बस्ती नै संकटमा
खानेपानीको अभावले बस्ती नै संकटमा
हिमालयन ट्राभल मार्ट जेठमा हुने
हिमालयन ट्राभल मार्ट जेठमा हुने
घरटहरा नहटाउँदा काम अवरुद्ध !
घरटहरा नहटाउँदा काम अवरुद्ध !
२३ बुँदे घोषणापत्र जारी गर्दै उद्योग वाणिज्य संघहरुको राष्ट्रिय भेला सम्पन्न, स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्नु पर्नेमा जोड
२३ बुँदे घोषणापत्र जारी गर्दै उद्योग वाणिज्य संघहरुको राष्ट्रिय भेला सम्पन्न, स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्नु पर्नेमा जोड

तपाईंले छुटाउनुभयो कि?