देउवाको ओलीसँग दुरी बढ्यो, प्रचण्डसँग निकटता

Abhiyanpost Abhiyanpost
|
आइतबार, मंसिर २८, २०७७
|
|
६० पटक हेरिएको
Shares
देउवाको ओलीसँग दुरी बढ्यो, प्रचण्डसँग निकटता

सारांश

  • नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीसँग दुरी बढेको छ ।
  • पछिल्लो समय संवैधानिक निकायमा नियुक्तका लागि कुरा मिल्न नसक्दा दुईबीच दुरी बढेको हो ।
  • विश्वस्त स्रोतका अनुसार देउवाले संर्वधानिक निकाय अन्र्तगत अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एकजना आयुक्त आफूले भनेको व्यक्तिलाई बनाउन चाहेका छन् ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीसँग दुरी बढेको छ । पछिल्लो समय संवैधानिक निकायमा नियुक्तका लागि कुरा मिल्न नसक्दा दुईबीच दुरी बढेको हो ।

विश्वस्त स्रोतका अनुसार देउवाले संर्वधानिक निकाय अन्र्तगत अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एकजना आयुक्त आफूले भनेको व्यक्तिलाई बनाउन चाहेका छन् । उनले निर्वाचन आयोगलगायत कतिपय निकायमा समेत आफू निकटलाई नियुक्ति दिलाउन खोजेका छन् । तर, प्रधानमन्त्री ओली यसमा सहमत छैनन् । उनले अख्तियारमा देउवाले भनेको व्यक्तिलाई नियुक्ति दिलाउन चाहेनन् ।

आफूले भनेबमोजिम संवैधानिक निकायमा नियुक्तिहरु हुन नसक्ने भएपछि देउवा आज बस्नुपर्ने संवैधानिक निकायको बैठकमा अनुपस्थित भए । देउवाले शुक्रबार नै अनुपस्थित हुने जानकारी गराएका थिए । उनको अनुपस्थितिले संवैधानिक परिषद बैठकमा गणपूरक संख्या पुगेन ।

आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटा पनि अनुपस्थित भए । सापकोटा नेकपा अध्यक्ष प्रचण्डका निकटस्थ हुन् । प्रचण्डकै जोडबल र अडानले अग्नि सभामुख भएका थिए । आजको बैठकमा उनी अनुपस्थित हुनुलाई प्रचण्डको अनुपस्थितिका रुपमा हेरिएको छ । प्रचण्डले पनि अख्तियार लगायत महत्वपूर्ण संवैधानिक निकायमा आफू निकटस्थहरुलाई नियुक्ति दिलाउन खोजिरहेका छन् । यसमा सहमति बन्न सकिरहेको छैन ।

अहिले ओलीले संवैधानिक निकायमा अधिकांश आफू निकटस्थलाई बनाउन खोजेपछि देउवा र प्रचण्ड दुवै असन्तुष्ट भएका छन् । यसले उनीहरुलाई नजिक बनाएको छ । देउवा आफै संवैधानिक परिषदको बैठकमा अनुपस्थित भए । प्रचण्डकै आग्रहमा सभामुख अग्नि सापकोटा पनि अनुपस्थित भए । गणपूरक संख्या नपुगेपछि संविधान अनुसार बैठक बस्न सकेन ।

संवैधानिक निकायको नियुक्तिका विषयमा ओलीसँग देउवा र प्रचण्ड दुवैले फरक शेली देखाएका छन् । यसलाई उनीहरुको निकटता बढाएको अवस्थाका रुपमा समेत हेरिएको छ ।

विगतमा पनि देउवा र प्रचण्ड निकट भएर सत्ता समिकरण समेत गरेका थिए । तर, प्रचण्डले देउवालाई धोका दिएको बुझाई रहेको छ । त्यसपछि देउवा चिढिएका छन् । यी दुई नेताबीच पछिल्लो समय सम्बन्ध सुधारको प्रयास बनिरहेको थियो ।

(Xanax)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

युद्ध अन्त्य नभएसम्म थप बन्धक रिहा नगर्ने हमासको भनाइ, नेपालका विपिन जोशीको अवस्था ‘अझै अज्ञात’
युद्ध अन्त्य नभएसम्म थप बन्धक रिहा नगर्ने हमासको भनाइ, नेपालका विपिन जोशीको अवस्था ‘अझै अज्ञात’
दश जोड दुई कक्षा सञ्चालनार्थ देउसी खेलेर रकम संकलन
दश जोड दुई कक्षा सञ्चालनार्थ देउसी खेलेर रकम संकलन
भोलि संघीय संसदको सपथ- तीनजनाले लिन नपाउने, के होला रेशम चौधरीको!
भोलि संघीय संसदको सपथ- तीनजनाले लिन नपाउने, के होला रेशम चौधरीको!
संगठनमा १६ औँ नम्बरका नेम्वाङ संगठनमा चौँथो नम्बरमा
संगठनमा १६ औँ नम्बरका नेम्वाङ संगठनमा चौँथो नम्बरमा
च्याम्पियन्स लिग: लेन्सविरुद्ध आर्सनलको ६ गोल
च्याम्पियन्स लिग: लेन्सविरुद्ध आर्सनलको ६ गोल
निर्मला पन्त हत्याअान्दाेलनकाे नाममा  विकास समितिको जग्गा मिच्दै !
निर्मला पन्त हत्याअान्दाेलनकाे नाममा विकास समितिको जग्गा मिच्दै !
The very best International Internet dating sites
नयाँ शक्ति गोरखाका नेता माओवादी केन्द्रमा प्रवेश
नयाँ शक्ति गोरखाका नेता माओवादी केन्द्रमा प्रवेश
टिकटक भिडियो खिच्ने क्रममा खोलामा हामफालेर बेपत्ता भएका युवकको शव भेटियो
टिकटक भिडियो खिच्ने क्रममा खोलामा हामफालेर बेपत्ता भएका युवकको शव भेटियो
चिया मजदुरको तलब दुई दिनभित्र दिन मन्त्री विष्टको निर्देशन
चिया मजदुरको तलब दुई दिनभित्र दिन मन्त्री विष्टको निर्देशन

तपाईंले छुटाउनुभयो कि?