इन्फ्लुएन्जाका कारण विद्यालय एक हप्ता बन्द

Abhiyanpost Abhiyanpost
|
शनिबार, श्रावण २१, २०७४
|
|
४९ पटक हेरिएको
Shares
इन्फ्लुएन्जाका कारण विद्यालय एक हप्ता बन्द

सारांश

  • वालिङ (स्यांजा), २१ साउन ।
  • वालिङमा फैलिएको सिजनल इन्फ्लुएन्जा (ए एचवान एनवान) का बिरामी बढेसँगै यहाँका विद्यालय एक हप्ताका लागि बन्द गरिएका छन् ।
  • वालिङ बजारमा पछिल्लो समय सिजनल इन्फ्लुएन्जाको संक्रमण बढेपछि वालिङ तथा नजिकैको भिरकोट नगरपालिकाको बजार क्षेत्रका निजी विद्यालय बन्द गरिएका हुन् ।

वालिङ (स्यांजा), २१ साउन । वालिङमा फैलिएको सिजनल इन्फ्लुएन्जा (ए एचवान एनवान) का बिरामी बढेसँगै यहाँका विद्यालय एक हप्ताका लागि बन्द गरिएका छन् ।

वालिङ बजारमा पछिल्लो समय सिजनल इन्फ्लुएन्जाको संक्रमण बढेपछि वालिङ तथा नजिकैको भिरकोट नगरपालिकाको बजार क्षेत्रका निजी विद्यालय बन्द गरिएका हुन् । “अहिलेको अवस्थामा भीडभाडमा हिँडडुल गर्न सबैलाई असहज परिस्थिति भएको महसुुुस गर्दै यहाँका सरोकारवालाको समन्वयमा आजदेखि २८ गतेसम्म विद्यालय बन्द गरिएको छ”, जिल्ला शिक्षा कार्यालय स्यांजाका स्रोतव् यक्ति भरतप्रसाद बगालेले भन्नुभयो, “अहिलेको बिदालाई अन्य बिदामा कटाउने गरी जिल्ला शिक्षा कार्यालयले स्वीकृति दिएको हो ।”

यहाँका सामुदायिक विद्यालय साउन २२ गतेसम्म बर्खे बिदामा रहेकाले सामुदायिक विद्यालयमा बिदा गर्नु नपरेको बगालेले बताउनुभयो । बजार क्षेत्रमा रहेका करिब १७ संस्थागत विद्यालय साउन २८ गतेसम्मका लागि बिदा गरिएको छ ।

वालिङ तथा आसपासका क्षेत्रबाट २० जनाको रगत र घाँटी (थ्रोट स्वाब)को परीक्षण गर्दा पाँच जनामा एचवान एनवान पोजेटिभ र एक जनामा इन्फ्लुएन्जा ‘बी’ पोजेटिभ देखिएको थियो । यही साउन ९ गते एक जनाको उपचारका क्रममा निधन भएपछि वालिङ आसपासका २० जनाको नमूना संकलन गरिएको थियो ।

“छ जनालाई वालिङ प्राथमिक स्वास्थ्य केन्द्रले नियमित सम्पर्क गरिरहेको छ”, वालिङ प्राथमिक स्वास्थ्य केन्द्रका सूचना अधिकारी देवेन्द्र भट्टराईले भन्नुभयो, “अब आत्तिनुपर्ने अवस्था छैन, छ जनाकै स्वास्थ्य अवस्था सामान्य रहेको रिपोर्ट प्राप्त भएको छ ।”

यस रोगबाट बच्न खोक्दा, हाच्छियूँ गर्दा सफा कपडा वा रुमालको प्रयोग गर्ने, साबुन पानीले मिचीमिची हात धुने, पोषिलो झोलिलो खानेकुरा खाने, अनावश्यक मानिसको भीडभाडमा नजाने, आँखा, नाक, मुखमा अनावश्यक हात नलैजाने, हात नमिलाउने, अंकमाल गर्न नहुने वालिङ प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर प्रवीण घिमिरेले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्व बजारको प्रभावले नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट, तोलामा ५ हजार ८०० रुपैयाँले घट्यो
विश्व बजारको प्रभावले नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट, तोलामा ५ हजार ८०० रुपैयाँले घट्यो
चीनमा देखिएको नयाँ भाइरस मानिसबाट सर्न सक्ने, अमेरिकामा पनि भेटियो सङ्क्रमण
चीनमा देखिएको नयाँ भाइरस मानिसबाट सर्न सक्ने, अमेरिकामा पनि भेटियो सङ्क्रमण
आलेख: निजी विद्यालयको उपस्थितिमा निःशुल्क शिक्षा नीति लागू गर्ने चुनौती
आलेख: निजी विद्यालयको उपस्थितिमा निःशुल्क शिक्षा नीति लागू गर्ने चुनौती
‘Dhadak’ title track will release on this date, Janhvi and Ishaan gave a sneak peek of it, watch
‘Dhadak’ title track will release on this date, Janhvi and Ishaan gave a sneak peek of it, watch
एनसेलले रु १३ अर्ब ६० करोड पुँजीगत लाभकर  तिर्यो
एनसेलले रु १३ अर्ब ६० करोड पुँजीगत लाभकर तिर्यो
एचआइभी नियन्त्रणमा उल्लेखनीय उपलब्धि हासिल भएको छ : स्वास्थ्यमन्त्री बस्नेत
एचआइभी नियन्त्रणमा उल्लेखनीय उपलब्धि हासिल भएको छ : स्वास्थ्यमन्त्री बस्नेत
२५ वटा सेवामा हडताल गर्न निषेध
२५ वटा सेवामा हडताल गर्न निषेध
राहदानीमा गम्भीर लापर्वाही, जिल्लै फरक-राष्ट्रियता तिब्बतीयन
राहदानीमा गम्भीर लापर्वाही, जिल्लै फरक-राष्ट्रियता तिब्बतीयन
प्रहरी प्रवक्तामा प्रहरी नायब महानिरीक्षक पोखरेल
प्रहरी प्रवक्तामा प्रहरी नायब महानिरीक्षक पोखरेल
प्रचण्डलाई पुत्र वियोग त छदैँछ फेरी थपियो अर्को पीडा…
प्रचण्डलाई पुत्र वियोग त छदैँछ फेरी थपियो अर्को पीडा…

तपाईंले छुटाउनुभयो कि?