कैलालीको लम्की तनावग्रस्त, सात प्रहरी घाइते

Abhiyanpost Abhiyanpost
|
मंगलबार, बैशाख १७, २०७६
|
|
५३ पटक हेरिएको
Shares
कैलालीको लम्की तनावग्रस्त, सात प्रहरी घाइते

सारांश

  • धनगढी।
  • पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको लम्कीमा ट्रकको ठक्करबाट स्थानीय एक युवतीको मृत्यु भएपछि गरिएको प्रदर्शनले लम्की क्षेत्र आज तनाबग्रस्त बनेको छ।
  •     ना ७ ख ९२३३ नंको ट्रकको ठक्करबाट लम्की बहुमुखी क्याम्पसमा अध्ययनरत १९ वर्षीया सुनिता रावलको मृत्यु भएपछि आक्रोशित स्थानीय बासिन्दाले गरेको प्रदर्शनले उग्ररुप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठी प्रहार गर्नुका साथै अश्रुग्यासको समेत प्रयोग गर्नुपरेको छ।
धनगढी। पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको लम्कीमा ट्रकको ठक्करबाट स्थानीय एक युवतीको मृत्यु भएपछि गरिएको प्रदर्शनले लम्की क्षेत्र आज तनाबग्रस्त बनेको छ। 
 
ना ७ ख ९२३३ नंको ट्रकको ठक्करबाट लम्की बहुमुखी क्याम्पसमा अध्ययनरत १९ वर्षीया सुनिता रावलको मृत्यु भएपछि आक्रोशित स्थानीय बासिन्दाले गरेको प्रदर्शनले उग्ररुप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठी प्रहार गर्नुका साथै अश्रुग्यासको समेत प्रयोग गर्नुपरेको छ। 
प्रदर्शनकारीका तर्फबाट प्रहार भएको ढुङ्गा लागेर सात जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतले जानकारी दिए। प्रहरी जवान रामबहादुर बुढा, सुरत रावल, रामबहादुर बुढा, सहायक प्रहरी हवल्दार प्रेमसिं धामी, बमबहादुर सुनार, फलाराम चौधरी, सन्दीप चौधरी घाइते भएका छन्।
प्रदर्शनकारीको पक्षका लम्की बहुमुखी क्याम्पसका प्रेमराज मुडभरी पनि घाइते भएका छन्। घाइते सबैको अवस्था खतारमुक्त रहेको बताइएको छ। स्थानीय लालरत्न अस्पतालमा घाइतेको उपचार भइरहेको छ। 
मृतकलाई उचित क्षतिपूर्ति र चालकलाई कारवाही गर्न माग गर्दै स्थानीयवासीले पूर्व–पश्चिम राजमार्गको लम्की खण्ड अवरुद्ध गरेर प्रदर्शन जारी राखेका छन्। प्रहरीले ट्रकका चालकलाई नियन्त्रणमा लिएको छ। रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

परराष्ट्रमन्त्रीसँग कोरियाका राष्ट्रपतिका सल्लाहकारको भेटवार्ता
परराष्ट्रमन्त्रीसँग कोरियाका राष्ट्रपतिका सल्लाहकारको भेटवार्ता
कांग्रेसले अब संसद अवरोध गर्दैन : डा. महत
कांग्रेसले अब संसद अवरोध गर्दैन : डा. महत
एमाले पार्टी प्रवेश गर्ने क्रम  बढेको नेताहरुको ब्रिफिङ ,प्रदेश २ को चुनावमा ६० बढी तह जित्ने  दाबी
एमाले पार्टी प्रवेश गर्ने क्रम बढेको नेताहरुको ब्रिफिङ ,प्रदेश २ को चुनावमा ६० बढी तह जित्ने दाबी
प्रेमिकाको हत्यापछि अस्ट्रेलियामा नेपालीले गरे आत्महत्या
प्रेमिकाको हत्यापछि अस्ट्रेलियामा नेपालीले गरे आत्महत्या
पत्रकार महासंघ अबदेखि प्रत्यक्ष निर्वाचनमा
पत्रकार महासंघ अबदेखि प्रत्यक्ष निर्वाचनमा
लोकतन्त्र र विधिको शासनको पक्षमा उभिन अनुरोध : कांग्रेस नेता सिंह
लोकतन्त्र र विधिको शासनको पक्षमा उभिन अनुरोध : कांग्रेस नेता सिंह
पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफद्वारा राजीनामा
पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफद्वारा राजीनामा
काठमाण्डाैकाे फोहोर उठ्न अझै १ हप्ता लाग्ने
काठमाण्डाैकाे फोहोर उठ्न अझै १ हप्ता लाग्ने
प्रहरी नै भएपनि कारबाही गरेर छोड्छौँ: प्रहरी महानिरीक्षक खनाल
प्रहरी नै भएपनि कारबाही गरेर छोड्छौँ: प्रहरी महानिरीक्षक खनाल
अब चुनाव रोकिँदैन: प्रमुख निर्वाचन आयुक्त
अब चुनाव रोकिँदैन: प्रमुख निर्वाचन आयुक्त

तपाईंले छुटाउनुभयो कि?