पल शाहलाई ७ दिन थुनामा राखेर अनुशन्धान गर्न आदेश

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन १५, २०७८
|
|
३९ पटक हेरिएको
Shares
पल शाहलाई ७ दिन थुनामा राखेर अनुशन्धान गर्न आदेश

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00

एक १७ वर्षीया गायिकालाई बलात्कार गरेको आरोप लागेका अभिनेता पल शाहलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

अभिनेता शाहले आज आइतवार जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेपछि तनहुँ जिल्ला अदालतमा उपस्थित गराएकोमा अदालतले थप अनुसन्धानका लागि सात दिन हिरासतमा राख्न म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

अभिनेता पल शाहले आज दिउँसो १२ः १५ बजे जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसर्पण गरेका थिए । आत्मसमर्पण गरेका शाहलाई आज नै दमौली अस्पतालमा स्वास्थ्य परीक्षण, जिल्ला सरकारी वकिल कार्यालयमा बयान र तनहुँ जिल्ला अदालतबाट हिरासतमा राख्न म्याद थप गरेको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँमा गएको फागुन ११ गते उजुरी दर्ता भएपछि फरार रहेका भनिएका नायक शाहले आज बिहान सामाजिक सञ्जालमा पोस्ट गर्दै स्वास्थ्यमा देखिएको समस्याका र केही घरायसी व्यवहार मिलाउनुपर्ने भएकाले प्रहरीमा उपस्थित हुन नसके उल्लेख गरेका थिए ।

प्रहरी सम्पर्कमा आएका अभिनेता शाहसँग आवश्यक सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?