प्रधानमन्त्री शेख हसिना विजयी : बंगलादेश

Abhiyanpost Abhiyanpost
|
सोमबार, पौष १६, २०७५
|
|
४० पटक हेरिएको
Shares
प्रधानमन्त्री शेख हसिना विजयी : बंगलादेश

सारांश

  • काठमाडा१६ पुस ।
  • बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले आइतबार सम्पन्न संसदीय आमनिर्वाचनमा विजय हासिल गर्नुभएको छ ।
  • देशका विभिन्न भागमा हिंसात्मक घटनाबीच भएको बंगलादेशको चुनावमा व्यापक धाँधली भएको आरोप लगाउँदै विपक्षी दलले पुनः चुनाव हुनुपर्ने माग गरेको छ ।

काठमाडा१६ पुस । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले आइतबार सम्पन्न संसदीय आमनिर्वाचनमा विजय हासिल गर्नुभएको छ । देशका विभिन्न भागमा हिंसात्मक घटनाबीच भएको बंगलादेशको चुनावमा व्यापक धाँधली भएको आरोप लगाउँदै विपक्षी दलले पुनः चुनाव हुनुपर्ने माग गरेको छ ।

प्रधानमन्त्री हसिनाको अवामी लिग पार्टी र यसको गठबन्धनले ३०० सदस्यीय संसदमा २८८ स्थान जितेको छ । मुख्य विपक्षी दल बंगलादेश नेसनलिस्ट पार्टी ९बीएनपी० ६ स्थानमा मात्र विजयी भएको निर्वाचन आयोगले जनाएको छ ।

यो विजयसँगै सत्तारुढ अवामी लिगको अध्यक्ष समेत रहनुभएकी हसिना चौथो पटक प्रधानमन्त्री बन्नुहुनेछ ।
आइतबारको चुनावी हिंसाका क्रममा १७ जनाको मृत्यु भएको थियो । विपक्षीहरुले चुनाव निष्पक्ष रुपमा सम्पन्न हुन नसकेको र राज्य संयन्त्रको चरम दुरुपयोग भएको आरोप लगाएका छन् ।

सरकारले विपक्षी दल र यसका कार्यकर्तामाथि चरम दमन गरेको तथा चुनावमा त्रासका वातावरण निर्माण गरेको भन्दै विपक्षी दल बंगलादेश नेसनलिस्ट पार्टी ९बीएनपी० ले निर्वाचनको नतिजा खारेज गर्न निर्वाचन आयोग समक्ष आग्रह गरेको छ ।

“हामी स्वतन्त्र सरकारको नेतृत्वमा जतिसक्दो चाँडो नयाँ निर्वाचन गर्न माग गर्दछौं,” विपक्षी दलहरुको गठबन्धनको नेतृत्व गर्नुभएका कमल होसेनले बताउनुभयो ।

चुनाव हुनु अघिदेखि नै बंगलादेशमा हिंसात्मक झडपका घटना भइरहेका थिए । सरकारले सुरक्षा व्यवस्था सुदृढ गर्न ६ लाखभन्दा बढी सुरक्षाकर्मी परिचालन गरेपनि मतदानका दिन सबैभन्दा बढी हिंसात्मक घटना भएका थिए ।

मतदानका दिन अवामी लिग र बीएनपीका कार्यकर्ताबीचको झडपमा १३ जनाको मृत्यु भएको थियो भने प्रहरीको गोली लागेर अरु तीन जनाको मृत्यु भएको थियो । झडपका क्रममा एक प्रहरी जवानको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।बीएनपीका प्रवक्ता सइद मोजेम होसेन अलालले कूल ३०० स्थानमध्ये २२१ स्थानमा धाँधली भएको जानकारी प्राप्त भएको बताउनुभयो ।

बंगलादेश निर्वाचन आयोगका प्रवक्ता एस।एम। असादुज्जमानले आयोगमा केही ठाउँका बारेमा उजूरी प्राप्त भएको र त्यसबारे आयोगले छानबिन गरिरहेको जानकारी दिनुभयो ।

प्रधानमन्त्री हसिनाले चुनावको नतिजा सन्तोषजनक रहेको बताउँदै चुनाव स्वतन्त्र र स्वच्छ रुपमा सम्पन्न भएको दाबी गर्नुभयो ।एजेन्सीको सहयोगमा

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मित्रराष्ट्रसँग व्यापार, लगानी र पर्यटनमा जोड दिइने
मित्रराष्ट्रसँग व्यापार, लगानी र पर्यटनमा जोड दिइने
अब काठमाडौँ उपत्यकामा अपरिचितलाई रोक, नौलो मान्छे आए प्रहरीलाई खबर गर्न निर्देशन
अब काठमाडौँ उपत्यकामा अपरिचितलाई रोक, नौलो मान्छे आए प्रहरीलाई खबर गर्न निर्देशन
समय बुझ्न नसक्दा पराजय:चन्द्र भण्डारी कांग्रेस केन्द्रीय सदस्य
समय बुझ्न नसक्दा पराजय:चन्द्र भण्डारी कांग्रेस केन्द्रीय सदस्य
रिसर्च : चिनीले गर्छ रिस कम
रिसर्च : चिनीले गर्छ रिस कम
यस्तो पो वडा कार्यालय, जसले बाँड्यो ८० नाघेका २० जना बाआमालाई न्यानो कपडा
यस्तो पो वडा कार्यालय, जसले बाँड्यो ८० नाघेका २० जना बाआमालाई न्यानो कपडा
डेरी खुलेपछि दलित समुदायले दूध बेच्न पाए
डेरी खुलेपछि दलित समुदायले दूध बेच्न पाए
नेपालको हवाई क्षेत्रलाई ईयूको सुरक्षा चासोको सूचीबाट हटाउन अर्थमन्त्री महतको आग्रह
नेपालको हवाई क्षेत्रलाई ईयूको सुरक्षा चासोको सूचीबाट हटाउन अर्थमन्त्री महतको आग्रह
कोरोना संक्रमणबाट आज मृत्यु भएका ४ जना को को (विवरणसहित)
ओलीदेखि रामचन्द्र पौडेलसम्मले फिर्ता गरेनन् कुटनीतिक पासपोर्ट
ओलीदेखि रामचन्द्र पौडेलसम्मले फिर्ता गरेनन् कुटनीतिक पासपोर्ट
छाउगोठमा महिलाको मृत्यु
छाउगोठमा महिलाको मृत्यु