७०.५ प्रतिशत मतदान
सारांश
- Listen to this article 0:00 / 0:00 Generating audio for you.
- .
- .
सुनील महर्जन, काठमाडौंन वटा प्रदेशअन्तर्गत ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमा बुधबार भएको निर्वाचनमा ७० दशमलव ५ प्रतिशत मत खसेको पाइएको छ।
दोस्रो चरणको निर्वाचनमा कुल मतदाता ६४ लाख ३२ हजार ७ सय ६५ रहेका छन्। त्यसमध्ये प्रदेश नम्बर १ मा २६ लाख ७४ हजार ५ सय ६३, प्रदेश नम्बर ५ मा २४ लाख ५४ हजार ४ सय ४८ र प्रदेश नम्बर ७ मा १३ लाख ३७ हजार १४ जना मतदाताहरू रहेका छन्। आयोगले सो प्रतिशत बढ्न सक्ने जनाएको छ। पहिलो चरणको निर्वाचनमा ७३ प्रतिशत मत खसेको थियो।
निर्वाचन आयोगलाई प्राप्त प्रारम्भिक विवरणअनुसार सो मत खसेको आयोगले जनाएको छ। मतदान कार्य सम्पन्न भएलगतै मतदान केन्द्रबाट मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालय लगिएको थियो। निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका पुर्याइएपछि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूले मतगणना गर्ने विषयमा राजनीतिक दलहरूसँग समन्वय गरी बुधबार रातिबाट मतगणना गर्न शुरू गर्ने आयोगले जनाएको छ।
दोस्रो चरणको निर्वाचनमा पहिलो पटकजस्तो मतगणना कार्य सुस्त नबनाउनका लागि जनशक्ति व्यवस्थापन, भौतिक सुविधा र सुरक्षाको अवस्थालाई हेरेर मतगणना डेस्क राख्न निर्देशन दिएको प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले पत्रकार भेटघाटमा जानकारी गराउनुभयो।
प्रतिक्रिया