६ हजार घुस खाएपछि भ्रष्टाचार मुद्दा

Abhiyanpost Abhiyanpost
|
सोमबार, माघ २८, २०७५
|
|
५६ पटक हेरिएको
Shares
६ हजार घुस खाएपछि भ्रष्टाचार मुद्दा

सारांश

  • काठमाडौं ।
  • भुमिसुधार तथा मालपोत कार्यालय ललितपुरका नायव सुब्बा कुमारबहादुर राजभण्डारी र बिचौलिया बाबुराजा शाक्यले जग्गा मिलाइदिने बहानामा ६ हजार घुस लिनेलाई भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।
  • हालसाविक गर्ने प्रयोजनको लागि बहाना बनाई सेवाग्राहीसँग घुस रकम मागेको भेटाएपछि अख्तियारले मुद्दा दर्ता गरेको थियो ।

काठमाडौं । भुमिसुधार तथा मालपोत कार्यालय ललितपुरका नायव सुब्बा कुमारबहादुर राजभण्डारी र बिचौलिया बाबुराजा शाक्यले जग्गा मिलाइदिने बहानामा ६ हजार घुस लिनेलाई भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

हालसाविक गर्ने प्रयोजनको लागि बहाना बनाई सेवाग्राहीसँग घुस रकम मागेको भेटाएपछि अख्तियारले मुद्दा दर्ता गरेको थियो । अख्तियारले सेवाग्राहीसँग ६ हजार घुसबापत रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिई अनुसन्धान गरेको थियो ।

घुस लिन प्रत्यक्ष संलग्नता देखिको भन्दै सुब्बा कुमारबहादुर राजभण्डारी र लेखापढी व्यवसायी बाबुराजा शाक्यलाई बिगो ६ हजार रुपैयाँ कायम गरी विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?