श्री एयरलाइन्सलाई अन्तरराष्ट्रिय उडान अनुमति

Abhiyanpost Abhiyanpost
|
बिहिबार, श्रावण ३०, २०७६
|
|
५२ पटक हेरिएको
Shares
श्री एयरलाइन्सलाई अन्तरराष्ट्रिय उडान अनुमति

सारांश

  • काठमाडौं।
  • निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले अन्तरराष्ट्रिय उडानका लागि अनुमति (लाइसेन्स)पाएको छ।
  • आन्तरिक उडानमा रहेको उक्त एयरलाइन्सले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट अन्तरर्राष्ट्रिय गन्तब्यका लागि नियमित उडान अनुमति पाएको हो।

काठमाडौं। निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले अन्तरराष्ट्रिय उडानका लागि अनुमति (लाइसेन्स)पाएको छ। आन्तरिक उडानमा रहेको उक्त एयरलाइन्सले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट अन्तरर्राष्ट्रिय गन्तब्यका लागि नियमित उडान अनुमति पाएको हो। योसँगै अन्तरराष्ट्रिय उडान भर्ने नेपाली वायुसेवा प्रदायक कम्पनीको सङ्ख्या चार पुगेको छ। अहिले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स), हिमालय एयरलाइन्स र बुद्ध एयरले अन्तरर्राष्ट्रिय उडान भरिरहेका छन्।

उक्त एयरलाइन्सले नेपालको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० र भारत तथा बङ्गलादेशका हवाई उड्डयन नियामक निकायको उडान अनुमतिपत्र ९एओसी० पाएपछि भारतको नयाँदिल्ली, बैंलोर, कोलकाता, अहमदाबाद र बङ्गलादेशको राजधानी ढाकामा उडान भर्नेछ।प्राधिकरणबाट एओसीका लागि आवश्यक प्रक्रिया अघि बढाइएको कम्पनीका संस्थागत प्रबन्धक अनिल मानन्धरले बताए। प्राधिकरणका महानिर्देशक राजन पोखरेलले पनि श्री एयरलाइन्सले अन्तरर्राष्ट्रिय चार्टर्ड उडानका लागि निवेदन दिएको र अब छिट्टै एओसी पाउने राससलाई जानकारी दिए।

दुई दशकदेखि हेलिकप्टर सेवा दिइरहेको श्री एयरलाइन्ससले यसअघि हेलिकप्टरको अन्तरराष्ट्रिय उडानका लागि लाइसेन्स पाएको थियो। सोही लाइसेन्सकै आधारमा फिक्स्ड विङको लाइसेन्स पनि माग गर्दै उक्त कम्पनीले पर्यटन मन्त्रालयमा आवेदन दिएको थियो।मन्त्रालयले छ महीनाअघि चार्टर्ड उडानको मात्र लाइसेन्स दिएपछि यही २७ गते उक्त एयरलाइन्सले भारतको वनारसमा परीक्षण उडान गरेको थियो। नेपाल भ्रमण वर्ष २०२० अभियानलाई लक्ष्य गर्दै कम्पनीले अन्तरर्राष्ट्रिय गन्तब्यमा उडान विस्तार गरेको एयरलाइन्सका संस्थागत प्रबन्धक मानन्धरले बताए।

उनका अनुसार ५० सिट क्षमताको सिआरजे २०० र ७० सिट क्षमताको सिआरजे ७०० जहाजबाट भारत र बङ्गलादेशमा उडान भरिने छ। श्री एयरलाइन्ससँग चार वटा सिआरजे २०० र दुई सिआरजे ७०० जहाज छन्। अन्तरर्राष्ट्रिय उडानका लागि एयरलाइन्सले आगामी शनिबार थप एक थान जहाज भित्र्याउँदैछ। क्यानेडियन जहाज निर्माता बम्मार्डियरको ८० सिट क्षमताको जहाज शनिबार त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थल अवतरण गर्ने प्रबन्धक मानन्धरले जानकारी दिए। सन् २०१७ देखि फिक्स्ड विङबाट नियमित उडान शुरु गरेको एयरलाइन्सले हाल आन्तरिकतर्फ चन्द्रगढी, विराटनगर, नेपालगञ्जलगायत गन्तब्यमा उडान भर्दै आएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओमनसँगको सम्झौता द्विपक्षीय सम्बन्धमा नयाँ आयाम
नारायणगढ-मुग्लिन सडक चार घण्टा बन्द हुने
नारायणगढ-मुग्लिन सडक चार घण्टा बन्द हुने
चुनाव कुनै पनि हालतमा रोकिदैन, उम्मेदवार र मतदातालाई सुरक्षादिन सरकार तयार छ-ज्ञानेन्द्रबहादुर कार्की
चुनाव कुनै पनि हालतमा रोकिदैन, उम्मेदवार र मतदातालाई सुरक्षादिन सरकार तयार छ-ज्ञानेन्द्रबहादुर कार्की
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाद्वारा भारतीय राष्ट्रपतिलाई बधाई
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाद्वारा भारतीय राष्ट्रपतिलाई बधाई
ओलीको सम्पत्ती, २ घर, १८ तोला सुन र ४२ लाख बैंक ब्यालेन्स
ओलीको सम्पत्ती, २ घर, १८ तोला सुन र ४२ लाख बैंक ब्यालेन्स
सन् २०२० भित्र मध्यपहाडी जिल्लामा अप्टिकल फाइबर पुग्ने – प्रम ओली
प्रधानमन्त्री ओलीले भने : म निराश छु’
एमालेले राख्यो नागरिकता विधेयकमा मतदान गर्न माग
एमालेले राख्यो नागरिकता विधेयकमा मतदान गर्न माग
माओवादी नेता का‌ँग्रेसमा प्रवेश
माओवादी नेता का‌ँग्रेसमा प्रवेश
मदन भण्डारी राजमार्ग बन्ने भएपछि बाहुनडाँगीमा खुशीयाली
मदन भण्डारी राजमार्ग बन्ने भएपछि बाहुनडाँगीमा खुशीयाली

तपाईंले छुटाउनुभयो कि?