मुख्यमन्त्रीहरु बालुवाटारमा, प्रदेशहरूलाई अधिकार सम्पन्न बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण

Abhiyanpost Abhiyanpost
|
शनिबार, पौष १४, २०८०
|
१
|
५८ पटक हेरिएको
Shares
मुख्यमन्त्रीहरु बालुवाटारमा, प्रदेशहरूलाई अधिकार सम्पन्न बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण

सारांश

  • काठमाडौं।
  • संघीयता कार्यान्वयनमा संघीय सरकार गम्भीर नभए संघर्षमा जाने चेतावनीसहित काठमाडौं आएका ६ प्रदेशका मुख्यमन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन्।
  • संविधानमा व्यवस्था भएको तहगत अधिकारका बारेमा दुई दिन हेटौँडा छलफल गरेर काठमाडौं आएका मुख्यमन्त्रीहरूले आज प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन्।

काठमाडौं। संघीयता कार्यान्वयनमा संघीय सरकार गम्भीर नभए संघर्षमा जाने चेतावनीसहित काठमाडौं आएका ६ प्रदेशका मुख्यमन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन्।

संविधानमा व्यवस्था भएको तहगत अधिकारका बारेमा दुई दिन हेटौँडा छलफल गरेर काठमाडौं आएका मुख्यमन्त्रीहरूले आज प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन्। मुख्यमन्त्रीहरूको टोलीमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाह भने सहभागी छैनन्। उनी हेटौँडाबाट धनगढी फर्किएका छन्।

मुख्यमन्त्रीहरुले प्रधानमन्त्रीसँगको भेटमा हेटौँडा बैठकले गरेको निर्णय र पोखरा बैठकको निर्णयबारे ध्यानाकर्षण गर्दै हेटौँडा बैठकले गरेका नौ बुँदे साझा पत्र प्रधानमन्त्रीलाई बुझाएका छन्। भेटमा मुख्यमन्त्रीहरुले सङ्घीयता कार्यान्वयन र संविधान बमोजिम प्रदेश सरकारलाई अधिकार प्रत्यायोजन गर्न प्रधानमन्त्रीलाई अनुरोध गरेका छन्।

हेटौँडामा भएको भेलाले संविधानमा व्यवस्था भए बमोजिमको अधिकार प्राप्त नभएको आवाज उठाउँदै आएका नेपालका सातै प्रदेशका मुख्यमन्त्रीहरुको भेलाले संघीयता कार्यान्वयनका लागि साझा धारणा बनाउन पहल गर्ने सहमति गर्दै नौ बुँदे साझा पत्र सार्वजनिक गरेको छ। भेलाले संघीयताको विषयमा संविधान निर्माणमा संलग्न प्रमुख दलहरुले स्पष्ट र साझा धारणा बनाउनुपर्ने निष्कर्ष निकालेको छ।

मुख्यमन्त्रीहरुले प्रहरी समायोजन, सङ्घीय निजामती सेवा ऐन जारी गर्न माग गरेका छन्। प्रदेशले प्रयोग गरिरहेका सरकारी भवन तथा जग्गाको स्वामित्व हस्तान्तरण गर्न, साझा अधिकारका विषयका कानुन निर्माणमा सहकार्य गर्न, राष्ट्रिय वनलगायतका प्राकृतिक स्रोतको उपयोग एवम् राजस्व बाँडफाँट, वित्तीय हस्तान्तरण लगायतका माग राखेका छन्।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Restore CBD Gummies Price

    hiI like your writing so much share we be in contact more approximately your article on AOL I need a specialist in this area to resolve my problem Maybe that is you Looking ahead to see you

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खुल्ला प्रतिस्पर्धाबाट उम्मेदबार छान्ने हो भने पैसा र शक्तीकेन्द्रको पछि लाग्नु पर्दैन : नीकिता पौडेल
खुल्ला प्रतिस्पर्धाबाट उम्मेदबार छान्ने हो भने पैसा र शक्तीकेन्द्रको पछि लाग्नु पर्दैन : नीकिता पौडेल
विश्वकै सबैभन्दा बढी बुढ्याैली जनसङ्ख्या याे देश !
विश्वकै सबैभन्दा बढी बुढ्याैली जनसङ्ख्या याे देश !
एभरेष्ट बैंकद्घारा भैरहवाको जगदम्बा स्पिनिङ मिल्समा एटिएम् सञ्चालन तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
एभरेष्ट बैंकद्घारा भैरहवाको जगदम्बा स्पिनिङ मिल्समा एटिएम् सञ्चालन तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
संघीयतामा मिडियाको स्वरुप कस्तो हुने ?
संघीयतामा मिडियाको स्वरुप कस्तो हुने ?
घरभित्रै जलेर महिलाको मृत्यु
घरभित्रै जलेर महिलाको मृत्यु
रास्वपाले भन्यो: संवैधानिक परिषदमा बहुमत पुर्‍याउन उपसभामुख रानाको पत्र लिक गरियो
रास्वपाले भन्यो: संवैधानिक परिषदमा बहुमत पुर्‍याउन उपसभामुख रानाको पत्र लिक गरियो
केपी ओलीले दिएको चेक पनि बाउन्स भएको छ, अब नगदमा काम गर्छौं,लक्ष्मणलाल कर्ण (भिडिओसहित)
केपी ओलीले दिएको चेक पनि बाउन्स भएको छ, अब नगदमा काम गर्छौं,लक्ष्मणलाल कर्ण (भिडिओसहित)
पोखरामा प्रधानमन्त्री देउवालाई कालो झण्डा
पोखरामा प्रधानमन्त्री देउवालाई कालो झण्डा
ट्रम्पले भने-कश्मिरको स्थिति ‘विस्फोटक’
ट्रम्पले भने-कश्मिरको स्थिति ‘विस्फोटक’
यि हुन काठ्माडाैका बाम गठ्बन्धन का उम्मेद्वार (फाेटाे फिचर )
यि हुन काठ्माडाैका बाम गठ्बन्धन का उम्मेद्वार (फाेटाे फिचर )

तपाईंले छुटाउनुभयो कि?