बाढी प्रभावितको उपचारका लागि एपीएफ अस्पतालमा १०० शैया तयारी, उद्धारका लागि विमानस्थलमा सुरक्षाटोली तैनाथ

Asmita-Newsdesk Asmita-Newsdesk
|
बुधबार, भाद्र १०, २०८३
|
|
७ पटक हेरिएको
Shares
बाढी प्रभावितको उपचारका लागि एपीएफ अस्पतालमा १०० शैया तयारी, उद्धारका लागि विमानस्थलमा सुरक्षाटोली तैनाथ

सारांश

  • रसुवा र त्रिशूली नदी तटीय क्षेत्रमा बाढीले निम्त्याएको सम्भावित संकटलाई ध्यानमा राख्दै सशस्त्र प्रहरी बल नेपालले घाइतेहरूको तत्काल उपचार र उद्धारका लागि काठमाडौं उपत्यका तथा प्रभावित क्षेत्रमा उच्च सतर्कतासहित टोली परिचालन गरेको छ।
  • बाढी प्रभावित नागरिकलाई शीघ्र स्वास्थ्य सेवा उपलब्ध गराउन सशस्त्र प्रहरीको बलम्बुस्थित एपीएफ अस्पतालमा १ सय शैया  विशेष रूपमा खाली गरी स्वास्थ्यकर्मीको टोलीलाई चौबीसै घण्टा तयारी अवस्थामा राखिएको छ।
  • आपत्कालीन स्थितिमा द्रुत उद्धार र सहायता पुर्‍याउने उद्देश्यले कीर्तिपुरस्थित दंगा नियन्त्रण रेजिमेन्टबाट सशस्त्र प्रहरीका ३ प्लटुन सुरक्षाकर्मीलाई काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तयारी अवस्थामा राखिएको छ।
रसुवा र त्रिशूली नदी तटीय क्षेत्रमा बाढीले निम्त्याएको सम्भावित संकटलाई ध्यानमा राख्दै सशस्त्र प्रहरी बल नेपालले घाइतेहरूको तत्काल उपचार र उद्धारका लागि काठमाडौं उपत्यका तथा प्रभावित क्षेत्रमा उच्च सतर्कतासहित टोली परिचालन गरेको छ। बाढी प्रभावित नागरिकलाई शीघ्र स्वास्थ्य सेवा उपलब्ध गराउन सशस्त्र प्रहरीको बलम्बुस्थित एपीएफ अस्पतालमा १ सय शैया  विशेष रूपमा खाली गरी स्वास्थ्यकर्मीको टोलीलाई चौबीसै घण्टा तयारी अवस्थामा राखिएको छ।
आपत्कालीन स्थितिमा द्रुत उद्धार र सहायता पुर्‍याउने उद्देश्यले कीर्तिपुरस्थित दंगा नियन्त्रण रेजिमेन्टबाट सशस्त्र प्रहरीका ३ प्लटुन सुरक्षाकर्मीलाई काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तयारी अवस्थामा राखिएको छ। सम्भावित हवाइ उद्धार तथा राहत सामग्री ओसारपसारमा ढिलाइ नहोस् भन्नका लागि विमानस्थलमा उक्त विशेष टोली तैनाथ गरिएको हो।
यसैगरी बाढीबाट बढी प्रभावित नुवाकोट क्षेत्रमा खोज तथा उद्धार कार्यलाई तीव्रता दिन सशस्त्र प्रहरी बल नेपाल नं. २० विपद् उद्धार उपत्यका गणबाट ४५ जनाको दक्ष सुरक्षा टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको छ। उक्त टोलीले स्थानीय प्रशासनसँग समन्वय गरी नदी तटीय क्षेत्रमा अड्किएका वा जोखिममा परेका नागरिकको उद्धार गर्नेछ।
बाढीको जोखिम अझै कायम रहेकाले तटीय क्षेत्रका बासिन्दालाई धैर्य रहन र सुरक्षाकर्मीको निर्देशन पालना गर्न आग्रह गरिएको छ। सशस्त्र प्रहरी बलका अनुसार उपत्यका र आसपासका जिल्लाहरूमा रहेका अन्य विपद् उद्धार युनिटहरूलाई समेत जुनसुकै समयमा परिचालन हुन सक्ने गरी राखिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

क्यालिफोर्नियामा नेपाली महावाणिज्यदूतावास खुल्ने
क्यालिफोर्नियामा नेपाली महावाणिज्यदूतावास खुल्ने
रविलाई काठमाडौं प्रहरीको हिरासतमा तीन दिन राखिने
रविलाई काठमाडौं प्रहरीको हिरासतमा तीन दिन राखिने
भारतका विपक्षी नेता राहुल गान्धी जसले मोदीलाई एक्लै बहुमत पुर्‍याउन दिएनन्
भारतका विपक्षी नेता राहुल गान्धी जसले मोदीलाई एक्लै बहुमत पुर्‍याउन दिएनन्
उपचार खर्च तिर्न नसक्दा छोराछोरीसँगै मन्तोरिया अस्पतालमै बन्धक
उपचार खर्च तिर्न नसक्दा छोराछोरीसँगै मन्तोरिया अस्पतालमै बन्धक
नक्कली भुटानी शरणार्थी प्रकरणमा थापाविरुद्ध पक्राउ पुर्जी जारी
नक्कली भुटानी शरणार्थी प्रकरणमा थापाविरुद्ध पक्राउ पुर्जी जारी
नेपालभर रोकियो चलचित्र आदिपुरुषको प्रदर्शन
नेपालभर रोकियो चलचित्र आदिपुरुषको प्रदर्शन
अमेरिकामा रहेका नेपालीलाई एनआरएन परिचयपत्र लिन महावाणिज्य दूतावासको आग्रह
अमेरिकामा रहेका नेपालीलाई एनआरएन परिचयपत्र लिन महावाणिज्य दूतावासको आग्रह
नारायणगढ–मुग्लिन सडक बुधबारदेखि चौबीसै घण्टा
नारायणगढ–मुग्लिन सडक बुधबारदेखि चौबीसै घण्टा
वाइडबडीमा भ्रष्टाचार भएको ठहर, को–को परे निलम्बन र कारबाहीमा ?
वाइडबडीमा भ्रष्टाचार भएको ठहर, को–को परे निलम्बन र कारबाहीमा ?
कस्तो रहला शनिबार देशभरको मौसम?
कस्तो रहला शनिबार देशभरको मौसम?

तपाईंले छुटाउनुभयो कि?