नेपालको प्रतिनिधित्व गर्दे मनाङले एएफसी कपमा भागलिने

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, पौष १३, २०७५
|
|
५४ पटक हेरिएको
Shares
नेपालको प्रतिनिधित्व गर्दे मनाङले एएफसी कपमा भागलिने

सारांश

  • काठमाडौँ,१३ पुस ।
  • जारी ‘ए’ डिभिजन लिग फुटबलको उपाधि जितेसँगै मनाङ मस्र्याङ्दी क्लबले एशियाली फुटबल महासङ्घ एएफसी कप फुटबलमा नेपालको प्रतिनिधित्व गर्ने भएको छ ।
  • लिग जित्ने टोलीले एएफसीमा सहभागिता जनाउने प्रावधानअनुसार नेपालको प्रतिनिधित्व गर्दै मनाङले उक्त प्रतियोगितामा सहभागिता जनाउने अखिल नेपाल फुटबल सङ्घ एन्फाले जनाएको छ ।

काठमाडौँ,१३ पुस । जारी ‘ए’ डिभिजन लिग फुटबलको उपाधि जितेसँगै मनाङ मस्र्याङ्दी क्लबले एशियाली फुटबल महासङ्घ एएफसी कप फुटबलमा नेपालको प्रतिनिधित्व गर्ने भएको छ ।

लिग जित्ने टोलीले एएफसीमा सहभागिता जनाउने प्रावधानअनुसार नेपालको प्रतिनिधित्व गर्दै मनाङले उक्त प्रतियोगितामा सहभागिता जनाउने अखिल नेपाल फुटबल सङ्घ एन्फाले जनाएको छ । उक्त प्रतियोगितामा नेपालबाट अघिल्लो पटक थ्रीस्टारले प्रतिस्पर्धा गरेको थियो ।

मनाङले हिजो सङ्कटा क्लबलाई ३–१ ले हराउँदै उपाधि जितेको थियो । दुई खेल अगावै उपाधि जितेको मनाङले लिगमा कीर्तिमानी आठौँ पटक कब्जा समेत जमाएको हो ।

एएफसी कप फुटबलको समूह चरणमा मनाङ समूह ‘इ’ मा रहेको छ । एशियन फुटबल फेडेरेसन एएफसीले गत महीना नै समूह चरणको ‘ड्र’ सार्वजनिक गरेको थियो ।

एएफसीले निकालेको ड्र अनुसार नेपालको ’ए’ डिभिजन लिग विजेता मनाङ समूह ‘इ’ मा परेको हो । यस समूहमा भारत, बङ्गलादेश र प्ले अफबाट आएको एक टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

भारतबाट भने मिनर्वा पन्जाबले खेल्ने छ । यस्तै बङ्गलादेशबाट ढाका अबाहानीले खेल्नेछ । प्ले अफबाट आउने एक टोलीको भने तय भएको छैन । समूह चरणको खेल आगामी अप्रिलमा युएइमा शुरु हुनेछ । एएफसी कपमा एशियाका हरेक राष्ट्रको शीर्ष डिभिजनको लिग च्याम्पियनले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा २४ राष्ट्रले सहभागी जनाउनेछन् ।

(https://bettysco.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बयानको कुरा गर्ने बित्तिकै महरा बिरामी, मुटुमा समस्या, एन्जियोग्राम गरियो
बयानको कुरा गर्ने बित्तिकै महरा बिरामी, मुटुमा समस्या, एन्जियोग्राम गरियो
झन् चुनौती बन्दै भेरी अस्पतालको फोहर व्यवस्थापन
झन् चुनौती बन्दै भेरी अस्पतालको फोहर व्यवस्थापन
राष्ट्रपतिमा हार्ने र जित्ने दुबै भोजपुरकी चेली
राष्ट्रपतिमा हार्ने र जित्ने दुबै भोजपुरकी चेली
निधीले राजीनामा दिएपछि गृह मन्त्रालय हालसम्म नेतृत्वविहीन
निधीले राजीनामा दिएपछि गृह मन्त्रालय हालसम्म नेतृत्वविहीन
सरकारमा जाने मन्त्रीमा आफ्नो मान्छेमात्र छानेेर  सभापति देउवाले हुकुमी शासन चलाए  ;पौडेल
सरकारमा जाने मन्त्रीमा आफ्नो मान्छेमात्र छानेेर सभापति देउवाले हुकुमी शासन चलाए ;पौडेल
टानमा भावी नेतृत्वको चर्चा : अध्यक्षमा गोविन्द पन्तको दाबी
टानमा भावी नेतृत्वको चर्चा : अध्यक्षमा गोविन्द पन्तको दाबी
प्रशिक्षण शिविर उद्घाटन  उपप्रधानमन्त्री थापा
प्रशिक्षण शिविर उद्घाटन उपप्रधानमन्त्री थापा
उम्मेदवार छान्न कांग्रेसले बनायो संसदीय समिति, कोको परे ?
उम्मेदवार छान्न कांग्रेसले बनायो संसदीय समिति, कोको परे ?
भक्तपुरमा प्रहरी र अपहरणकारीबीच मुठभेड हुँदा दुई जनाको मृत्यु
भक्तपुरमा प्रहरी र अपहरणकारीबीच मुठभेड हुँदा दुई जनाको मृत्यु
यी हुन् विश्वकप फुटबल २०१८ का हेर्नलायक केही तस्वीरहरु
यी हुन् विश्वकप फुटबल २०१८ का हेर्नलायक केही तस्वीरहरु

तपाईंले छुटाउनुभयो कि?