सामाजिक संजालमा दीपिका र प्रियंकाका ‘फेक फलोअर’ धेरै

Abhiyanpost Abhiyanpost
|
मंगलबार, श्रावण २८, २०७६
|
|
४९ पटक हेरिएको
Shares
सामाजिक संजालमा दीपिका र प्रियंकाका ‘फेक फलोअर’ धेरै

सारांश

  • काठमाण्डौ ।
  • अहिले सेलिब्रेटीको लोकप्रियता मापन गर्ने प्रमुख आधार विभिन्न सामाजिक संजालका फलोअरलाई प्रमुख आधार बनाउने गरिन्छ ।
  • फलोअरको आधारमा नै सेलिब्रेटीहरुले विभिन्न ब्रान्डका क्याम्पेनहरु पाउने र पैसा कमाउने गर्दछन् ।

काठमाण्डौ । अहिले सेलिब्रेटीको लोकप्रियता मापन गर्ने प्रमुख आधार विभिन्न सामाजिक संजालका फलोअरलाई प्रमुख आधार बनाउने गरिन्छ ।फलोअरको आधारमा नै सेलिब्रेटीहरुले विभिन्न ब्रान्डका क्याम्पेनहरु पाउने र पैसा कमाउने गर्दछन् । पछिल्लो पटक बलिवुडबाट हलिवुडमा गएकी अभिनेत्री प्रियंका चोपडालाई अर्की अभिनेत्री दीपिका पदुकोने करिब आधा फलोअर ‘फेक फलोअर’ भएको खुलासा भएको छ ।

बेलायतको एक कम्पनि इन्स्टिच्युट अफ कन्टेमपोररी म्युजिक पर्फर्मेन्सले गरेको एक अध्ययनमा सामाजिक स्नाजालमा अभिनेत्री दीपिकाका ४५ प्रतिशत फलोअर फेक रहेको खुलासा गरेको छ । त्यस्तै अर्की अभिनेत्री प्रियंकाका ४३ प्रतिशत फेक फलोअर रहेको खुलासा गरेको छ ।

सो संस्थाले सार्वजनिक गरेको १० विभिन्न फिल्म क्षेत्रका व्यक्तिहरुको सुचिमा धेरै फेक फलोअर हुनेमा दीपिका छैठौ स्थानमा रहेकी छन् । त्यस्तै प्रियंका ४३ प्रतिशत फेक फलोअरसहित दशौ स्थानमा रहेकी छन् ।

त्यस्तै खेलाडीहरुमा धेरै फेक फलोअर हुनेमा भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीका ४४ प्रतिशत फेक फलोअर रहेको खुलासा गरेको छ ।सो संस्थाले सामाजिक संजाल ट्वीटर र इन्स्टाग्रामका फलोअरको अध्ययन गरेको बताएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?