वीरगञ्ज चिनी मिल पुनःसञ्चालनको सम्भाव्यता अध्ययन: कार्यदलद्वारा स्थलगत निरीक्षण

Asmita-Newsdesk Asmita-Newsdesk
|
मंगलबार, भाद्र ९, २०८३
|
|
५ पटक हेरिएको
Shares
वीरगञ्ज चिनी मिल पुनःसञ्चालनको सम्भाव्यता अध्ययन: कार्यदलद्वारा स्थलगत निरीक्षण

सारांश

  • लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालन गर्ने उद्देश्यका साथ सरकारद्वारा गठित अध्ययन कार्यदलले आफ्नो अनुगमन तीव्र बनाएको छ।
  • उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सिनियर डिभिजन इन्जिनियर (सिडिई) श्रीकान्त यादवको संयोजकत्वमा गठित टोलीले पिपरास्थित मिल परिसरमा पुगेर भौतिक तथा प्राविधिक अवस्थाको स्थलगत निरीक्षण गरेको हो।
  • मन्त्रालयद्वारा गत भदौ १ गते गठित उक्त टोलीले कारखाना भवन, विद्यमान मेसिनरी, पार्टपुर्जा तथा अन्य भौतिक संरचनाको वर्तमान स्थिति बुझ्न सूक्ष्म अध्ययन गरेको छ।

लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालन गर्ने उद्देश्यका साथ सरकारद्वारा गठित अध्ययन कार्यदलले आफ्नो अनुगमन तीव्र बनाएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सिनियर डिभिजन इन्जिनियर (सिडिई) श्रीकान्त यादवको संयोजकत्वमा गठित टोलीले पिपरास्थित मिल परिसरमा पुगेर भौतिक तथा प्राविधिक अवस्थाको स्थलगत निरीक्षण गरेको हो।

मन्त्रालयद्वारा गत भदौ १ गते गठित उक्त टोलीले कारखाना भवन, विद्यमान मेसिनरी, पार्टपुर्जा तथा अन्य भौतिक संरचनाको वर्तमान स्थिति बुझ्न सूक्ष्म अध्ययन गरेको छ। टोलीमा मन्त्रालयका शाखा अधिकृत ज्योति पौडेल र सल्लाहकार श्याम शर्मा समेत सदस्यका रूपमा संलग्न रहेर प्राविधिक पक्षहरूको वस्तुस्थिति मूल्याङ्कन गरिरहेका छन्।

वर्षौँदेखि थप्प रहेको उद्योगलाई पुनः सञ्चालनमा ल्याउन मौजुदा प्रविधि प्रयोग गर्न सकिन्छ वा नयाँ प्रविधिमा जानुपर्छ भन्नेबारे कार्यदलले विस्तृत समीक्षा गरिरहेको छ। विगतका अध्ययन प्रतिवेदन, सम्पत्तिको कानूनी स्थिति तथा उद्योगको व्यावसायिक सम्भावनालाई मध्यनजर गर्दै टोलीले दिगो कार्ययोजना तयार पार्न प्राथमिकता दिएको हो।

कार्यदललाई १५ दिनभित्र कारखानाको सम्पूर्ण प्राविधिक तथा आर्थिक अवस्था विश्लेषण गरी स्पष्ट सुझावसहितको प्रतिवेदन सरकारसमक्ष पेस गर्ने कार्यादेश दिइएको छ। प्रतिवेदनका आधारमा सार्वजनिक सम्पत्तिको सदुपयोग गर्दै चिनी उत्पादन र रोजगारी सिर्जनाका लागि आगामी रणनीति तय गरिने जनाइएको छ।

स्थानीय उत्पादन वृद्धि र औद्योगिक पुनरुत्थानको लक्ष्यसहित अघि बढाइएको यस कदमले रुग्ण उद्योगहरूको व्यवस्थापनमा सकारात्मक सन्देश दिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?