आकाशमा हेरौँ ग्रहहरूको परेड

Abhiyanpost Abhiyanpost
|
बिहिबार, बैशाख १५, २०७९
|
|
४९ पटक हेरिएको
Shares
आकाशमा हेरौँ ग्रहहरूको परेड

सारांश

  • काठमाडौं।
  • आकाशमा हरेक दिन सूर्यको चमक र हरेक रात चन्द्रमाको उज्यालो त सबैले देखेकै हो तर अचेल हरेक बिहान झिसमिसेमा आकाशका अन्य ग्रहको विशिष्ट दृश्य पनि देख्न पाइन्छ ।
  • अघि–पछि आकाशमण्डलमा मानिसको नजरबाट धेरै पर रहेका ग्रह अहिले सहजै देख्न पाइने विज्ञहरूले बताउन्छन् ।

काठमाडौं। आकाशमा हरेक दिन सूर्यको चमक र हरेक रात चन्द्रमाको उज्यालो त सबैले देखेकै हो तर अचेल हरेक बिहान झिसमिसेमा आकाशका अन्य ग्रहको विशिष्ट दृश्य पनि देख्न पाइन्छ । अघि–पछि आकाशमण्डलमा मानिसको नजरबाट धेरै पर रहेका ग्रह अहिले सहजै देख्न पाइने विज्ञहरूले बताउन्छन् । ग्रहहरू धर्तीमा झर्न उद्यत भएको यो अकल्पनीय दृश्य बारम्बार नआउने अवलोकनकर्ताको भनाई छ ।
उनीहरूका अनुसार पृथ्वीको परिक्रमा गर्ने ग्रहहरूमध्येका चार ग्रह र चन्द्रमा एकै लहरमा आकाशमा पौडी खेल्न लामबद्ध भएर बसेझैँ गरी बसेको हेर्न पाइन्छ । यो दृश्य जुनसुकै बेला हेर्न पाइने होइन । खुला आकाशमा खुला आँखाले नै यो दृश्यावलोकन गर्न सकिने बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिले जानकारी दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको उक्त समितिले यस विषयमा अध्ययन अवलोकन गरेपछि आमसर्वसाधारणलाई हेर्न अपिल गरेको छ ।
समितिका कार्यकारी निर्देशक सनतकुमार शर्माका अनुसार बिहान ३ बजेपछि सूर्य उदाउनु अघिसम्म यो अनुपम दृश्य नेपालका जुनसुकै कुनाबाट हेर्न सकिन्छ । हेर्दाको अनुभव बताउँदै शर्माले भने, “सूर्य उदाउने पूर्व दिशातिर फर्केर १० डिग्रीदेखि ४५ डिग्रीसम्म माथि फर्केर हेर्दा वृहस्पति, शुक्र, मङ्गल र शनि ग्रह एउटै लहरमा पश्चिमतर्फ लर्केर बसेका हुन्छन् । बीचमा अर्ध चन्द्रमा तिनकै लहरमा मिसिएझैँ गरेर छेउ लागेर उभिएको हुन्छ ।” यसले माथिल्लो ब्रह्माण्ड नै पृथ्वीमा सयर गर्न आएको अनुभूति दिलाएको उनले सुनाए ।
दुई दिनयता देखिन सुरु भएको ग्रहको समूह पृथ्वीको नजिक पर्न आउँदाको अवस्थामा देखिएको हो । शर्माले थपे, “शुक्र निकै चम्किलो देखिन्छ, अनि मङ्गल केही रातो देखिन्छ, शनि र वृहस्पतिको दर्शन पनि अझ मजाले हेर्न सकिन्छ ।” एउटा ग्रहभन्दा अर्को ग्रह के कम भनेजस्तै परेडमा को पहिलो हुने अनौठो प्रतिस्पर्धामा ग्रहको समूह उत्रेको मनोरम दृश्यले अध्ययनकर्ताको ध्यान तानेको छ ।
यो कुनै समयको अन्तराल, कालखण्ड वा सामान्य अवस्थामा देखिने दृश्यावलोकन होइन । पृथ्वीलाई आधार मानेर परिक्रमा गर्ने ग्रहहरू पृथ्वीको एक कोणमा कुनै समयमा आइपुग्दा पृथ्वीको सतहबाट नजिक र खुला आँखाले देख्न सकिने भएको समितिले जनाएको छ । गोरखापत्र दैनिकबाट[image: Untitled-1.jpg]

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतीय निर्वाचनमा लफडा : राहुल गान्धी ब्रिटिश नागरिक भएको दाबी, सरकारले माग्यो स्पष्टीकरण
भारतीय निर्वाचनमा लफडा : राहुल गान्धी ब्रिटिश नागरिक भएको दाबी, सरकारले माग्यो स्पष्टीकरण
संसद् अधिवेशन तयारीबारे आज सर्वदलीय बैठक
संसद् अधिवेशन तयारीबारे आज सर्वदलीय बैठक
विद्यार्थीबाट १६ करोड उठाएर झ्वाम पार्ने इन्जिनियरिङ कलेजको यस्तो छ खेल !
विद्यार्थीबाट १६ करोड उठाएर झ्वाम पार्ने इन्जिनियरिङ कलेजको यस्तो छ खेल !
नेपाल युवा उद्यमशीलता सम्मेलनको मुख्य प्रायोजकमा राष्ट्रिय वाणिज्य बैंक
नेपाल युवा उद्यमशीलता सम्मेलनको मुख्य प्रायोजकमा राष्ट्रिय वाणिज्य बैंक
सुनको मूल्य घट्याे, चाँदी स्थिर
सुनको मूल्य घट्याे, चाँदी स्थिर
समाधानोन्मुख व्यवस्थापन : फोहरबाट मोहर बनाइँदै
समाधानोन्मुख व्यवस्थापन : फोहरबाट मोहर बनाइँदै
त्रिभुवन विमानस्थल अबदेखि २१ घण्टा चल्ने
त्रिभुवन विमानस्थल अबदेखि २१ घण्टा चल्ने
नेकपाको तल्लो तहको एकता प्रक्रिया अझै लम्बिने
नेकपाको तल्लो तहको एकता प्रक्रिया अझै लम्बिने
विजेता क्रिकेट खेलाडीलाई प्रतिव्यक्ति दुईलाख पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा
विजेता क्रिकेट खेलाडीलाई प्रतिव्यक्ति दुईलाख पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा
बुटवलमा पत्रकार धमला सम्मानित, नेपाली पत्रकारिताको नायकको संज्ञा
बुटवलमा पत्रकार धमला सम्मानित, नेपाली पत्रकारिताको नायकको संज्ञा

तपाईंले छुटाउनुभयो कि?