‘नाइँ मलाई थाहा छैन’लाई दुई करोड पचास लाख बढी भ्युज
सारांश
- काठमाडाै, ६ साउन।
- गायक सन्जिब पराजुली र गायिका टीका प्रसाईंले गाउनुभएको गीत ‘नाइँ मलाई थाहा छैन’ ले यु-ट्युबमा दुइ करोड पचास लाख बढी भ्युज पाएकाे छ ।
- गायकद्वयको संयुक्त गीति संग्रह ‘सँग सँगै‘’ मा समावेश यो गीत अहिले नेपाली सांगीतिक इतिहासमा सबैभन्दा बढी भ्युज पाउने ‘एल्बम’को गीत बन्न सफल भएको छ ।
काठमाडाै, ६ साउन। गायक सन्जिब पराजुली र गायिका टीका प्रसाईंले गाउनुभएको गीत ‘नाइँ मलाई थाहा छैन’ ले यु-ट्युबमा दुइ करोड पचास लाख बढी भ्युज पाएकाे छ । गायकद्वयको संयुक्त गीति संग्रह ‘सँग सँगै‘’ मा समावेश यो गीत अहिले नेपाली सांगीतिक इतिहासमा सबैभन्दा बढी भ्युज पाउने ‘एल्बम’को गीत बन्न सफल भएको छ ।
नाइँ मलाई थाहा छैन’ टिमले गीतको लोकप्रियताको खुशीमा काठमाठाैको रागा रेकर्ड्समा एक कार्यक्रमको आयोजना गर्याे । उक्त कार्यक्रममा यस गीतका गीतकार एकनारायण भण्डारी, संगीतकार आशिष अविरल, गायिका टीका प्रसाईं, कार्टून्ज क्रिउका सरोज अधिकारी, आश्मा बिस्वकर्मा र सदस्यहरु लगायत संचारकर्मीहरुको उपस्थिति रहेको थियो । गायक सन्जिब पराजुली हाल अस्ट्रेलिया हुनु भएकोले अनलाइन भिडियो च्याटबाट कार्यक्रममा उपस्थिति जनाउनु भएको थियो । कार्यक्रममा यस गीतको बिबिध पक्षको बारेमा चर्चा गरिनुका साथै ‘नाइँ मलाई थाहा छैन’ 25million+ youtube views लेखिएको केक काटेपछि झन् उक्त कार्यक्रममा निकै रमाइलो भएको थियो ।
ुनाइँ मलाई थाहा छैनु गीतमा कार्टुन क्रिउ र नायिका अलिशा राईको संयुक्त नृत्य हेर्न सकिन्छ । गीतले यो समाचार तयार पारुन्जेलसम्ममा 25,764,400भ्युज पाएको छ । हुन त नेपाली सिनेमाका गीतहरुको युट्युब दर्शक यस गीतको भन्दा बढी नभएका हैनन् । सिनेमाका गीतहरुको लागत, सिनेमाको प्रचार प्रसार, त्यसमा हुने सामुहिक प्रयास आदिमा हुने खर्च कुनै व्यक्तिगत एल्बमको भन्दा कैयौं गुणा बढी हुने गर्दछ । नाइँ मलाई थाहा छैन’ एक एल्बम को गीत भएर पनि यति धेरै लोकप्रिय हुनु यस गीतका स्रस्टाहरुको लागि धेरै खुशीको कुरा हो । यदि गीत श्रोता दर्शकको मन मुटुमा बस्न सफल हुन्छ भने हिट हुन कुनै सिनेमाको ‘टाइटल गीत’ नै हुनुपर्छ भन्ने छैन । ‘नाइँ मलाई थाहा छैन’ ले यस कुरालाई प्रमाणित गरेको छ ।
गायक सन्जिब पराजुली र गायिका टीका प्रसाईंको ‘नाइँ मलाई थाहा छैन’ बाहेक अन्य गीतहरु ‘तिमी मलाई मन पर्छ’, ‘पहिलो भेटैमा’, अलि अलि गर्दै ‘माया लुकी लुकी, हिट हिट गीत’जस्ता अन्य दर्जनौ गीतहरुले श्रोता दर्शकहरुको मन जित्न सफल भईसकेको छ । यी सांगीतिक जोडीका अन्य नयाँ गीतहरु पनि छिटै सार्वजनिक हुनेक्रममा रहेका छन् ।
प्रतिक्रिया