कांग्रेस संसदीय दलको बैठक जारी

Abhiyanpost Abhiyanpost
|
शनिबार, फाल्गुन १२, २०७४
|
|
३९ पटक हेरिएको
Shares
कांग्रेस संसदीय दलको बैठक जारी

सारांश

  • काठमाडौं ।
  • नेपाली कांग्रेस संसदीय दलको बैठक बसिरहेको छ ।
  • संसदीय दलको नेता चयनलगायत विषयमा छलफल गर्न बैठक बसेको हो ।

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बसिरहेको छ । संसदीय दलको नेता चयनलगायत विषयमा छलफल गर्न बैठक बसेको हो ।

प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचन सम्पन्न भइसके पनि कांग्रेसले दलको नेता चयन गरेको छैन । यसकै तयारीका लागि पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बसेको जानकारी नेताहरुले दिएका छन् ।

बैठकमा पार्टीका तर्फबाट प्रतिनिधिसभा र राष्ट्रियसभामा निर्वाचित सदस्यहरु सहभागी छन् । कांग्रेसकाे प्रतिनिधिसभामा ६३ र राष्ट्रियसभाका १३ गरी ७६ सांसद् छन् ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले संसदीय दलको नेता चयन, विधान संशोधन बैठकको मुख्य एजेण्डा भएको जानकारी दिए । शर्माका अनुसार अघिल्लो विधानले राष्ट्रियसभा नचिनेकाले विधान संशोधन गर्नुपर्ने आवश्यकता छ ।

आजको बैठकले दलको नेता चयन प्रक्रिया सुरु गरे पनि सांसद्ले शपथ लिएपछि मात्रै नेता चयन गर्ने तयारी रहेको प्रवक्ता शर्माले जानकारी दिए ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Sagar Mo II

    ? ? Shikhar News ? STICKER + MENTION BOT♥ CH BOTTERZ ❤ BAL-KUMAR,TK ?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?