नेप्से १९.३४ अंकले घट्यो, कारोबार ५ अर्बमा सीमित

Asmita-Newsdesk Asmita-Newsdesk
|
मंगलबार, भाद्र २, २०८३
|
|
१० पटक हेरिएको
Shares
नेप्से १९.३४ अंकले घट्यो, कारोबार ५ अर्बमा सीमित

सारांश

  • धितोपत्र बजारमा निरन्तर उतारचढाव आइरहँदा मंगलबार शेयर बजार परिसूचक (नेप्से) १९.
  • ३४ अंकले घट्यो।
  • नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १९.

धितोपत्र बजारमा निरन्तर उतारचढाव आइरहँदा मंगलबार शेयर बजार परिसूचक (नेप्से) १९.३४ अंकले घट्यो। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १९.३४ अंकले घट्दा लगानीकर्ताको मनोबल कमजोर  देखिएको छ भने अघिल्लो दिनको तुलनामा कुल कारोबार रकममा समेत उल्लेख्य गिरावट आएको छ।

मंगलबार देशभरका ३४७ वटा कम्पनीको १ करोड ५१ लाख ९६ हजारभन्दा बढी कित्ता शेयर खरिदबिक्री हुँदा जम्मा ५ अर्ब ७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। बजार ओरालो लाग्दा अधिकांश कम्पनीका शेयरधनीहरूले घाटा व्यहोर्नुपरेको छ।

कारोबारमा आएका कुल कम्पनीहरूमध्ये जम्मा ५६ वटा कम्पनीको शेयर मूल्यमा सुधार देखिए पनि २१८ वटा कम्पनीको मूल्यमा गिरावट आएको छ। विशेष गरी जलविद्युत् क्षेत्रका कम्पनीहरूमा ठूलो असर पर्दा सगरमाथा जलविद्युत् कम्पनीको शेयर मूल्य सर्वाधिक १०.६३ प्रतिशतले घटेको छ।

बजार घट्दा पनि केही जलविद्युत् तथा उत्पादनमूलक कम्पनीमा कारोबार सक्रिय रह्यो। सोलु हाइड्रोपावरको सर्वाधिक ३९ करोड रुपैयाँको कारोबार हुँदा खानीखोला, रिलाइन्स स्पिनिङ मिल्स र युनाइटेड मोदी हाइड्रोपावरले पनि उल्लेख्य कारोबार गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?