प्रम ओलीले सिंगापुरमा चिनियाँ उच्चपदस्थ पदाधिकारीलाई भेट्ने

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण १८, २०७६
|
|
४० पटक हेरिएको
Shares
प्रम ओलीले सिंगापुरमा चिनियाँ उच्चपदस्थ पदाधिकारीलाई भेट्ने

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00

प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि आज सिङ्गापुर जाँदैछन् । प्रधानमन्त्री आज राति त्यसतर्फ प्रस्थान गर्दैछन् । उनको सिंगापुर भ्रमण स्वास्थ्य परीक्षणमा मात्रै केन्द्रित नरहेर केही महत्वपूर्ण भेटवार्ता पनि हुने सूत्रहरुले दाबी गरेका छन् । प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार आलीको सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण हुनेछ ।

प्रधानमन्त्री ओलीले १२ वर्षअघि भारतमा मिर्गौला प्रत्यारोपण गरेपछि नियमित स्वास्थ्य परीक्षण गराईरहेका छन् । यसअघि उहाँ नियमित स्वास्थ्य परीक्षण गराउन थाइल्याण्डमा गएका थिए । प्रधानमन्त्रीसँग उहाँका धर्मपत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा दिब्यसिंह शाहसमेत जानेछन।

नेकपानिकट उच्च स्रोतले दिएको जानकारी अनुसार सिंगापुरमा रहँदा प्रधानमन्त्री ओलीले चिनियाँ उच्चपदस्थ अधिकारीहरुसँग भेटवार्ता गर्नेछन् । पछिल्लो समय नेपालमा चिनियाँ प्रभाव बढेको छ । प्रधानमन्त्री ओलीले चीनसँग राम्रो सम्बन्ध बनाएका छन् । प्रधानमन्त्री ओली एक सातापछि स्वदेश फर्कनेछन् ।

स्कुल विभाग प्रम ओलीले आफै राख्ने, नेकपामा स्कुल विभाग के हो ?
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली आज साँझ सिंगापुर जाँदैछन् । नियमित स्वास्थ्य परीक्षणको लागि प्रधानमन्त्री ओली त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । तर, सिंगापुर उड्नुअघि आफूनिकट नेताहरुसँग आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल गरेका छन् ।

आजको छलफलको मुख्य उद्देश्य भनेको नै पार्टीको स्कुल विभागको नेतृत्वमा धेरै नेताको हानाथाप भएकोले अब उक्त पद आफैं राख्ने र सोहीअनुसार तयारी थाल्नको लागि निर्देशन दिनु थियो । पछिल्लो समय नेकपामा स्कुल विभागको नेतृत्वको विषय एकपछि अर्कोगरि पेचिलो बनिरहेको छ । पार्टीभित्र एकले अर्काको अस्तित्व स्विकार गर्न नसक्दा स्कुल विभागको नेतृत्वमा अघि सारिएका नाममा सर्वसम्मती हुन नसकेको हो । अहिले आवरणमा ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठ प्रतिष्पर्धामा देखिएपनि भित्री रुपमा यो लडाई अध्यक्षद्धय ओली र प्रचण्ड बीचको हो भनेर लखसमेत काटिएको छ ।

त्यही भएर होला, ओलीले स्कुल विभागमा धेरै विवाद हुने र जति बैठक बस्दापनि विषय नसल्झिने भएकोले आफैंले नेतृत्व लिने तयारी थालेका छन् । स्कुल विभागमा नेताहरु श्रेष्ठ र पोखरेलबीच भागबन्डा नमिलिरहेकै अवस्थामा अन्य नेताहरु वेदुराम भुषाल र घनश्याम भुसालले पनि नेतृत्वको दावी गर्दै आएका छन् ।

कतिसम्म भने प्राईम टाईम्स टेलिभिजनबाट हालै प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँगको कुराकानीमा वेदुरामले उक्त विभागमा आफ्नो पहिलो दाबी रहेको र उक्त विभागको नेतृत्व आफैंले पाउनुपर्ने जिकिर गरेका थिए । जसले नेकपाभित्रको विवाद थप उत्कर्षमा पुग्ने देखिएको छ ।

नेकपाको स्कुल विभागमा ५ जना नेताहरुको नाम चर्चामा छ । श्रेष्ठ र पोखरेलमध्ये कसलाई स्कुल विभागको जिम्मेवारी दिने भन्नेमा विवाद देखिएपछि एकपछि अर्को गर्दै दाबेदारहरु देखा परे । तेस्रो दाबेदारको रुपमा घनश्याम भुसाल देखा परे । भुसाल बैचारिक बहसमा अब्बल नेता भएकाले उनको नाममा कायकर्ताले भने समर्थन जनाएको पनि पाइयो ।

माक्र्सवादसम्बन्धी पुस्तकसमेत लेखेका भुसाल विगतमा मदन भण्डारीले अघि सारेको ‘जनताको बहुदलीय जनवाद’ कि झलनाथ खनाल, सीपी मैनालीले भन्ने गरेको ‘नौलो जनवाद’ भन्ने वैचारिक विवाद हुँदा नौलो जनवादको पक्षमा थिए ।

अर्का वरिष्ठ नेता झलनाथ खनाललाई नीति तथा अनुसन्धान विभागको जिम्मेवारी दिन लागिएको बताइएको थियो । तर उनले पनि स्कुल विभागमा पनि इच्छा देखाएका छन् । पार्टीको सिद्धान्तलाई कार्यकर्तासम्म लैजान सकिने र त्यसले आगामी महाधिवेशनमा आफू शक्तिशाली बन्ने आकांक्षाका कारण पनि स्कूल विभागमा पूर्वएमाले र पूर्वमाओवादी दुबै खेमाले आँखा गाडेका हुन् ।

त्यसो त गत आइतबार अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटार बसेको पुर्वमाओवादीका नेताहरुविचको पनि स्कुल विभाग छोड्न नहुने ठहर गरेका थिए । पुर्व माओवादी नेताहरुले पनि धेरै विवाद नगरी नेताहरुको योग्यता र वरिष्ठताको आधारमा नेतृत्व दिनुपर्नेमा जोड दिएका छन् ।

त्यसो त पुर्वमाओवादी खेमाले अघि सारेका नेता नारायणकजी श्रेष्ठ हाल संसदमा पनि नरहेको र पार्टीमा पनि कुनै महत्वपुर्ण जिम्मेवारीमा पनि नरहेकोले श्रेष्ठलाई नै स्कुल विभाग दिनुपर्नेमा पुर्वमाओवदी पक्षको अडान छ । यता पूर्व एमालेमा भने एकमत छैन । खनाल, पोखरेल र भुसालद्धय गरी चारै जना पूर्व एमाले भएकाले सकस देखिएको छ ।

यसअघि नेकपाको ३२ विभिन्न विभागमध्ये १८ पुर्वएमालेले लिने र बांकी १४ पुर्वमाओवादीले नेतृत्व लिने सहमती भएको थियो । विहिबार पार्टीको सचिवालय बैठक बसेर यि विषय टुङ्गो लगाउने भनिएपनि विहिबार पनि सचिवालय बैठक बस्न सकेन । अर्कोतिर श्रेष्ठ र पोखरेल आ–आफ्नो अडानबाट पछि नहटेपछि तेस्रो विकल्पका रुपमा बरिष्ठ नेता झलनाथ खनालको नाम अघि सारेका छन् ।

यसरी दिनै पिच्छे स्कुल विभागमा थप अन्य नेताहरुले समेत दावी गर्न थालेपछि नेकपाभित्र स्कुल विभागको नेतृत्वको विषय थप अन्यौल र गंम्भिर मात्रै देखिएको छैन । नेताहरुविच यसले गुटगत राजनिति मौलाउने समेत प्रष्ट छ ।

सबैलाई लोभ्याउने स्कुल विभाग !

नेकपाको नियमावली २०७५ मा स्कुल विभागबारे पार्टीका सिद्धान्त, कार्यक्रम र नीति अनुरुप आफ्नो तहमा नियमित वा आवधिक पार्टी स्कूल सञ्चालन गर्ने र त्यसका निम्ति कार्ययोजना तयार गरी आफ्नो तहको पार्टी कमिटीसमक्ष प्रस्तुत गर्ने उल्लेख छ । स्कुल विभागलाई पार्टी सदस्यहरूको सैद्धान्तिक–वैचारिक स्तर उठाउन आवश्यक योजना निर्माण गर्ने र त्यसलाई कार्यान्वय गर्ने जिम्मेवारी तोकिएको छ ।

त्यसैगरी पार्टी स्कुलका निम्ति आवश्यक प्रशिक्षक तथा विशेषज्ञहरू तयार गर्नुका साथै स्कुलका पाठ्यक्रम तयार गर्ने, तदनुसार पाठ्यसामग्री तयार गर्ने र सम्बन्धित पार्टी कमिटीको स्वीकृतिमा प्रकाशन गर्ने जिम्मेवारी पनि यही विभागलाई छ । यस्तै यो विभागले प्रशिक्षण कार्यक्रमको मूल्याङ्कन गर्ने, प्रशिक्षार्थीहरूको परीक्षा लिने तथा प्रमाणपत्र दिने र सोको अभिलेख पनि राख्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विनिताको ज्यानै गयो, सत्या भाग्यले बाँचिन्
विनिताको ज्यानै गयो, सत्या भाग्यले बाँचिन्
नयाँ विद्युत् महसुल दर: घरायसी ग्राहकलाई मासिक रु ६० मात्रै, औद्योगिक ग्राहकलाई २० प्रतिशत बढी
नयाँ विद्युत् महसुल दर: घरायसी ग्राहकलाई मासिक रु ६० मात्रै, औद्योगिक ग्राहकलाई २० प्रतिशत बढी
नागढुंगासहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह
नागढुंगासहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह
  काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
  काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
२ नम्बर प्रदेशमा  कांग्रेसले रणनीति बनाउने,जनकपुरमा छलफल…
२ नम्बर प्रदेशमा कांग्रेसले रणनीति बनाउने,जनकपुरमा छलफल…
सभामुख चयन निर्णायक मोडमा
सभामुख चयन निर्णायक मोडमा
राष्ट्र बैंकले ३७ अर्ब २२ करोड ३८ लाख सरकारलाई बुझाउने
राष्ट्र बैंकले ३७ अर्ब २२ करोड ३८ लाख सरकारलाई बुझाउने
कोशीका पूर्वमन्त्री अधिकारीलाई दुई दिन हिरासतमा राख्न अदालतको अनुमति
कोशीका पूर्वमन्त्री अधिकारीलाई दुई दिन हिरासतमा राख्न अदालतको अनुमति
धनराज गुरुङमाथि निष्पक्ष छानबिन गर्न गगन थापाको माग
धनराज गुरुङमाथि निष्पक्ष छानबिन गर्न गगन थापाको माग
गुण्डामाथि प्रहरीको एक्सनः प्रहरी भन्छ ‘निगरानी गरिरहेका छौँ’
गुण्डामाथि प्रहरीको एक्सनः प्रहरी भन्छ ‘निगरानी गरिरहेका छौँ’