हत्याको विरोधमा बन्द

Abhiyanpost Abhiyanpost
|
सोमबार, भाद्र २५, २०७५
|
|
६१ पटक हेरिएको
Shares
हत्याको विरोधमा बन्द

सारांश

  • रोल्पा, २५ भदौ ।
  • नेपाल तरुण दल रोल्पाले हत्याको विरोधमा गरेको बन्दका कारण आज बिहानैदेखि रोल्पा पूर्णरुपमा प्रभावित भएको छ ।
  • तरुण दल रोल्पा नगर सभापति रोहित पुनको हत्याको विरुद्धमा सो दलले बन्दको आह्वान गरेको हो ।

रोल्पा, २५ भदौ । नेपाल तरुण दल रोल्पाले हत्याको विरोधमा गरेको बन्दका कारण आज बिहानैदेखि रोल्पा पूर्णरुपमा प्रभावित भएको छ । तरुण दल रोल्पा नगर सभापति रोहित पुनको हत्याको विरुद्धमा सो दलले बन्दको आह्वान गरेको हो । पुनको आइतबार राती गोली हानी हत्या भएको थियो ।बन्दबाट सदरमुकाम लिवाङ तथा अन्य ग्रामीण क्षेत्रमा रहेका शिक्षण संस्था, यातायात, बजार, उद्योग प्रभावित भएका छन् । बिहान पठनपाठनका लागि विद्यालय तथा कलेज पुगेका विद्यार्थी फर्किएका छन् ।

लामो तथा छोटो दूरीका सवारीसाधन नचल्दा यात्रु विचल्लीमा परेका छन् । पूर्वमाओवादी कार्यकर्ताले सभापति पुनको हत्या गरेको तरुण दलले आरोप लगाएको छ ।अपराधीलाई कारवाही नहँुदासम्म आन्दोलन जारी रहने नेपाल विद्यार्थी सङ्घ रोल्पाका सचिव नारायण रेग्मीले बताउनुभयो । मृतक पुनको शव परीक्षणका लागि जिल्ला अस्पताल रेउघामा लगिएको प्रहरीले जनाएको छ ।

काँग्रेसद्वारा दुःख व्यक्त

यसैबीच, नेपाली काँग्रेसले पनि आइतबार राति विज्ञप्ति जारी गरी हत्यारालाई कडा कारवाही गर्न माग गरेको छ । पार्टी केन्द्रीय कार्यालयद्वारा जारी विज्ञप्तिमा इलाका प्रहरी कार्यालय सुलिचौरबाट नजीकै भएको घटनामा पनि हत्यारालाई पक्रन प्रहरीले तदारुकता नदेखाउनु दुःखद् भएको उल्लेख छ । काँग्रेसले हत्या भएका पुनमाथि श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरेको छ ।यसैगरी काँग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले आफ्नो दलका रोल्पा नगर समितिका अध्यक्ष रोहित पुनको हत्या भएकोमा दुःख व्यक्त गरेको छ ।

दलका महासचिव भूपेन्द्रजङ्ग शाहीले एक विज्ञप्ति जारी गरी आइतबार दिउँसो सुनिल स्मृति गाउँपालिका–४ सुलिचौरमा पुनमाथि गोली हानिएको भन्दै दुःख व्यक्त गरेको हो ।हत्यामा संलग्नलाई तत्काल नियन्त्रणमा लिई कडाभन्दा कडा कारवाही गर्न नेपाल तरुण दल माग गरेको छ । हत्यारालाई नियन्त्रणमा लिएर कारवाही नगरे तरुण दलले देशभर आन्दोलन गर्ने जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्वोच्चले आदेश गरेको पत्र प्राप्त भएपछि अघि बढ्यो पुन: मतदान प्रक्रिया
सर्वोच्चले आदेश गरेको पत्र प्राप्त भएपछि अघि बढ्यो पुन: मतदान प्रक्रिया
लोकतन्त्र सुदृढीकरणमा थप प्रेरणा -बालकृष्ण खाँण
लोकतन्त्र सुदृढीकरणमा थप प्रेरणा -बालकृष्ण खाँण
त्रिभुवन विश्वविद्यालय गैरशैक्षिक संस्थाले घेरिँदै
त्रिभुवन विश्वविद्यालय गैरशैक्षिक संस्थाले घेरिँदै
सुविधाका लागि लगेको ल्यापटप नेताहरुले फिर्ता गरेनन्
सुविधाका लागि लगेको ल्यापटप नेताहरुले फिर्ता गरेनन्
मेशिन थपेर काेराेनाकाे नमूना परीक्षणको क्षमता दोब्बर गरिँदै
मेशिन थपेर काेराेनाकाे नमूना परीक्षणको क्षमता दोब्बर गरिँदै
आजदेखि इम्बोसड प्रणाली शुरु: सरकारीमा अनिवार्य, निजीलाई स्वेच्छिक
आजदेखि इम्बोसड प्रणाली शुरु: सरकारीमा अनिवार्य, निजीलाई स्वेच्छिक
बलात्कार र यौन दुव्र्यवहारको घटनाः न्याय नपाउने डरले अधिकांश पीडित महिलाले बयान फेर्छन्
बलात्कार र यौन दुव्र्यवहारको घटनाः न्याय नपाउने डरले अधिकांश पीडित महिलाले बयान फेर्छन्
चीनका सभामुख तथा राष्ट्रिय जनकंग्रेस स्थायी समिति अध्यक्ष ली चान्सु काठमाडौंमा
चीनका सभामुख तथा राष्ट्रिय जनकंग्रेस स्थायी समिति अध्यक्ष ली चान्सु काठमाडौंमा
चिसो बढेपछि एक महिना विद्यालय बन्द
चिसो बढेपछि एक महिना विद्यालय बन्द
सुनको भाउ तोलामा १९०० रुपैयाँले बढ्यो, छापावाल सुनको मूल्य २ लाख ८४ हजार कायम
सुनको भाउ तोलामा १९०० रुपैयाँले बढ्यो, छापावाल सुनको मूल्य २ लाख ८४ हजार कायम

तपाईंले छुटाउनुभयो कि?