नेपाल टेलिकमको खुद नाफा ४७.५८ प्रतिशतले बढ्यो

Asmita-Newsdesk Asmita-Newsdesk
|
मंगलबार, भाद्र २, २०८३
|
|
४ पटक हेरिएको
Shares
नेपाल टेलिकमको खुद नाफा ४७.५८ प्रतिशतले बढ्यो

सारांश

  • सरकारी स्वामित्वको नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले फजुल खर्च कटौती र डाटा सेवाको पहुँच विस्तार गर्दै गत आर्थिक वर्ष २०८२/८३ को अन्तिम तीन महिनामा मात्रै ४ अर्ब २० करोड रुपैयाँभन्दा बढी नाफा कमाएको छ।
  • अपरिष्कृत वित्तीय विवरणअनुसार वैशाखदेखि असार मसान्तसम्म हासिल भएको यो आम्दानीले कम्पनीको सुधारिएको वित्तीय अवस्थालाई उजागर गरेको छ।
  • मन्त्रालयको सुधारात्मक कार्ययोजना र मन्त्री डा.

सरकारी स्वामित्वको नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले फजुल खर्च कटौती र डाटा सेवाको पहुँच विस्तार गर्दै गत आर्थिक वर्ष २०८२/८३ को अन्तिम तीन महिनामा मात्रै ४ अर्ब २० करोड रुपैयाँभन्दा बढी नाफा कमाएको छ। अपरिष्कृत वित्तीय विवरणअनुसार वैशाखदेखि असार मसान्तसम्म हासिल भएको यो आम्दानीले कम्पनीको सुधारिएको वित्तीय अवस्थालाई उजागर गरेको छ।

मन्त्रालयको सुधारात्मक कार्ययोजना र मन्त्री डा. विक्रम तिमिल्सिनाको मितव्ययी निर्देशनसँगै विज्ञापन तथा प्रायोजन शीर्षकमा करिब १० देखि १५ करोड रुपैयाँ बचत भएको छ। प्रवक्ता कमल लामिछानेका अनुसार ‘फाइबर टु द होम’ (एफटीटीएच) र जीएसएम डाटाको खपत ह्वात्तै बढ्दा परम्परागत भ्वाइस सेवाको विकल्पमा सञ्चालन आयमा ठूलो टेवा पुगेको हो।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा टेलिकमको खुद नाफा ४७.५८ प्रतिशतले बढेर कुल ८ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ पुगेको छ। ब्याजदर घट्दा वित्तीय आम्दानी केही घटे पनि मुख्य दूरसञ्चार सेवा, विशेषगरी जीएसएम डाटातर्फको राजस्वमा ६४ करोड ५४ लाख रुपैयाँले वृद्धि भएपछि समग्र नाफामा सकारात्मक असर परेको देखिन्छ।

डिजिटल रूपान्तरणलाई गति दिँदै कम्पनीले ‘पे-एज-यू-गो’ प्रणाली, ई-सिम वितरण र अनलाइन केवाईसीजस्ता ग्राहककेन्द्रित सुधारहरू प्रभावकारी रूपमा लागू गरेको छ। डाटा सकिएपछि स्वतः ब्यालेन्स काटिने अवस्थाको अन्त्य र ‘एकल बिन्दु सेवा’ सहायता कक्षले ग्राहकको विश्वास जित्दै सेवा प्रवाहलाई सहज बनाएको छ।

शासकीय सुधार र सञ्चालन खर्चमा गरिएको कडा नियन्त्रणकै कारण टेलिकमले एकै वर्षमा कुल आय ३९ अर्ब १९ करोड पुर्‍याउन सफल भएको छ। सरकारी नीतिगत सहयोग, ४जी फ्रिक्वेन्सी विस्तार र पारदर्शी कार्यशैलीले गर्दा आगामी दिनमा टेलिकमको व्यावसायिक उचाइ थप सुदृढ हुने सङ्केत मिलेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?