स्कुल नजाउ छोरी, प्रेमको डर लाग्छ

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, माघ २१, २०७३
|
|
३६२ पटक हेरिएको
Shares
स्कुल नजाउ छोरी, प्रेमको डर लाग्छ

सारांश

  • कक्षा नौ पढ्ने एक किशोरी छिमेकी गाउँका युवकसँग लभ (प्रेम) गरेर भागेपछि गाउँका अभिभावकले छोरीलाई एक सातसम्म विद्यालय पठाएनन् ।
  •  यो घटना वीरगन्ज उपमहानगरपालिका २० अलौंमा रहेको द्वार देवी माध्यमिक विद्यालयको हो ।
  • यस्तो घटना सार्वजनिक भएपछि अभिभावकलाई छोरी विद्यालय पठाउनकै लागि गाउँका अगुवा र सामाजिक परिचालकले सम्झाउनु परेको थियो ।

कक्षा नौ पढ्ने एक किशोरी छिमेकी गाउँका युवकसँग लभ (प्रेम) गरेर भागेपछि गाउँका अभिभावकले छोरीलाई एक सातसम्म विद्यालय पठाएनन् । यो घटना वीरगन्ज उपमहानगरपालिका २० अलौंमा रहेको द्वार देवी माध्यमिक विद्यालयको हो ।

यस्तो घटना सार्वजनिक भएपछि अभिभावकलाई छोरी विद्यालय पठाउनकै लागि गाउँका अगुवा र सामाजिक परिचालकले सम्झाउनु परेको थियो । ‘स्कुल पढ्दै गरेका किशोरीले अभिभावकको मञ्जुरी बिना प्रेम विवाह गरेर गाउँ छाड्न थालेपछि अभिभावक छोरीलाई विद्यालय पठाउन मान्दैनन्’, पर्सा डकैला बहुअरीकी किशोरी उमिता यादवले भनिन् ,‘जति सम्झाए पनि अभिभावक छोरीलाई स्कुल पठाउन मान्दैनन् ।’ सुशीला र उमिता दुवै गैरसरकारी संस्था अस्मान नेपालले सञ्चालन गरेको बहिनी शिक्षाका लागि दिदी नामक कार्यक्रममा कार्यरत छन् ।

उमेर पुगेर पनि विद्यालयको पहुँच बाहिर रहेका र पढ्दा – पढ्दै विविध कारणले बीचमै विद्यालय छाडेका किशोरीलाई लक्षित गरेर अस्मान नेपालले पर्साको वीरगन्ज उपमहानगरपालिका, पोखरीया नगरपालिका र विभिन्न आठ गाविसमा बहिनी शिक्षाका लागि दिदी कार्यक्रम सञ्चालन गर्दै आएको छ।

अस्मान नेपालले बिहिबार वीरगन्जका पत्रकारसँग गरेको अन्तरक्रियामा सहभागी किशोरीले आफनो अनुभव सुनाउने क्रममा अभिभावकको मञ्जुरी बिना प्रेम विवाह गर्ने प्रवृति बढेपछि छोरीलाई विद्यालय नपठाई घरमा राख्ने गरेको बताएका हुन् । आजको अन्नपूर्ण पोष्टमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

६ वटा उद्योगको विद्युत लाइन जोड्ने प्राधिकरणको निर्णय
६ वटा उद्योगको विद्युत लाइन जोड्ने प्राधिकरणको निर्णय
बाराका प्रजिअ चढेको गाडी दुर्घटनाः सशस्त्र प्रहरीका एसपी पोखरेलको मृत्यु, प्रजिअ गम्भीर
अर्थोपेडिक सम्मेलन सम्पन्न
अर्थोपेडिक सम्मेलन सम्पन्न
आज दलहरुबीच सरकार ढाल्ने चलखेलदेखि संशोधन विधेयक असफल पार्न सांसद किनबेच भएकोबारेमा चर्चा
आज दलहरुबीच सरकार ढाल्ने चलखेलदेखि संशोधन विधेयक असफल पार्न सांसद किनबेच भएकोबारेमा चर्चा
पत्रकार महासंघ सल्यानको अध्यक्षमा इच्छुक
पत्रकार महासंघ सल्यानको अध्यक्षमा इच्छुक
संसद् पुनर्स्थापनाको माग लिएर एमाले सर्वोच्च जाने
संसद् पुनर्स्थापनाको माग लिएर एमाले सर्वोच्च जाने
खानेपानी आयोजनाको आठ हजार सात सय मिटर पाइप क्षति
खानेपानी आयोजनाको आठ हजार सात सय मिटर पाइप क्षति
सुकीबाट नेपाल र म्यान्मा व्यापारमा जोड
सुकीबाट नेपाल र म्यान्मा व्यापारमा जोड
पर्यटन प्रवद्र्धनका लागि एकताबद्ध ढंगले लाग्नुपर्नेमा जोड
पर्यटन प्रवद्र्धनका लागि एकताबद्ध ढंगले लाग्नुपर्नेमा जोड
वामदेव गौतमको राष्ट्रिय सभा सदस्यविरुद्ध परेको रिटको सुनुवाइ हुँदै
वामदेव गौतमको राष्ट्रिय सभा सदस्यविरुद्ध परेको रिटको सुनुवाइ हुँदै