बलिउड अभिनेत्री पूजा चोपडा पुगिन् पशुपतिनाथ, गरिन् विशेष पूजा

Asmita-Newsdesk Asmita-Newsdesk
|
आइतबार, श्रावण ३१, २०८३
|
|
२ पटक हेरिएको
Shares
बलिउड अभिनेत्री पूजा चोपडा पुगिन् पशुपतिनाथ, गरिन् विशेष पूजा

सारांश

  • नेपालको प्रसिद्ध धार्मिक पर्यटकीय स्थल काठमाडौँस्थित पशुपतिनाथ मन्दिरमा बलिउड अभिनेत्री पूजा चोपडाले आइतबार विशेष पूजा, आराधना तथा दर्शन गरेकी छन्।
  • पवित्र साउन महिनाको अवसर पारेर नेपाल आएकी उनले आराध्यदेव पशुपतिनाथको दर्शन तथा पूजाआजा गरेकी हुन्।
  • पशुपति क्षेत्र विकास कोषका अनुसार अभिनेत्री चोपडाले दुई हजार १०० रुपैयाँको रसिद काटेर मन्दिर परिसरमा विशेष पूजा तथा दर्शन गरेकी हुन्।

नेपालको प्रसिद्ध धार्मिक पर्यटकीय स्थल काठमाडौँस्थित पशुपतिनाथ मन्दिरमा बलिउड अभिनेत्री पूजा चोपडाले आइतबार विशेष पूजा, आराधना तथा दर्शन गरेकी छन्। पवित्र साउन महिनाको अवसर पारेर नेपाल आएकी उनले आराध्यदेव पशुपतिनाथको दर्शन तथा पूजाआजा गरेकी हुन्।

पशुपति क्षेत्र विकास कोषका अनुसार अभिनेत्री चोपडाले दुई हजार १०० रुपैयाँको रसिद काटेर मन्दिर परिसरमा विशेष पूजा तथा दर्शन गरेकी हुन्। मन्दिर व्यवस्थापनले धार्मिक परम्परा अनुसार नै उनको पूजाआजाका लागि आवश्यक प्रबन्ध मिलाएको थियो।

साउन महिनाको अन्तिम दिन तथा सार्वजनिक बिदा समेत परेकाले मन्दिर परिसरमा बिहानैदेखि भक्तजनको निकै ठूलो घुइँचो लागेको थियो। कोषका पुरातत्व अधिकृत सुशीलकुमार गौतमका अनुसार चोपडासहित कूल २३५ जना भक्तजनले विशेष पूजाका लागि रसिद काटेर पूजा गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?