बेनीमा तीन तले आँखा उपचार केन्द्र बन्दै, शल्यक्रिया सेवा विस्तार गरिने

Asmita-Newsdesk Asmita-Newsdesk
|
सोमबार, भाद्र १, २०८३
|
|
३७ पटक हेरिएको
Shares
बेनीमा तीन तले आँखा उपचार केन्द्र बन्दै, शल्यक्रिया सेवा विस्तार गरिने

सारांश

  • म्याग्दीको सदरमुकाम बेनी तथा आसपासका चार जिल्लाका सर्वसाधारणलाई सहज आँखा उपचार सेवा पुर्‍याउने उद्देश्यका साथ दाताहरूको आर्थिक सहयोगमा कालीपुलमा आँखा उपचार केन्द्रको आधुनिक भवन निर्माण कार्य अघि बढाइएको छ।
  • नेपाल नेत्रज्योति संघ म्याग्दीले बेनी नगरपालिका–८ कालीपुलमा आफ्नै स्वामित्वको जग्गामा तीन तले सुविधासम्पन्न पूर्वाधार निर्माण सुरुआत गरेको हो।
  • हाल भाडाको घरबाट सीमित सेवा दिँदै आएको संघले पोखरा जानुपर्ने बाध्यता हटाउँदै बेनीमै शल्यक्रियासहितको सेवा विस्तार गर्न यो कदम चालेको हो।

म्याग्दीको सदरमुकाम बेनी तथा आसपासका चार जिल्लाका सर्वसाधारणलाई सहज आँखा उपचार सेवा पुर्‍याउने उद्देश्यका साथ दाताहरूको आर्थिक सहयोगमा कालीपुलमा आँखा उपचार केन्द्रको आधुनिक भवन निर्माण कार्य अघि बढाइएको छ। नेपाल नेत्रज्योति संघ म्याग्दीले बेनी नगरपालिका–८ कालीपुलमा आफ्नै स्वामित्वको जग्गामा तीन तले सुविधासम्पन्न पूर्वाधार निर्माण सुरुआत गरेको हो।

हाल भाडाको घरबाट सीमित सेवा दिँदै आएको संघले पोखरा जानुपर्ने बाध्यता हटाउँदै बेनीमै शल्यक्रियासहितको सेवा विस्तार गर्न यो कदम चालेको हो। कुल एक करोड तीन लाख रुपैयाँको अनुमानित लागतमा निर्माण हुन लागेको उक्त भवनका लागि मालिका–६ दिच्याम निवासी मुक्ति रोका र उहाँकी धर्मपत्नी याममाया रोकाले दुई करोड ५० लाख रुपैयाँ बराबरको सात आनाभन्दा बढी जग्गा निःशुल्क उपलब्ध गराउनुभएको छ।

नेत्रज्योति संघका पदाधिकारी तथा सदस्यहरूबाट संकलित १० लाख रुपैयाँ बजेटबाट हाल जग खन्ने र पर्खाल निर्माण गर्ने प्राथमिक काम भइरहेको छ। थप संरचना निर्माण सम्पन्न गर्न संघले स्वदेश तथा विदेशमा रहेका विभिन्न दाता तथा सरोकारवाला निकायहरूसँग आर्थिक सहयोगको अपिल गरेको छ।

नयाँ बन्ने तीन तले भवनको तल्लो तलामा उपचार कक्ष तथा औषधि भण्डारण, दोस्रो तलामा शल्यक्रिया (अपरेशन) कक्ष र बाँकी भागमा प्रशासनिक तथा सहयोगी कक्षहरू रहने गरी नक्सांकन गरिएको छ। पूर्वाधार तयार भएपछि यहाँ आधुनिक प्रविधिसहितको शल्यक्रिया सेवा नियमित रूपमा सञ्चालन गरिनेछ।

यो भवन निर्माण सम्पन्न भएसँगै म्याग्दीका साथै छिमेकी जिल्लाहरू पर्वत, मुस्ताङ र बागलुङका हजारौँ नागरिकहरू प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्। स्थानीयस्तरमै विशेषज्ञसहितको आँखा उपचार पाउने भएपछि नागरिकको समय र खर्च दुवैको बचत हुने विश्वास लिइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?