सर्वोच्चको आदेशले ७ मन्त्रीको पद चैट

Abhiyanpost Abhiyanpost
|
बिहिबार, जेठ ६, २०७८
|
|
३६ पटक हेरिएको
Shares

सारांश

  • दश वर्ष लामो जनयुद्धमा सक्रिय भएका ७ जना नेताहरुले पुष्पकमल दाहाल प्रचण्डलाई छाडेर केपी शर्मा ओलीको साथमा जाँदा मन्त्री बन्नकै लागि गरेको आरोप लागेको थियो ।
  • माओवादी जनयुद्ध देखि विभिन्न समयका संघर्षमा उनीहरुले महत्वपूर्ण भूमिका खेलेकाले प्रचण्डको साथ छाडिहाल्लान् भन्ने विश्वास कमैलाई थियो ।
  • स्वयं प्रचण्डले पनि त्यो कल्पना नगरेको सार्वजनिक रुपमा बताइसकेका छन् ।

दश वर्ष लामो जनयुद्धमा सक्रिय भएका ७ जना नेताहरुले पुष्पकमल दाहाल प्रचण्डलाई छाडेर केपी शर्मा ओलीको साथमा जाँदा मन्त्री बन्नकै लागि गरेको आरोप लागेको थियो । माओवादी जनयुद्ध देखि विभिन्न समयका संघर्षमा उनीहरुले महत्वपूर्ण भूमिका खेलेकाले प्रचण्डको साथ छाडिहाल्लान् भन्ने विश्वास कमैलाई थियो । स्वयं प्रचण्डले पनि त्यो कल्पना नगरेको सार्वजनिक रुपमा बताइसकेका छन् ।

ओलीलाई साथ दिएर मन्त्री पद जोगिएका, मन्त्री बनेका ७ जनाको सर्वोच्च अदालतको आदेशले पद स्वतः गएको छ । उनीहरुको दोस्रोपटक मन्त्री पदमा नियुक्तिलाई बदर गरेपछि स्वतः पदमुक्त भएका हुन् ।

पदमुक्त हुनेहरुमध्ये टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी प्रतिनिधि सभामा प्रत्यक्षतर्फ निर्वाचित सांसद थिए । बादल राष्ट्रिय सभाका निर्वाचित सांसद थिए । दल त्याग गरेपछि उनीहरुको पद माओवादी केन्द्रले सांसद पदबाट हटाउन पत्र लेखेपछि स्वतः पद गएको थियो । मणि थापा र दावा लामा भने सांसद थिएनन् ।

माओवादी पृष्ठभूमिका ७ नेताहरुले अहिले एमालेको संगठनमा महत्वपूर्ण जिम्मेवारी पाएका छन् । तर, उनीहरुको मन्त्री पद भने गएको छ । यसले राजनीतिमा निर्क अर्थ राख्ने देखिएको छ ।

सर्वोच्चको आदेशबाट पदमुक्त भएकाहरु
रामबहादुर थापा बादल, गृह
टोपबहादुर रायमाझी, ऊर्जा
लेखराज भट्ट, पूर्व उद्दोग
प्रभु साह, पूर्व सहरी विकास
गौरीशंकर चौधरी, श्रम
मणि थापा, खानेपानी
दावा लामा, खेलकुद

(inboundrem.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोदीले भने- नेपालमा ‘स्वर्णिम अध्याय शुभारम्भ’
मोदीले भने- नेपालमा ‘स्वर्णिम अध्याय शुभारम्भ’
काठमाडौँको फोहरका लागि वैकल्पिक स्थान खोज्न आवश्यक
काठमाडौँको फोहरका लागि वैकल्पिक स्थान खोज्न आवश्यक
कसले पड्कायो बम? विप्लवप्रति आशंका
कसले पड्कायो बम? विप्लवप्रति आशंका
विवाहबाट भागेपछि बेहुलालार्इ बिच बाटाेमै यसरी लतारीन बेहुलीले हेर्नुहाेस भिडियाे !
विवाहबाट भागेपछि बेहुलालार्इ बिच बाटाेमै यसरी लतारीन बेहुलीले हेर्नुहाेस भिडियाे !
आगामी २४ घण्टाको मौसम पूर्वानुमान : देशभर बदली रहने, यी प्रदेशहरूमा भारी वर्षाको सम्भावना
आगामी २४ घण्टाको मौसम पूर्वानुमान : देशभर बदली रहने, यी प्रदेशहरूमा भारी वर्षाको सम्भावना
One dead, four hurt in Jhapa jeep accident
One dead, four hurt in Jhapa jeep accident
मेलम्ची बाढीको एक वर्ष : अझै सुरु भएन पुनःनिर्माणको काम
मेलम्ची बाढीको एक वर्ष : अझै सुरु भएन पुनःनिर्माणको काम
Aishwarya Rai and Rajkummar Rao’s chemistry is refreshing in ‘Halka Halka’ song from Fanney Khan!
Aishwarya Rai and Rajkummar Rao’s chemistry is refreshing in ‘Halka Halka’ song from Fanney Khan!
लोक सेवा आयोगलाई नयाँ चुनौतीसँग सामना गर्नेगरी सुधार गर्नु आवश्यक छ : राष्ट्रपति
लोक सेवा आयोगलाई नयाँ चुनौतीसँग सामना गर्नेगरी सुधार गर्नु आवश्यक छ : राष्ट्रपति
आइसोलेशनमा भर्ना भएका बिरामीको मृत्यु, स्वाब परीक्षण रिपोर्ट आउन बाँकी
आइसोलेशनमा भर्ना भएका बिरामीको मृत्यु, स्वाब परीक्षण रिपोर्ट आउन बाँकी

तपाईंले छुटाउनुभयो कि?