सडकमा नाङ्गै उभिएर कांग्रेसको नाटक

Abhiyanpost Abhiyanpost
|
बिहिबार, आषाढ २१, २०७५
|
|
६८ पटक हेरिएको
Shares
सडकमा नाङ्गै उभिएर कांग्रेसको नाटक

सारांश

  • नेपाली कांग्रेस आन्दोलनको मुडमा देखिएको छ ।
  • आन्दोलनको मुडमा आएर मात्रै पनि भएन ।
  • त्यसका लागि गतिलो मुद्दा हुनुपर्यो, जुन मुद्दा उठाएर आन्दोलनमा जान सकियोस्, सरकारका कामकारवाहीमा बाधा हाल्न सकियोस् र आमजनताका बीचमा आफू लोकप्रिय बन्न सकियोस् ।

नेपाली कांग्रेस आन्दोलनको मुडमा देखिएको छ । आन्दोलनको मुडमा आएर मात्रै पनि भएन । त्यसका लागि गतिलो मुद्दा हुनुपर्यो, जुन मुद्दा उठाएर आन्दोलनमा जान सकियोस्, सरकारका कामकारवाहीमा बाधा हाल्न सकियोस् र आमजनताका बीचमा आफू लोकप्रिय बन्न सकियोस् ।

नेपाली कांग्रेस त्यही मुद्दा खोज्दै थियो आन्दोलनको लागि । अहिले त्यसका लागि कांग्रेसले मुद्दा भेटाएको छ– डा. गोविन्द केसी, गङ्गामाया अधिकारी र माइतीघर मण्डला ।

माइतीघर मण्डलामा सरकारले जुलुस प्रदर्शनका लागि निषेध गरेको छ र त्यसका लागि निश्चित ठाउँ तय गरिदिएको छ । लोकतान्त्रिक मुलुकमा त्यसलाई नागरिक अधिकारको कटौती भन्न सकिएला । सरकारको यो निर्णय कत्तिको उपयुक्त वा अनुपयुक्त हो ? बहसकै विषय हो यो । प्रतिपक्षीको नाताले यो विषयको उठान गर्न खोज्नु र निषेधित क्षेत्र तोड्नुलाई अस्वाभाविक भन्न सकिन्न ।

बाँकी दुई विषय डा. गोविन्द केसी र गंगामाया अधिकारीको मुद्दालाई नेपाली कांग्रेसले उठाउनु सर्वथा हास्यास्पद र नाटकमात्र हो । यसलाई सडकमा नाङ्गै उभिएर कांग्रेसले देखाएको नाटक भन्दा अनुपयुक्त नहोला ।

नेपाली कांग्रेसले डा. गोविन्द केसीलाई भेट्न सांसदहरु पठाएको कुरा आइरहेको छ । कांग्रेसका वरिष्ठ नेताहरु अनसनरत गंगामाया अधिकारीलाई भेट्दै ऐक्यवद्धता जनाइरहेको र त्यही विषयलाई उछाल्न खोजिरहेको देखिन्छ ।

नेपाली कांग्रेसका युवा नेता तथा प्रखर वक्ता गगन थापा नै स्वास्थ्यमन्त्री भएको समयमा डा. गोविन्द केसी दाङ पुगेर आमरण अनसन बसेका थिए । त्यसअघिका आमरण अनसन हुँदा पनि केहीमा बाहेक सरकारमा नेपाली कांग्रेसको सहभागिता थियो । वास्तवमै नेपाली कांग्रेस डा. गोविन्द केसीको मागप्रति सकारात्मक हुन्थ्यो भने आफू सरकारमा छँदै सम्बोधन गथ्र्यो तर गरेन । ऊ कहिल्यै डा. गोविन्द केसीका मागहरुप्रति सकारात्मक भएन र डा. केसीसँग सहमति गरे पनि त्यसको कार्यान्वयन गर्दै गरेन । त्यसकारण कांग्रेसले आन्दोलन उठानको गतिलो मुद्दा ठानेर यो विषयलाई उछाल्दा स्वयं हाँसोको पात्र बनेको छ ।

सबैलाई थाहा भएकै कुरा हो कि गङ्गामाया अधिकारी पनि आमरण अनसनमा बस्न थालेको अहिलेदेखि होइन । अझ त्यसभन्दा अगाडि बढेर गङ्गामाया अधिकारीका श्रीमान नन्दप्रसाद अधिकारीले आमरण अनसन बस्दाबस्दै मृत्युवरण गर्नुपर्यो । छोरा कृष्णप्रसाद अधिकारीको हत्या भएको र हत्यारालाई कारवाही गरियोस् भन्दै न्यायको भीख माग्दामाग्दै मृत्युवरण गर्नका लागि वाध्य बनाउने सरकार पनि नेपाली कांग्रेसकै थियो । आफू सत्तामा हुँदा नेपाली कांग्रेसले गङ्गामायाको मुद्दालाई सम्बोधन गरेको खै ? गोहीको आँसु चुहाउनुको कुनै अर्थ छ र ?

नेकपा र त्यसको सरकार यतिबेला परीक्षा दिइरहेको छ । कति प्रतिशत अंक ल्याएर उत्तीर्ण हुन्छ वा अनुत्तीर्ण ? त्यो पाँच वर्षपछि जनताले मूल्यांकन गर्ने नै छ । नेकपा र त्यसको सरकार परीक्षा लिइरहेका जनताले एक एक हिसाव राख्ने नै छ । तर, आफू सत्तामा हुँदा डा. गोविन्द केसी र गङ्गामाया÷नन्दप्रसाद अधिकारीका मागहरुप्रति रत्तिभर सम्वेदनशील नहुने नेपाली कांग्रेसले अहिले विपक्षीमा रहँदा त्यही विषयलाई उछाल्न खोज्नु सर्वथा हाँसोको विषय मात्रै हो । यो त नाङ्गै सडकमा उभिएर नाटक प्रदर्शन गरेजस्तो भएन र ?

(mypatraining.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छोरी अभिनेत्री बनेपछि करिश्माको घरमा घरझगडा !
छोरी अभिनेत्री बनेपछि करिश्माको घरमा घरझगडा !
प्रशासन, जवाफदेहिता र विद्युतीय हस्ताक्षर-राम प्रसाद सापकोटा
प्रशासन, जवाफदेहिता र विद्युतीय हस्ताक्षर-राम प्रसाद सापकोटा
सन्दीपले देखाउँदै कमाल, नेपाल विश्वकप नजिक
सन्दीपले देखाउँदै कमाल, नेपाल विश्वकप नजिक
प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यलाभको कामना गर्दै विशेष प्रस्ताव पारित
प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यलाभको कामना गर्दै विशेष प्रस्ताव पारित
देशका अधिकांश भूभागको मौसम सफा रहने
देशका अधिकांश भूभागको मौसम सफा रहने
प्रदेशसभाको बैठक सोमबार
प्रदेशसभाको बैठक सोमबार
एमाले-माओवादी एकतापछि केन्द्रीय समिति १५० कि ३५० सदस्यीय!
एमाले-माओवादी एकतापछि केन्द्रीय समिति १५० कि ३५० सदस्यीय!
प्रचण्डको विशेष परिपत्र : वडा अध्यक्ष/सदस्यबाहेकका उम्मेदवार छनौट र तालमेलसम्मको अधिकार केन्द्रलाई
प्रचण्डको विशेष परिपत्र : वडा अध्यक्ष/सदस्यबाहेकका उम्मेदवार छनौट र तालमेलसम्मको अधिकार केन्द्रलाई
यू-२३ टोलीको कप्तानमा विमल घर्तीमगर, उप-कप्तानमा अनन्त तामाङ
यू-२३ टोलीको कप्तानमा विमल घर्तीमगर, उप-कप्तानमा अनन्त तामाङ
सिटौला पक्षले चेतावनी दिएपछि कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित !
सिटौला पक्षले चेतावनी दिएपछि कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित !

तपाईंले छुटाउनुभयो कि?