सन्दीपले देखाउँदै कमाल, नेपाल विश्वकप नजिक

Abhiyanpost Abhiyanpost
|
मंगलबार, फाल्गुन १, २०७४
|
|
५४ पटक हेरिएको
Shares
सन्दीपले देखाउँदै कमाल, नेपाल विश्वकप नजिक

सारांश

  • काठमाडौं, १ फागुन- इन्डियन प्रिमियर लिग (आईपीएल) को गत महिना भएको अक्सनमा दिल्ली डेयरडेभिल्सले भाउ लगाएपछि सन्दीप लामिछाने विश्वभर चर्चामा आए ।
  • नामिबियामा भइरहेको विश्व क्रिकेट लिग डिभिजन–२ मा सन्दीपले चर्चा हुन लायक अर्को प्रदर्शन देखाइरहेका, आजको कान्तिपुर दैनिकमा विनोद पाण्डेले खबर लेखेका छन् ।
  • डिभिजन–२ मा देखाएको प्रदर्शनले उनी कुन स्तरका खेलाडी हुन् भनेर फेरि एक पटक प्रमाणित गरेको छ ।

काठमाडौं, १ फागुन- इन्डियन प्रिमियर लिग (आईपीएल) को गत महिना भएको अक्सनमा दिल्ली डेयरडेभिल्सले भाउ लगाएपछि सन्दीप लामिछाने विश्वभर चर्चामा आए । नामिबियामा भइरहेको विश्व क्रिकेट लिग डिभिजन–२ मा सन्दीपले चर्चा हुन लायक अर्को प्रदर्शन देखाइरहेका, आजको कान्तिपुर दैनिकमा विनोद पाण्डेले खबर लेखेका छन् ।

डिभिजन–२ मा देखाएको प्रदर्शनले उनी कुन स्तरका खेलाडी हुन् भनेर फेरि एक पटक प्रमाणित गरेको छ । पाँच पटक एकदिवसीय विश्वकप खेलिसकेको केन्यामाथि सोमबार सन्दीपले २० रन खर्चेर ५ विकेट लिए । त्यसमा ५ ओभर त मेडन नै थियो । उनको यो प्रदर्शन लिस्ट ‘ए’ मान्यता प्राप्त खेलमा नेपाली खेलाडीको उत्कृष्ट बलिङ हो ।

अफ्रिकी मैदानमा भइरहेको प्रतियोगिताको ४ खेलमा उनले १४ विकेट लिइसकेका छन् । उनी नेपालको मात्र नभई प्रतियोगिताकै प्रमुख बलरका रूपमा देखिएका छन् । विशेष भनेको सन्दीपको प्रदर्शनले नेपाललाई विश्वकप छनोटको नजिक पुर्‍याएको छ । केन्यामाथि अन्तिम बलमा पाएको विजयले विश्वकप छनोटमा पुग्ने नेपालको सम्भावना नजिकिएको हो ।

२०१९ को विश्वकप छनोटको आधार रहेको डिभिजन–२ का शीर्ष दुई टोली मार्चमा जिम्बावेमा हुने विश्वकप छनोटमा पुग्ने छन् । चार खेलको समाप्तिमा क्यानडा र नेपालको समान ६ अंक छ । नेपाल रन रेटमा दोसो स्थानमा छ ।यूएई ४ अंकसहित क्यानडा र नेपाललाई पछ्याइरहेको छ ।

दिल्लीले आईपीएल अक्सनमा सन्दीपमाथि २० लाख भारुको भाउ लगाएको थियो । यो आईपीएलको सबैभन्दा न्यूनतम पारिश्रमिक हो । तर त्यसैले सन्दीपको प्रदर्शनमा ठूलो प्रभाव पारेको नेपाली यू–१९ टोलीका प्रशिक्षक विनोद दासले बताए । ‘नेपाल र सन्दीपको हिसाबमा हेर्ने हो भने सही समयमा उनको छनोट आईपीएलमा भयो । उनले खुला दिमागले खेल्न पाए । आईपीएल छनोटले उनको मनोबल उच्च बनाएको छ,’ नेपालका पूर्वकप्तान दासले भने, ‘पहिला पनि उनी बंगलादेश प्रिमियर लिग र पाकिस्तान सुपर लिगको अक्सनमा पनि परेका थिए, तर त्यसमा छनोट नहुँदा अलिक मलिन देखिन्थे ।’

०१६ मा बंगलादेशमा आईसीसी यू–१९ मा दास नेपाली टोलीका सहायक प्रशिक्षक थिए । सन्दीपले नेपालबाट आफ्नो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नेक्रममा त्यही १४ विकेट लिएपछि धेरैको ध्यान तानिएको थियो । आयरल्यान्डसँग त उनले ह्याट्रिक विकेट नै लिएका थिए । यू–१९ विश्वकपमा यो केवल पाँच पटक सम्भव भएको छ ।

नामिबियामा सन्दीप बलिङमा आएपछिको पहिलो ओभरमै विकेट लिँदै आएका छन् । उनी नामिबिया र केन्यासँगको खेलमा ह्याट्रिक नजिक पुगेका थिए । ह्याट्रिक नै नलिए पनि उनको लेग स्पिन विपक्षीका लागि निकै भारी परिरहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आईसीसी० ले सोमबार हालेको भिडियोमा उनको गुगली बल खेल्न केन्याका ब्याट्सम्यानले भेउ नपाएको देखिन्छ ।

सन्दीपको यो आत्मविश्वासी प्रदर्शन आईपीएलमा छनोटकै कारण बढी भएको भन्न हिचकिचाउँदैनन् दास । ‘एसोसिएट राष्ट्रका खेलाडी आईपीएलमा परेकाले उनलाई सबैले नजर गरिरहेको हुन्छ, यसले विपक्षी टोलीलाई छुट्टै योजना बनाएर खेल्न दबाब दिन्छ,’ दासले भने, ‘यसभन्दा अघि नेपालबाट नियमित विकेट लिइरहँदा वसन्त रेग्मीसँग विपक्षी टिम निकै होसियार साथ खेल्थे । अहिले त्यो भूमिकामा सन्दीप आएका छन् ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बुटवलमा अनलाइन शेयर कारोवार लागू भएन
बुटवलमा अनलाइन शेयर कारोवार लागू भएन
मध्यपहाडी राजमार्गका अधिकांश स्थानमा हुन सकेन निर्माण
मध्यपहाडी राजमार्गका अधिकांश स्थानमा हुन सकेन निर्माण
एमाले झापाले भन्यो– बिर्तामोड घटना नियोजित
एमाले झापाले भन्यो– बिर्तामोड घटना नियोजित
‘रामनवमी पर्व’ मर्यादा पुरुषोत्तम श्रीरामको पूजा-आराधना गरी मनाइँदै
‘रामनवमी पर्व’ मर्यादा पुरुषोत्तम श्रीरामको पूजा-आराधना गरी मनाइँदै
सुत्केरीको मृत्युको विषयमा विवाद हुँदा चिकित्सकमाथि हातपात
सुत्केरीको मृत्युको विषयमा विवाद हुँदा चिकित्सकमाथि हातपात
पूर्वाधार निर्माण सुदूरपश्चिमको मुख्य प्राथमिकता
पूर्वाधार निर्माण सुदूरपश्चिमको मुख्य प्राथमिकता
बिजुलीबजारस्थित पुलमुनिको सडकको ठेक्का तोड्ने तयारी
बिजुलीबजारस्थित पुलमुनिको सडकको ठेक्का तोड्ने तयारी
दुर्घटनामा परेको विमानका क्याप्टेनले अस्पतालमा हात उठाउँदै भने, ‘ठिक छु’
दुर्घटनामा परेको विमानका क्याप्टेनले अस्पतालमा हात उठाउँदै भने, ‘ठिक छु’
रञ्जु दर्शनाले खानेपानी मन्त्री बिनालाई अख्तियारमा उजुरी : ‘चरित्र हत्या गर्न खोजेको’ मन्त्रीको स्पष्टोक्ति
रञ्जु दर्शनाले खानेपानी मन्त्री बिनालाई अख्तियारमा उजुरी : ‘चरित्र हत्या गर्न खोजेको’ मन्त्रीको स्पष्टोक्ति
पुस ३ गते बिहिबारको राशिफल यस्तो छ
पुस ३ गते बिहिबारको राशिफल यस्तो छ

तपाईंले छुटाउनुभयो कि?