सिटौला पक्षले चेतावनी दिएपछि कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित !

Abhiyanpost Abhiyanpost
|
सोमबार, बैशाख १७, २०७५
|
|
४६ पटक हेरिएको
Shares
सिटौला पक्षले चेतावनी दिएपछि कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित !

सारांश

  • काठमाडाै, १७ वैशाख ।
  • सोमबार बस्ने भनिएको नेपाली कांग्रेस केन्द्रीय समितिको निर्वाचित पदाधिकारी बैठक स्थगित भएको छ।
  • आफूहरूसँग छलफलै नगरी बैठक बोलाएको भन्दै बरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पक्षले बहिष्कार गर्ने चेतावनी दिएपछि बैठक स्थगित भएको हो।

काठमाडाै, १७ वैशाख । सोमबार बस्ने भनिएको नेपाली कांग्रेस केन्द्रीय समितिको निर्वाचित पदाधिकारी बैठक स्थगित भएको छ।

आफूहरूसँग छलफलै नगरी बैठक बोलाएको भन्दै बरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पक्षले बहिष्कार गर्ने चेतावनी दिएपछि बैठक स्थगित भएको हो।

महामन्त्री डा। शशांक कोइरालाको अनुरोधमा बैठक स्थगित गरी २१ गते गर्ने निर्णय गरिएको बताइएको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी मनोनयनका लागि सोमबार बिहान साढे ८ बजे बैठक बोलाएका थिए।

कांग्रेसको १३ औं महाधिवेशन भएको २६ महिनापछि सभापति शेरबहादुर देउवाले आज (सोमबार) पदाधिकारी मनोनयनका लागि बैठक बोलाएका थिए। पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा देउवाले पार्टी र पदाधिकारी मनोनयनका लागि नाम प्रस्ताव गर्ने तयारी गरेका थिए।

तर वरिष्ठ नेता पौडेलले पार्टी सभापति देउवा पदाधिकारी मनोनयनका विषयमा एकलौटी ढंगबाट अघि बढेको भन्दै पौडेलले बैठक बहिष्कार गर्ने चेतावनी दिएका थिए।

सभापति देवाले एक उपसभापति, महामन्त्री, सहमहामन्त्रीको नाम केन्द्रीय समिति बैठकमा प्रस्ताव गर्ने तयारी गरेका छन्। उपसभापतिमा बिमलेन्द्र निधि, महामन्त्रीमा पूर्ण बहादुर खड्का, सहमहामन्त्रीमा प्रकाशशरण महतको नाम प्रस्ताव गर्ने देउवाको तयारी छ।

निर्वाचित केन्द्रीय सदस्यहरू मध्येबाट सभापतिले निर्वाचित केन्द्रीय समितिको बैठकमा पदाधिकारीका नाम प्रस्ताव गर्ने व्यवस्था पार्टीको विधानमा छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपलमा प्रत्येक वर्ष २०–२५ हजार मानिसले सुर्तीजन्य पदार्थको कारण ज्यान गुमाउछन्
नेपलमा प्रत्येक वर्ष २०–२५ हजार मानिसले सुर्तीजन्य पदार्थको कारण ज्यान गुमाउछन्
पशुपतिमा ५ हजार सुरक्षाकर्मी परिचालन
पशुपतिमा ५ हजार सुरक्षाकर्मी परिचालन
ट्रम्पले उत्तर कोरियालाई धम्काउए , कोरियासंग नयाँ लडाई हुने संकेत ।धम्क्याउनुकोे कारण चीन !
ट्रम्पले उत्तर कोरियालाई धम्काउए , कोरियासंग नयाँ लडाई हुने संकेत ।धम्क्याउनुकोे कारण चीन !
सरकार आक्रामक भएपछि विप्लव नेतृत्वकाे नेकपाले गर्याे  यस्ताे !
सरकार आक्रामक भएपछि विप्लव नेतृत्वकाे नेकपाले गर्याे यस्ताे !
तिलौराकोट प्राचीन दरबार क्षेत्रमा सरसफाइ
तिलौराकोट प्राचीन दरबार क्षेत्रमा सरसफाइ
निवर्तमान सांसदले रातो पासपोर्ट दुरुपयोग गर्नसक्ने आशंका
निवर्तमान सांसदले रातो पासपोर्ट दुरुपयोग गर्नसक्ने आशंका
मेस्सी बने फिफा वर्ष खेलाडी
मेस्सी बने फिफा वर्ष खेलाडी
जिल्ला अदालत काभ्रेका नासु घूससहित रंगेहात पक्राउ
जिल्ला अदालत काभ्रेका नासु घूससहित रंगेहात पक्राउ
लार्चा बन्दरगाह निर्माण शुरु तातोपानी नाका खुल्ने सम्भावना
लार्चा बन्दरगाह निर्माण शुरु तातोपानी नाका खुल्ने सम्भावना
देश सृमद्ध होस्, जनता समृद्ध हुन्, फेरियास् यो जमाना !   विजय दशमी २०७५ को  हार्दिक मंगलयमय शुभकामना
देश सृमद्ध होस्, जनता समृद्ध हुन्, फेरियास् यो जमाना ! विजय दशमी २०७५ को हार्दिक मंगलयमय शुभकामना

तपाईंले छुटाउनुभयो कि?