नेकपाका नेताद्वारा पार्टीको कुनै पनि जिम्मेवारीमा नबस्ने घोषणा

Abhiyanpost Abhiyanpost
|
मंगलबार, आषाढ १२, २०७५
|
२
|
५३ पटक हेरिएको
Shares
नेकपाका नेताद्वारा पार्टीको कुनै पनि जिम्मेवारीमा नबस्ने घोषणा

सारांश

  • काठमाडाै, १२ असार ।
  •   सत्तारुढ नेकपाका नेता हितमान शाक्यले पार्टीको कुनै पनि जिम्मेवारीमा नबस्ने घोषणा गरेका छन् ।
  • उनले पार्टी अध्यक्षको फोनसमेत उठाउन छाडेको नेताहरु बताउँछन् ।

काठमाडाै, १२ असार ।  सत्तारुढ नेकपाका नेता हितमान शाक्यले पार्टीको कुनै पनि जिम्मेवारीमा नबस्ने घोषणा गरेका छन् । उनले पार्टी अध्यक्षको फोनसमेत उठाउन छाडेको नेताहरु बताउँछन् ।

एकीकृत पार्टीको स्थायी कमिटीमा नपरेपछि पार्टी एकता प्रक्रियामा असन्तुष्टि जनाउँदै उनले बैठकहरुमा उपस्थित हुन छाडेको प्राप्त समाचारमा जनाइएको छ l

तत्कालीन एमाले र माओवादीबीच जेठ ३ गते एकता भए पनि प्रदेशस्तरमा र जनवर्गीय संगठनस्तरमा भने एकता भइसकेको छैन । अहिले एकताको लागि कार्यदलस्तरमा छलफल जारी छ । यही क्रममा सोमबार अनेरास्ववियु र अखिल क्रान्तिकारीको एकता कार्यदलको पहिलो बैठक बसेको थियो । तर, बैठकमा कार्यदल सदस्य एवम् तत्कालीन माओवादी विद्यार्थी संगठनको फ्रयाक्सन इन्चार्ज हितमान शाक्य नै उपस्थित भएनन् ।

बैठकमा कार्यदल सदस्यहरु तत्कालीन एमाले विद्यार्थी फ्रयाक्सन इन्चार्ज रविन्द्र अधिकारी, अनेरास्ववियु अध्यक्ष नविना लामा र अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ मात्र उपस्थित थिए । त्यसपछि हितमानको सट्टा अर्को नेतालाई कार्यदलमा पठाइदिन नेकपालाई पत्र लेख्ने निर्णय गर्दै बैठक स्थगित गरिएको थियो ।

अखिल क्रान्तिकारीका अध्यक्ष तामाङले भने, ‘हितमान दाइ बैठकमा उपस्थित हुन असमर्थ रहेको जानकारीमा आएकाले उहाँको स्थानमा अर्को कुनै कमेरडलाई कार्यदलमा पठाइदिन पार्टी केन्द्रलाई अनुरोध गर्ने निर्णय गरेका छौं ।’

यसअघि हितमानलाई तीन नम्बर प्रदेशको पार्टी एकता कार्यदलमा पनि राखिएको थियो । तर, उनी बस्न नमानेपछि हाल अग्नि सापकोटालाई राखिएको छ ।

स्रोतका अनुसार हितमान नेकपाको स्थायी समितिमा नपारिएको भन्दै नेतृत्वसँग असन्तुष्ट छन् । आफू सँगैका नेताहरु सबै स्थायी समितिमा परे पनि आफूलाई नराखिएको उनको गुनासो छ । नेतृत्वसँग रुष्ट भएका उनले पार्टीको कुनै पनि जिम्मेवारीमा नबस्ने बताउने गरेको उनी निकट नेताहरु बताउँछन्।

एकता प्रक्रियामा नेताहरुको व्यवस्थापन गर्न नसक्दा तत्कालीन माओवादीमा धेरै नेताहरु असन्तुष्ट छन् । प्रदेश र तल्ला कमिटीहरुमा एकता टुंगो लाग्दासम्म असन्तुष्टहरुको संख्या झन् बढ्ने अनुमान गरिएको छ ।

को हुन् हितमान ?

बाग्लुङ पुर्ख्यौली घर भएका हितमान अखिल क्रान्तिकारीको पूर्वअध्यक्ष हुन् । शान्ति प्रक्रियापछि नेवाः राज्य (काठमाडौं उपत्यका)को जिम्मेवारी सम्हालेका शाक्य पहिलो संविधानसभा निर्वाचनबाट सभासदसमेत बनेका थिए ।

पार्टी बिभाजनपछि उनी मोहन वैद्य नेतृत्वको माओवादीमा गएका थिए । तर, पछि रामबहादुर थापा ‘बादल’ नेतृत्वको समूहसँगै पुनः प्रचण्ड नेतृत्वको माओवादीमा फर्किएका थिए ।

प्रतिनिधिसभा निर्वाचनमा एमाले र माओवादी मिलेर चुनाव लड्दा पनि काठमाडौं क्षेत्रनम्बर १० बाट उनी पराजित भएका थिए ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Roshan Tiwari

    घुर्की लाएर पद पड्काउन तम्सनेहरु होसियार

    Comment Author

    Bam Bahadur Chalise

    यस्ता अबसरबादी नयाँ शक्ती अथवा काँग्रेसमा गए हुन्छ

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विवेकशील साझाले बझाङ र बैतडीमा उम्मेदवारी घोषणा गर्‍यो
विवेकशील साझाले बझाङ र बैतडीमा उम्मेदवारी घोषणा गर्‍यो
कुनै पनि प्रदेशमा महिला मुख्यमन्त्री बन्ने सम्भावना छैन : पाण्डे
कुनै पनि प्रदेशमा महिला मुख्यमन्त्री बन्ने सम्भावना छैन : पाण्डे
जितियाको रौनक: मधेसभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै
जितियाको रौनक: मधेसभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै
अनिच्छित गर्भ, न फाल्न सक्छन् न पाल्न
अनिच्छित गर्भ, न फाल्न सक्छन् न पाल्न
च्याम्पियन्स ट्रफि क्रिकेट स्फाइनलमा भारत पाकिस्तान, बंगलादेश ९ विकेटले पराजित
च्याम्पियन्स ट्रफि क्रिकेट स्फाइनलमा भारत पाकिस्तान, बंगलादेश ९ विकेटले पराजित
अर्थतन्त्रको आकार ५७ खर्ब ४ अर्ब पुग्ने अनुमान
अर्थतन्त्रको आकार ५७ खर्ब ४ अर्ब पुग्ने अनुमान
‘क्यानोनिङ’को सफल परीक्षण
‘क्यानोनिङ’को सफल परीक्षण
विदेशमन्त्री सुष्माको जवाफ : नेपाली ग्यास बुलेटलाई भारतमा अनुमति नदिइने
विदेशमन्त्री सुष्माको जवाफ : नेपाली ग्यास बुलेटलाई भारतमा अनुमति नदिइने
के तपाईं अत्याधिक टाउको दुखेर हैरान हुनुभाको छ ? अब छुट्कारा पाउनुहोस्…
के तपाईं अत्याधिक टाउको दुखेर हैरान हुनुभाको छ ? अब छुट्कारा पाउनुहोस्…
सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा बाम गठबन्धनका तामाङ ले  पशुपति शमशेरलाई हराए !
सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा बाम गठबन्धनका तामाङ ले पशुपति शमशेरलाई हराए !

तपाईंले छुटाउनुभयो कि?