‘दशैं–तिहारको बहार ताम्राकारमा मोबाइल किन्दा उपहार नै उपहार’

Abhiyanpost Abhiyanpost
|
मंगलबार, भाद्र २०, २०७४
|
|
४८ पटक हेरिएको
Shares
‘दशैं–तिहारको बहार ताम्राकारमा मोबाइल किन्दा उपहार नै उपहार’

सारांश

  • काठमाडौं ।
  • मोबाइल बजारको पर्यायका रुपमा रहेको काठमाडौंको न्यूरोडस्थित ताम्राकार मोबाइल कम्प्लेक्सले दशैं तिहारको बहार ताम्राकारमा मोबाइल किन्दा उपहार नै उपहार योजना ल्याएको छ ।
  • भदौ २२ गतेदेखि गरिन लागेको यो मोबाइल मेलाको मुख्य प्रायोजनमा मोटोरोला र लेनेभो मोबाइलले साथ दिएका छन् ।

काठमाडौं । मोबाइल बजारको पर्यायका रुपमा रहेको काठमाडौंको न्यूरोडस्थित ताम्राकार मोबाइल कम्प्लेक्सले दशैं तिहारको बहार ताम्राकारमा मोबाइल किन्दा उपहार नै उपहार योजना ल्याएको छ । भदौ २२ गतेदेखि गरिन लागेको यो मोबाइल मेलाको मुख्य प्रायोजनमा मोटोरोला र लेनेभो मोबाइलले साथ दिएका छन् । यो महोत्सवमा सबै मोबाइल कम्पनीको साथ पाएको जानकारी दिँदै ताम्राकार मोबाइल ब्यापार संघका अध्यक्ष जगत साउदले ताम्राकार मोबाइल बजारले मोबाइलको मोडल हेरेर ५ देखि ६० प्रतिशतसम्म छुटको व्यवस्था गरेको बताए ।

राजधानीमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा नेपाल मोबाइल इम्पोर्टर एशोसिएशनका अध्यक्ष दिपक मलहोत्राले ताम्राकार मोबाइल बजारमा हरेक बर्ष दशैं र तिहारमा गर्ने मोबाइल महोत्सब सफल रहने बिश्वास ब्यक्त गरे । यसैगरि मुख्य प्रायोजक मोटोरोला र लेनेभोका निर्यातक कम्पनी लाइफ कमका प्रबन्ध निर्देशक तथा मोबाइल इम्पोर्टर एशोसिएशनका महासचिब अमित अग्रवालले ताम्राकारमा हुने मोबाइल मेलामा लेनेभो र मोटोरोलालाई मुख्य पार्टनरको रुपमा अनुबन्ध गरेकोमा आयोजकलाई धन्यबाद ब्यक्त गरे ।

सामसुङ एस फोर र एस फाइभमा ६० प्रतिशत, डिटिसी टचमा ६० प्रतिशत, हुवावे अनर होलीमा ४० प्रतिशत छुट दिइएको छ । यसैगरी लेनेभोका मोबाइलको खरिदमा मोडल हेरी ३० देखि ५० प्रति प्रतिशत सम्म छुटको ब्यवस्था गरिएको छ ।

ताम्राकार मोबाइल बजारमा न्यूनतम ९ सयदेखि १ लाख ३० हजार रुपैयाँसम्मका विभिन्न ब्राण्डका मोबाइल सेट उपलब्ध छन् । मोबाइल बजारमा दशैंका बेला दिइने आन्तरिक अफरसँगै कम्पनीहरुले ल्याएका अफर तथा उपहार पनि पाइने छन् । नेपालीहरुको महान चाड बडादशैं तथा तिहारको अवसर पारी विभिन्न ब्राण्डका मोबाइल फोनको खरिदमा मोटरसाइकल, टिभी, स्मार्ट फोन बितरण गरिनेछ । यसैगरी दैनिक २ वटा मोबाइल, १० वटा ब्लुटुथ तथा पावर बैंक लक्की ड्र मार्फत वितरण गरिने व्यवस्था गरिएको छ भने साप्ताहिक रुपमा एउटा सामसुङको ३२ इन्चको टिभी लक्की ड्र मार्फतनै बितरण गरिने गरिने छ ।

मोबाइलका पारखीहरुको मनमा बसेको नेपालको एक मात्र मोबाइल बजार ताम्राकार मोबाइल कम्प्लेक्समा नेपालमा उपलब्ध सबै मोबाइल ब्राण्डको कारोबार हुने गरेको छ ।

मोबाइल मेला अबधीभर ताम्राकार मोबाइल बजारमा सामसुङ, हुवावे, जियोनी, एचटिसी, डिटिसी, ओबिआइ, लाभा, सोनी, आइफोन, जेडटिइ, ओप्पो, कुलप्याड, वानप्लस, एमआइ, नोकिया, कलर्स लगायतसबै ब्राण्डका मोबाइल फोनको कारोबार हुने छ ।

बम्पर उपहार स्वरुप प्रदान गरिने एक वटा मोटरसाइकल र एक वटा स्कुटरको लक्की ड्र छठ पर्व सकिने बित्तिकै लक्की ड्र मार्फत छनोट गरि वितरण गरिने छ भने एउटा मोटरसाइकल दशैं अगाडि नै लक्की ड्र मार्फत बिजेतालाई बितरण गरिनेछ ।

मंगलबार सम्पन्न पत्रकार सम्मेलनमा ताम्रकार कम्प्लेक्सका संचालक प्रदिप रत्न ताम्राकार, पाको युथ क्लबका अध्यक्ष प्रबिन मान श्रेष्ठ, पूर्व अध्यक्ष अमृत मानन्धर, ताम्राकार मोबाइल ब्यापार संघका सचिब गुरुदत्त शर्मा र कोषाध्यक्ष अनिल ढकालको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लकडाउन थप्ने नथप्ने निर्णय भोली हुने
लकडाउन थप्ने नथप्ने निर्णय भोली हुने
बुद्ध नेपालमा जन्मेका थिए भन्दैमा पुग्छ ?
बुद्ध नेपालमा जन्मेका थिए भन्दैमा पुग्छ ?
स्थानीय तहको दोस्रो चरणको निर्वाचनलाई ध्यानमा राखेरभारतसँग जोडिएको सीमानाका ३ दिन बन्द हुने,,,
स्थानीय तहको दोस्रो चरणको निर्वाचनलाई ध्यानमा राखेरभारतसँग जोडिएको सीमानाका ३ दिन बन्द हुने,,,
१५ वर्ष पुरानो एम्बुलेन्समै निर्भर जोमसोम अस्पताल, गम्भीर बिरामीको उद्धारमा सास्ती
१५ वर्ष पुरानो एम्बुलेन्समै निर्भर जोमसोम अस्पताल, गम्भीर बिरामीको उद्धारमा सास्ती
बेनी अस्पतालको फोहर व्यवस्थापनमा सघाउँदै जर्मनी इन्जिनियर
बेनी अस्पतालको फोहर व्यवस्थापनमा सघाउँदै जर्मनी इन्जिनियर
बालकृष्ण ढुंगेललाई स्वागत गर्दै बबाबुराम भट्टराइले सरकार संग राखे यस्तो माग !
बालकृष्ण ढुंगेललाई स्वागत गर्दै बबाबुराम भट्टराइले सरकार संग राखे यस्तो माग !
हुम्लामा हिमपात, एसइई परीक्षार्थी समस्यामा
हुम्लामा हिमपात, एसइई परीक्षार्थी समस्यामा
ट्रम्प विरुद्ध ४ महिला सांसदले गरे यस्तो टिप्पणी
ट्रम्प विरुद्ध ४ महिला सांसदले गरे यस्तो टिप्पणी
सुनसरी गढी गाउँपालिका-६ को अध्यक्षमा कांग्रेसका साहु विजयी
सुनसरी गढी गाउँपालिका-६ को अध्यक्षमा कांग्रेसका साहु विजयी
सुनको मुल्य ८ सय ले बढ्यो, तोलामा ९५ हजारमा कारोवार
सुनको मुल्य ८ सय ले बढ्यो, तोलामा ९५ हजारमा कारोवार

तपाईंले छुटाउनुभयो कि?