१५ वर्ष पुरानो एम्बुलेन्समै निर्भर जोमसोम अस्पताल, गम्भीर बिरामीको उद्धारमा सास्ती

Asmita-Newsdesk Asmita-Newsdesk
|
आइतबार, श्रावण ३१, २०८३
|
|
१८ पटक हेरिएको
Shares
१५ वर्ष पुरानो एम्बुलेन्समै निर्भर जोमसोम अस्पताल, गम्भीर बिरामीको उद्धारमा सास्ती

सारांश

  • मुस्ताङको एकमात्र २५ शय्याको प्रदेश अस्पताल जोमसोममा १५ वर्ष पुरानो जीर्ण एम्बुलेन्सका कारण गम्भीर बिरामीको आपत्कालीन उद्धार ठप्प बनेको छ।
  • विकट भूगोलमा सेवा दिनुपर्ने साधन नै स्वयं बिरामी परेपछि जटिल प्रकृतिका बिरामीलाई थप उपचारका लागि पोखरा वा अन्य सुगम क्षेत्र लैजान समस्या उत्पन्न भएको छ।
  • अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा समीक्षा कँडेलका अनुसार पटकपटक बिग्रिने यो साधनका कारण अहिले अस्पताल परिसरभित्रै बिरामी ओसारपसार गर्नसमेत धौधौ परेको छ।

मुस्ताङको एकमात्र २५ शय्याको प्रदेश अस्पताल जोमसोममा १५ वर्ष पुरानो जीर्ण एम्बुलेन्सका कारण गम्भीर बिरामीको आपत्कालीन उद्धार ठप्प बनेको छ। विकट भूगोलमा सेवा दिनुपर्ने साधन नै स्वयं बिरामी परेपछि जटिल प्रकृतिका बिरामीलाई थप उपचारका लागि पोखरा वा अन्य सुगम क्षेत्र लैजान समस्या उत्पन्न भएको छ।

अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा समीक्षा कँडेलका अनुसार पटकपटक बिग्रिने यो साधनका कारण अहिले अस्पताल परिसरभित्रै बिरामी ओसारपसार गर्नसमेत धौधौ परेको छ। प्राकृतिक विपद् तथा दुर्घटनाका घाइतेलाई समयमै रिफर गर्न नसक्दा बिरामीको ज्यान नै जोखिममा पर्ने अवस्था सिर्जना भएको उनको भनाइ छ।

नयाँ वाहनका लागि प्रदेश स्वास्थ्य मन्त्रालयको आपूर्ति शाखासँग दुई वर्षदेखि निरन्तर माग गरिए पनि अहिलेसम्म कुनै सुनुवाइ हुन सकेको छैन। सरकारी बेवास्ताका कारण दुर्गमका बासिन्दाले आधारभूत स्वास्थ्य र आपत्कालीन यातायात सुविधा पाउनबाट वञ्चित हुनुपरेको छ।

अस्पतालको मात्र नभई नजिकैको घरपझोङ गाउँपालिकाको एम्बुलेन्स पनि बिग्रिएर थन्किएकाले विकल्पको बाटो पनि बन्द भएको छ। गाउँपालिकाका स्वास्थ्य संयोजक कर्णबहादुर थकालीले गाउँको एउटा मात्र साधन सञ्चालनमा नरहेको स्वीकार गर्दा स्थानीयको सास्ती थप चुलिएको छ।

जिल्लाका पाँच स्थानीय तहमध्ये चार वटामा रहेका आठ एम्बुलेन्समध्ये आधा थन्किएका छन् भने वारागुङ मुक्तिक्षेत्रमा एउटा पनि छैन। लोमान्थाङ र लोघेकर दामोदरकुण्डमा मात्र सेवा सञ्चालनमा रहेकाले समग्र मुस्ताङको आपत्कालीन स्वास्थ्य सेवा निकै दयनीय बनेको देखिन्छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?