धर्म निरपेक्षता जनआन्दोलनको माग होइन, जनमत संग्रह गर्नुपर्छ : मोहन बस्नेत

Abhiyanpost Abhiyanpost
|
सोमबार, पौष ९, २०७५
|
|
४६ पटक हेरिएको
Shares
धर्म निरपेक्षता जनआन्दोलनको माग होइन, जनमत संग्रह गर्नुपर्छ : मोहन बस्नेत

सारांश

  • पुष ९, काठमाण्डौ ।
  • नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले महासमिति बैठकले उपलब्धि हासिल गरेको जिकिर गरेका छन् ।
  • नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै बस्नेतले संविधानअनुसारको पार्टीको विधान संशोधन गर्नु महत्वपूर्ण उपलब्धि भएको बताएका हुन् ।

पुष ९, काठमाण्डौ । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले महासमिति बैठकले उपलब्धि हासिल गरेको जिकिर गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै बस्नेतले संविधानअनुसारको पार्टीको विधान संशोधन गर्नु महत्वपूर्ण उपलब्धि भएको बताएका हुन् ।

संविधानअनुसार पार्टीको संगठन बनाउँदा केन्द्रिय समितिको आकार विगतमाभन्दा ठूलो भएकाले यसलाई अनौठो मान्न नहुने बताए । “अहिले पनि अरु दलको तुलनामा कांग्रेको कार्यसमिति सानो छ । यो कसैको फाइदाका लागि होइन, आवश्यकताअनुसार भएको हो ।” बस्नेतले भने ।

समावेशी सिद्धान्तको संविधानलाई टेकेर पार्टीको विधान बनाइएको उनले बताए । कांग्रेसभित्र हिन्दुराष्ट्रको विषयमा बहस सुरु भएको स्वीकार गर्दै बस्नेतले यसलाई सामान्य रुपमा लिनुपर्ने बताए ।

ज्नताको चाहनाविपरित नै संविधानमा धर्म निरपेक्षता राखिएको दावी गर्दै बस्नेतले जनमतको चाहना र मागलाई स्वीकार गर्नुपर्ने बताए । “धर्म निरपेक्षता जनआन्दोलनको माग होइन । तर कांग्रेसभित्र छलफल हुँदैमा कम्युनिष्टहरु आत्तिनुपर्दैन ।” उनले भने ।

बस्नेतले कांग्रेसभित्र हिन्दुराष्ट्रको माग उठे पनि पार्टीले यसको पक्षमा निर्णय नगरेको स्मरण गराए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?