पत्रकार: कोही अमेरिका उडे, यी हुन उड्ने तयारी रहेकाहरू
सारांश
- काठमाडौं, २१ असार ।
- तेह्र हजार बढी पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघलाई नेपालस्थित विदेशी राजदूतावासहरुले औपचारिक मान्यता दिने र पत्याउने अवस्था समाप्त भएको चर्चा पत्रकार महासंघभित्रै हुन थालेको छ ।
- केही समय अघि काठमाडौंस्थित बेलायती राजदूतावासले एकजना पदाधिकारीलाई भिसा दिन अस्वीकार गरेको तथा पछिल्लो पटक अमेरिकी राजदूतावासको भिसा शाखाले महासंघका अध्यक्ष गोविन्द आचार्यलाई गरेको व्यवहारले नेपाल पत्रकार महासंघमा हलचल मच्चिएको एकजना केन्द्रीय सदस्यले बताए ।
काठमाडौं, २१ असार । तेह्र हजार बढी पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघलाई नेपालस्थित विदेशी राजदूतावासहरुले औपचारिक मान्यता दिने र पत्याउने अवस्था समाप्त भएको चर्चा पत्रकार महासंघभित्रै हुन थालेको छ ।
केही समय अघि काठमाडौंस्थित बेलायती राजदूतावासले एकजना पदाधिकारीलाई भिसा दिन अस्वीकार गरेको तथा पछिल्लो पटक अमेरिकी राजदूतावासको भिसा शाखाले महासंघका अध्यक्ष गोविन्द आचार्यलाई गरेको व्यवहारले नेपाल पत्रकार महासंघमा हलचल मच्चिएको एकजना केन्द्रीय सदस्यले बताए ।
नेपालबाट अमेरिकामा गई बसोबास गर्न थालेका पूर्व पत्रकारहरुको संस्था नेपाल–अमेरिका जर्नालिष्ट एशोसिएसन (नेजा)को २०७५ साउन महिनामा हुने छैठौं महाधिवेशनमा प्रमुख अतिथिकारुपमा अमेरिका जान लागेका आचार्यलाई भिसा शाखाले नेपाल पत्रकार महासंघको अध्यक्षको हैसियत नदिएको गुनासो उनी आफैले गर्न थालेको चर्चा पत्रकारबीच हुने गरेको छ ।
यतिमात्र होइन, आचार्यलाई भिसा दिने बेलामा नेपाल पत्रकार महासंघमा रहेको र महासंघले भिसाका लागि लेखेको पत्र समेत भिसा शाखाका काउन्सिलरले नहेरेको गुनासो अध्यक्ष आचार्यले निकटवर्तीहरुसंग गर्दै हिंडेको चर्चा छ ।
आचार्यकै भनाईमा ‘उनलाई पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदाका प्रेस सल्लाहकार’ भएको नाताले मात्र बल्ल भिसा हात परेको छ । यसले भविष्यमा समेत नेपाल पत्रकार महासंघलाई अमेरिकी राजदूतावासले मान्यता दिने वातावरण समाप्त भएको हो कि भन्ने आशंका पत्रकारहरेउले गर्न थालेका छन् ।
आचार्य चीन निकटस्थ देखिंदा अरु विदेशी राजदूतावास र दाताहरु बिच्किन थालेको चर्चा पनि हुन थालेको छ । यही कारण आचार्यले नेतृत्व लिएपछि कुनै विदेशी दाताले महासंघको कुनै परियोजनामा चासो नै नदिएका बताइन्छ।
अमेरिकी राजदूतावासले समेत अमेरिकी सहयोग नियोग युएसएआइडीको परियोजनामा सहकार्य गरिरहेको महासंघलाई नपत्याएको घटनाले महासंघको नेतृत्वको कमजोरी उजागर गरेको चर्चा पत्रकारहरुबीच हुने गरेको छ । काठमाडौंस्थित अमेरिकी राजदूतावासको भिसा शाखाका कर्मचारीहरुले पनि नेपाल नबुझेको अर्थ लगाउन थालिएको छ ।
अमेरिका जाने तयारीमा को को ?
यसैबीच, महासंघका अध्यक्ष आचार्यले बल्लतल्ल अमेरिकी भिसा हात पारेसंगै सचिव प्रकाश थापा पनि अमेरिका उड्ने तरखरमा रहेको चर्चा छ । उनलाई डिभी परेको चर्चा महासंघमा व्यापक छ । डिभी प्राप्त गरी दोस्रो पत्र आएर कार्यवाहक महासचिव बनेको बेलामा उनी अमेरिकी राजदूतावासमा अन्तर्वार्ताका लागि गएको एकजना पत्रकारका भाईले देखेपछि तथ्य बाहिर आएको हो । उनीसंगै ती पत्रकारका भाई डिभीका लागि अन्तर्वार्ताका दिन राजदूतावास पुगेका थिए । संगसंगै अन्तर्वार्ता भएकोले तथ्य बाहिर आएको हो ।
२०७५ भदौ महिनासम्ममा उनीहरु अमेरिका पुगिसक्नु पर्ने बाध्यता छ । यस बारेमा साँघु प्रतिनिधिले सचिव थापालाई डिभी परेको बारेमा तथ्य बुझ्न सम्पर्क राख्दा डिभी परेको स्वीकार गर्दै अमेरिका जाने हैन भने । ‘‘दुई पटक डिभी परिसक्यो तर, म अमेरिका जाने होइन’’ महासंघका सचिव थापाले बताए ।
यसैबीच, अमेरिका जाने तयारीमा धेरै पत्रकार रहेको बताइएको छ । साँघु साप्ताहिकका अनुसार न्यूज ट्वान्टीफोरका संगम बानिया सपरिवार अमेरिका हान्निएका छन् भने इमेज च्यानलका राजन कुईकेल पनि अमेरिकाको ग्रीन कार्ड कुरेर बसिरहेका छन् । उनीसंगै इमेजकै मार्केटिङ प्रमुख रञ्जन अधिकारी अमेरिकामा सेटल हुन सपरिवार हिंडिसकेका छन् । उनले पनि ग्रीन कार्ड हात पारेको बताइएको छ । कुईकेल भने एमनेस्टीको अध्यक्षको कार्यकाल सकिनासाथ अमेरिका हानिने गोप्य योजनामा रहेको इमेज च्यानलका एक पत्रकारले बताए ।
आर्थिक पत्रकार समाज सेजनका उपाध्यक्ष प्रभात भट्टराई पनि अमेरिका भासिने तयारीमा रहेको चर्चा छ । यसैगरी नेफेजका सहजमान पनि अमेरिका जान खुट्टा उचालेर बसेको चर्चा पनि छ । तत्कालीन प्रम शेरबहादुर देउवाका प्रेस संयोजक गोविन्द परियारलाई पनि अमेरिकी ग्रीनकार्डधारी पत्रकार भनेर प्रेस यूनियनभित्रको एउटा पक्षले निरन्तर आलोचना र विरोध गर्दै आएको छ ।
प्रतिक्रिया