सवारी कारबाहीबाट लमजुङमा ५६ लाख बढी राजश्व संकलन

Abhiyanpost Abhiyanpost
|
बुधबार, श्रावण ११, २०७९
|
|
४६ पटक हेरिएको
Shares
सवारी कारबाहीबाट लमजुङमा ५६ लाख बढी  राजश्व संकलन

सारांश

  • लमजुङमा आर्थिक वर्ष ०७८/७९ मा सवारी कारबाहीबाट ५६ लाख १६ हजार रुपैया राजश्व संकलन भएको छ ।
  • जिल्लाका विभिन्न स्थानमा ट्राफिक नियमविपरीत चलेका सवारीसाधनको कारबाहीबाट उक्त राजश्व संकलन भएको हो ।
  • जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार एक वर्षको अवधिमा आठ हजार ७५० सवारीसाधन कारबाहीमा परेका छन् ।

लमजुङमा आर्थिक वर्ष ०७८/७९ मा सवारी कारबाहीबाट ५६ लाख १६ हजार रुपैया राजश्व संकलन भएको छ । जिल्लाका विभिन्न स्थानमा ट्राफिक नियमविपरीत चलेका सवारीसाधनको कारबाहीबाट उक्त राजश्व संकलन भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार एक वर्षको अवधिमा आठ हजार ७५० सवारीसाधन कारबाहीमा परेका छन् । जिल्लामा ०७८ साउनदेखि ०७९ असार मसान्तसम्ममा ट्राफिक नियम उल्लघंन गरी कारबाहीमा पर्ने सवारी साधनमा सबैभन्दा धेरै चार हजार १६४ मोटरसाइकल रहेका छन् । जसबाट २७ लाख ५१ हजार राजश्व संकलन भएको छ । सोबाहेक गत आर्थिक वर्षमा दुई हजार १२७ कार जिप कारबाहीमा परेका छन् । कारबाहीमा परेका कार जिपबाट १३ लाख ९ हजार राजश्व संकलन भएको छ ।

यसैगरी ट्राफिक प्रहरीका अनुसार गत वर्ष जिल्लामा एक हजार १४३ ट्रक र टिपर, ७०१ ट्याक्टर, ४९८ बस र ११७ अन्य सवारीसाधन कारबाहीमा परेका छन् । कारबाहीमा परेका ट्रक र टिपरबाट सात लाख २५ हजार ५०० , ट्याक्टरबाट चार लाख ४७ हजार, बसबाट तीन लाख दुई हजार र अन्यबाट ८१ हजार ५०० रुपैया राजश्व संकलन भएको छ ।

ट्राफिक प्रहरीका अनुसार अघिल्लो आर्थिक वर्ष ०७७/०७८ मा लमजुङमा पाँच हजार ४७६ सवारी कारबाहीबाट ३४ लाख ५५ हजार राजश्व संकलन भएको थियो । जिल्लामा ट्राफिक सचेतना तथा सवारी दुर्घटना न्युनिकरण र रोकथामका लागि ट्राफिक प्रहरीले विविध कार्यक्रम सञ्चालन गर्दै आएको ट्राफिक प्रहरी प्रमुख प्रहरी नायव निरीक्षक विष्णुबहादुर नेपालीले बताए ।

(studybizz.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालबालिकाको क्रिकेटप्रतिको उत्साह देख्दा चकित परे ज्ञानेन्द्र
बालबालिकाको क्रिकेटप्रतिको उत्साह देख्दा चकित परे ज्ञानेन्द्र
नियमित विद्युत् आपूर्तिपछि अर्थतन्त्रमा सकारात्मक प्रभाव
नियमित विद्युत् आपूर्तिपछि अर्थतन्त्रमा सकारात्मक प्रभाव
बालुवाटार बैठक: प्रदेश राजधानी, प्रमुख र राष्ट्रियसभा निर्वाचनको मिति तोक्ने सहमति
बालुवाटार बैठक: प्रदेश राजधानी, प्रमुख र राष्ट्रियसभा निर्वाचनको मिति तोक्ने सहमति
ट्याक्सी मिटरमा जान नमानेमा १०३ मा फोन गर्नुस्, ९८५१२९५१०० मा एसएमस
ट्याक्सी मिटरमा जान नमानेमा १०३ मा फोन गर्नुस्, ९८५१२९५१०० मा एसएमस
बगरखेती गर्ने किसानलाई पालिकाको अनुदान
बगरखेती गर्ने किसानलाई पालिकाको अनुदान
एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले कुवेतसँग खेल्ने
एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले कुवेतसँग खेल्ने
घुस काण्डमा परेका अख्तियारका पाठकलाई अदालतमा उभ्याइयो
घुस काण्डमा परेका अख्तियारका पाठकलाई अदालतमा उभ्याइयो
प्रत्यक्षदर्शी भन्छन्- ‘हेलिकप्टर टुक्रा-टुक्रा भएर जलिरहेको छ’
प्रत्यक्षदर्शी भन्छन्- ‘हेलिकप्टर टुक्रा-टुक्रा भएर जलिरहेको छ’
चिनियाँ राष्ट्रपति असोज २८ मा नेपाल आउने !
चिनियाँ राष्ट्रपति असोज २८ मा नेपाल आउने !
नेपालगञ्जमा ज्यूँदै शिशुलाई मृत घोषित गरेपछि
नेपालगञ्जमा ज्यूँदै शिशुलाई मृत घोषित गरेपछि

तपाईंले छुटाउनुभयो कि?