बसको ठक्करबाट एक महिलाको मृत्यु
सारांश
- काठमाडौं ।
- तनहुँमा बसले ठक्कर दिँदा घाइते भएकी एक महिलाको मृत्यु भएको छ ।
- डुम्रे–बेसीशहर सडकखण्डअन्तर्गत तनहुँको बडहरेमा बसको ठक्करबाट घाइते स्थानीय चिनीमाया कँडेलको मृत्यु भएको हो ।
काठमाडौं । तनहुँमा बसले ठक्कर दिँदा घाइते भएकी एक महिलाको मृत्यु भएको छ । डुम्रे–बेसीशहर सडकखण्डअन्तर्गत तनहुँको बडहरेमा बसको ठक्करबाट घाइते स्थानीय चिनीमाया कँडेलको मृत्यु भएको हो ।
भानु नगरपालिका–९ की ६६ वर्षीया कँडेल बसले ठक्कर दिंदा घाइते भएकी थिइन । डुम्रेबाट लमजुङ बेशीशहर जाँदै गरेको ग१ख ४७९० नम्बरको बसको ठक्कर दिएको थियो । उनी मंगलबार घाइते भएपछि उपचारका लागि काठमाडौं ल्याइएको थियो ।
उपचारका क्रममा बुधबार साँझ काठमाडौँस्थित न्यूरो अस्पतालमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । सडकको छेउमा हिँडिरहेकी कँडेललाई ठक्कर दिँदा टाउकोमा गम्भीर चोट लागेको थियो ।
प्रतिक्रिया