काम नगर्ने कम्पनीलाई कारबाही गर्न निर्देशन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख २२, २०८०
|
|
३८ पटक हेरिएको
Shares
काम नगर्ने कम्पनीलाई कारबाही गर्न निर्देशन

सारांश

  • काठमाडाैं ।
  • भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले हुलाकी राजमार्गअन्तर्गत बेतौना–विराटनगर सडक खण्डको काम नगर्ने निर्माण कम्पनीलाई कारबाही अघि बढाउन निर्देशन दिएका छन् ।
  • मन्त्री ज्वालाले सडक विभाग र इटहरी कार्यालयका आयोजना प्रमुखलाई टेलिफोन गरी तत्काल निर्माण कम्पनीलाई कारबाही गर्न निर्देशन दिएका हुन् ।

काठमाडाैं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले हुलाकी राजमार्गअन्तर्गत बेतौना–विराटनगर सडक खण्डको काम नगर्ने निर्माण कम्पनीलाई कारबाही अघि बढाउन निर्देशन दिएका छन् । मन्त्री ज्वालाले सडक विभाग र इटहरी कार्यालयका आयोजना प्रमुखलाई टेलिफोन गरी तत्काल निर्माण कम्पनीलाई कारबाही गर्न निर्देशन दिएका हुन् ।

उनले समस्या तत्काल समाधान गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । बेतौनादेखि विराटनगरसम्मको झन्डै १८ किलोमिटर सडक निर्माणका लागि सञ्चालित दुई ठेक्काको निर्माण एक महिनादेखि ठप्प छ । निर्माण रोकिएपछि इटहरी कार्यालयले निर्माण व्यवसायीलाई लिखित पत्राचार गरिसकेको छ । निर्माण सम्पन्न गर्ने गरी तत्काल काम अघि नबढाए निर्माण व्यवसायीलाई सार्वजनिक खरिद ऐन, नियमावली तथा ठेक्का सम्झौताका सर्तबमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाउने आयोजनाले जनाएको छ ।

हुलाकी राजमार्गको सो खण्डको निर्माण रोकिएको विषयमा विगतदेखि नै जनप्रतिनिधिले चासो देखाउँदै आएका छन् । अहिले निर्माण कम्पनीले कामा ठप्प गरेपछि सङ्घीय सांसद, प्रदेशसभा सदस्य र पाँच स्थानीय तहका जनप्रतिनिधिले आज पत्रकार सम्मेलन गरेका थिए । हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गतको इटहरी योजनाको कार्यक्षेत्रमा झापा, मोरङ, सुनसरी र सप्तरी गरी चार जिल्ला छन् । जम्मा ४४ किमी खण्डमा पाँच ठेक्का लगाइएकोमध्ये हालसम्म २० किमी सडकमा कालोपत्र भइसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमाले सचिवालय बैठक : सबै प्रदेशको अधिवेशन मिति तोकियो
एमाले सचिवालय बैठक : सबै प्रदेशको अधिवेशन मिति तोकियो
धर्ती नफाटुन्जेल सहिराख : ती दाइ भनाउँदा ब्यक्ति निद्रामै मेरो स्तन अँठयाइरहेका रहेछन
बागलुङमा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र स्थापना !
बागलुङमा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र स्थापना !
Janhvi Kapoor and Ishaan Khattar starrer ‘Dhadak’ song ‘Pehli Baar’ is all about love, watch
Janhvi Kapoor and Ishaan Khattar starrer ‘Dhadak’ song ‘Pehli Baar’ is all about love, watch
मोडेल भन्दा खुशी लाग्छ सुशिल काफ्ले लाइ !
मोडेल भन्दा खुशी लाग्छ सुशिल काफ्ले लाइ !
सूचना प्रविधिको माध्यमबाट समृद्धितर्फको यात्रामा अघि बढ्न सकिन्छ : मन्त्री शर्मा
सूचना प्रविधिको माध्यमबाट समृद्धितर्फको यात्रामा अघि बढ्न सकिन्छ : मन्त्री शर्मा
सरकार ‘फेसलेस गभर्नेन्स’ तर्फ उन्मुख छ : मन्त्री शर्मा
सरकार ‘फेसलेस गभर्नेन्स’ तर्फ उन्मुख छ : मन्त्री शर्मा
तीन दिनसम्म लगातार झरी पर्ने, सर्वसाधारणलाई सचेत हुन आग्रह
तीन दिनसम्म लगातार झरी पर्ने, सर्वसाधारणलाई सचेत हुन आग्रह
दिल्लीको एक होटलमा भिषण आगलागी,१७ जनाको मृत्य
दिल्लीको एक होटलमा भिषण आगलागी,१७ जनाको मृत्य
युरोपा लिगःआर्सनल र चेल्सी समूह विजेता हुदै नकआउट चरणमा प्रवेश
युरोपा लिगःआर्सनल र चेल्सी समूह विजेता हुदै नकआउट चरणमा प्रवेश