रोल्पामा दश हजार बढी नयाँ मतदाता थपिए

Abhiyanpost Abhiyanpost
|
बुधबार, कार्तिक १५, २०७४
|
|
५३ पटक हेरिएको
Shares
रोल्पामा दश हजार बढी नयाँ मतदाता थपिए

सारांश

  • मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेशसभामा रोल्पा जिल्लाबाट १० हजार ८९४ नयाँ मतदाताले मतदान गर्ने भएका छन् ।
  • स्थानीय तह निर्वाचनमा जिल्लामा एक लाख १७ हजार २६१ मतदाता रहेकामा मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा थप नयाँ मतदातासहित एक लाख २७ हजार ६२९ मतदाताले मतदान गर्न पाउने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
  • जिल्लामा पुरुष मतदाताको तुलनामा महिला मतदाता बढी देखिएका छन् ।

मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेशसभामा रोल्पा जिल्लाबाट १० हजार ८९४ नयाँ मतदाताले मतदान गर्ने भएका छन् ।

स्थानीय तह निर्वाचनमा जिल्लामा एक लाख १७ हजार २६१ मतदाता रहेकामा मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा थप नयाँ मतदातासहित एक लाख २७ हजार ६२९ मतदाताले मतदान गर्न पाउने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
जिल्लामा पुरुष मतदाताको तुलनामा महिला मतदाता बढी देखिएका छन् । स्थानीय तह निर्वाचनमा पुरुष मतदाता भन्दा तीन हजार ६८९ महिला मतदाता बढी थिए । प्रतिनिधिसभा र प्रदेशसभामा पुरुष भन्दा दुई हजार १८६ बढी महिला मतदाताले मतदान गर्ने भएका छन् । जिल्लामा ६४ हजार ९०७ महिला र ६२ हजार ७२१ पुरुष मतदाता छन् । तेस्रो लिंगी मतदाता भने हालसम्म एकजना पनि देखिएको छैन ।

नयाँ मतदाता थपिएसँगै जिल्लामा ६ वटा मतदान केन्द्रसमेत थप भएको छ । स्थानीय तह निर्वाचनमा १५४ मतदान केन्द्र रहेको रोल्पामा मंसिर १० गते हुने निर्वाचनका लागि १६० मतदान केन्द्र र ८० मतदानस्थल कायम गरिएको जिल्ला निर्वाचन अधिकारी लिलु गिरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आफ्नो मन्तव्य फिर्ता लिदैं जनतासमक्ष आत्मालोचना गर्न ओलीलाई वामदेवको सुझाव
आफ्नो मन्तव्य फिर्ता लिदैं जनतासमक्ष आत्मालोचना गर्न ओलीलाई वामदेवको सुझाव
सार्वजनिक यातायातको भाडादर घट्यो, कहाँ कति ?
सार्वजनिक यातायातको भाडादर घट्यो, कहाँ कति ?
लायन्स क्लब अफ नेपाल सेभ हिमालयको आयोजनामा रक्तदान
लायन्स क्लब अफ नेपाल सेभ हिमालयको आयोजनामा रक्तदान
स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण निर्वाचन सबैको दायित्व: राष्ट्रपति
स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण निर्वाचन सबैको दायित्व: राष्ट्रपति
३० वर्षपछि उत्तर र दक्षिण कोरियाली टोली आमने–सामने, तर स्टेडियम पुरै खाली
३० वर्षपछि उत्तर र दक्षिण कोरियाली टोली आमने–सामने, तर स्टेडियम पुरै खाली
अब रबि लामिछाने आफ्नै देश अमेरिका छिर !
अब रबि लामिछाने आफ्नै देश अमेरिका छिर !
वामपन्थी शक्ति एकताबद्ध हुनुपर्छ : अध्यक्ष नेपाल
वामपन्थी शक्ति एकताबद्ध हुनुपर्छ : अध्यक्ष नेपाल
जय नेपाल क्रिकेटकाे उपाधि लालसलाम टाेलीलाइ
जय नेपाल क्रिकेटकाे उपाधि लालसलाम टाेलीलाइ
एक वर्षअघि बलात्कारको सिकार भएकी समिताको रहत्यमय मृत्यु (भिडियोसहित)
एक वर्षअघि बलात्कारको सिकार भएकी समिताको रहत्यमय मृत्यु (भिडियोसहित)
१०५ बर्षका बृद्द बाट पहिलो मतदान गरि निर्वाचन सुचारु

तपाईंले छुटाउनुभयो कि?