३० वर्षपछि उत्तर र दक्षिण कोरियाली टोली आमने–सामने, तर स्टेडियम पुरै खाली

Abhiyanpost Abhiyanpost
|
बुधबार, आश्विन २९, २०७६
|
|
६० पटक हेरिएको
Shares
३० वर्षपछि उत्तर र दक्षिण कोरियाली टोली आमने–सामने, तर स्टेडियम पुरै खाली

सारांश

  • एजेन्सी ।
  • ३० वर्षपछि उत्तर र दक्षिण कोरियाको राष्ट्रिय फुटबल टोली आमने–सामने भएका छन्।
  • प्योङयाङमा भएको उक्त ऐतिहासिक खेल बिर्सन नसकिने थियो।

एजेन्सी । ३० वर्षपछि उत्तर र दक्षिण कोरियाको राष्ट्रिय फुटबल टोली आमने–सामने भएका छन्। प्योङयाङमा भएको उक्त ऐतिहासिक खेल बिर्सन नसकिने थियो। किनकी त्यहाँ न कुनै दर्शक थिए, न कुनै मिडियाले प्रत्यक्ष प्रसारण गरेका थिए। स्टेडियम पुरै खाली थियो । दक्षिण कोरियाको मिडियालाई प्रवेश रोकिएको थियो ।मंगलबार किम इल सुङ स्टेडियममा भएको उक्त ऐतिहासिक खेलमा मैदान खाली रहेको अवस्थामा दुवै कोरियाली खेलाडीहरुले खेले ।

मैदानमा केही फुटबल अधिकारी, खेलाडी, प्रशिक्षक र रेफ्रि बाहेक अन्य कोही पनि उपस्थित थिएनन्। फिफा अध्यक्ष गियानी इफानटिनो पनि ऐतिहासिक खेल हेर्न प्योङयाङ पुगेका थिए । तर, खाली स्टेडियम देखेर तीतो अनुभव सुनाए ।दक्षिण कोरियाली फुटबल संघले ५० हजारभन्दा बढी घरेलु दर्शक हुने ठानेको थियो । तर, त्यहाँ रित्तो स्टेडियम मात्र थियो । खेल प्रत्यक्ष प्रसारण गर्न नपाएपछि वाक्य लेखेर प्रत्यक्ष जानकारी गराउन खोज्दा पनि इन्टरनेट अवरुद्ध पारिएको थियो ।

यस्तो विश्वकप फुटबलको छनोट खेलमा दुई कोरियाले गोलरहित बराबरी खेले । उत्तर कोरियाको राजधानी प्योङयाङमा भएको एशिया प्यासिफिक छनोट खेलमा दुवै टोलीले अंक बाँडेका हुन् । झण्डै ३० वर्षपछि दुई कोरियाको राष्ट्रिय टिम आमनेसामने भएका थिए । ऐतिहासिक खेलमा कुनै टोलीले गोल गर्न सकेनन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई जापान सरकारले करिब रु ७० करोड बराबरको स्वास्थ्य उपकरण सहयोग गर्ने
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई जापान सरकारले करिब रु ७० करोड बराबरको स्वास्थ्य उपकरण सहयोग गर्ने
आज बुधबार, कस्तो छ तपाईंको राशिफल?
आज बुधबार, कस्तो छ तपाईंको राशिफल?
ऋण दिने लोभ देखाएर बलात्कर गर्ने बैंक म्यानेजर पक्राउ
पर्यटकीय गाजादहको उजाड क्षेत्रमा ओखरको वन बनाउने प्रयास
पर्यटकीय गाजादहको उजाड क्षेत्रमा ओखरको वन बनाउने प्रयास
विद्यालय कर्मचारीको तलबमान कायम गराउने सहमति
विद्यालय कर्मचारीको तलबमान कायम गराउने सहमति
परीक्षाको तयारी र सञ्चालनमा सहजीकरण गर्न मन्त्रालयको अपिल
नमूना रिफ्रेस सेन्टर निर्माण पूर्वी नवलपरासीमा
नमूना रिफ्रेस सेन्टर निर्माण पूर्वी नवलपरासीमा
बारामा एमालेले चार, कांग्रेसले दुई क्षेत्रको नाम टुंगायो, माओवादी छलफलमा
बारामा एमालेले चार, कांग्रेसले दुई क्षेत्रको नाम टुंगायो, माओवादी छलफलमा
डा. गोविन्द केसीको नेविसंघ महामन्त्रीलाई प्रश्न, नेपालमा अहिले सरकार छ र ?
डा. गोविन्द केसीको नेविसंघ महामन्त्रीलाई प्रश्न, नेपालमा अहिले सरकार छ र ?
तालमेलका आधारमा प्रचण्डद्वारा रुखलाइ भोट !!!
तालमेलका आधारमा प्रचण्डद्वारा रुखलाइ भोट !!!

तपाईंले छुटाउनुभयो कि?