सरकारमा सहभागि हुने बारे छलफल भएको छैन : यादव

Abhiyanpost Abhiyanpost
|
बुधबार, जेठ २, २०७५
|
|
५५ पटक हेरिएको
Shares
सरकारमा सहभागि हुने बारे छलफल भएको छैन : यादव

सारांश

  • वैशाख २, काठमाण्डौ ।
  • राष्ट्रिय जनता पार्टीका नेता राजकिशोर यादवले आफ्नो दल तत्काल सरकारमा जाने गरी ठोस कुराकानी नभएको बताएका छन् ।
  • नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा  कुरा गर्दै यादवले प्रधानमन्त्री केपी ओलीले आफूहरु सरकारमा सहभागि हुने विषयमा औपचारिक छलफल नै नगरेको बताए ।

वैशाख २, काठमाण्डौ । राष्ट्रिय जनता पार्टीका नेता राजकिशोर यादवले आफ्नो दल तत्काल सरकारमा जाने गरी ठोस कुराकानी नभएको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा  कुरा गर्दै यादवले प्रधानमन्त्री केपी ओलीले आफूहरु सरकारमा सहभागि हुने विषयमा औपचारिक छलफल नै नगरेको बताए ।

“सरकारको प्रधानमन्त्रीजीले हामीसँग छलफल गर्नुभएको छैन । हामीलाई कसरी साथमा लिएर जान खोज्नुभएको छ, त्यसमा भर पर्छ ।” उनले भने ।

आफूहरु जनताको जनादेशअनुसार चल्ने भएकाले संविधान संशोधन गर्ने स्थिती पैदा भयो भने मात्रै सरकारमा सहकार्य गर्न तयार रहेको बताए ।

“सरकारमा जाने र मन्त्री खाने सामान्य अवस्था हाम्रा लागि छैन । हामीले त जनताको माग पूरा गराउनतिर ध्यान दिनुपर्ने अवस्था छ ।” यादवले भने ।

चुनावमा सहभागि हुँदा जनताका लागि उठाएका संविधान संशोधन लगायतका माग पूरा नभएसम्म राजपा सरकारमा सहभागि नहुने उनले स्प्ष्ट पारे ।

भारतका प्रम नरेन्द्र मोदी नेपाल भ्रमणका क्रममा राजपाका नेताहरुसँग भएको भेटमा दुई देशबीचको सम्बन्धका विषयमा कुराकानी भएको यादवले जानकारी दिए ।

“नेपालमा शान्ति, विकास भनेको भारतका लागि प्रमुख सरोकारको विषय हो । नेपालमा विकास भयो भने भारतमा पनि सकारात्मक प्रभाव पर्छ भन्ने बुझाई मोदीमा रहेको पायौँ ।” उनले भने ।

आफूहरुलाई लोकतान्त्रिक प्रक्रियामा मिलेर अगाडि बढ्न सुझाब दिएको उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?