नवनियुक्त प्रधानन्यायाधीश कार्कीले लिए सपथ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ १, २०८०
|
|
३६ पटक हेरिएको
Shares
नवनियुक्त प्रधानन्यायाधीश कार्कीले लिए सपथ

सारांश

  • काठमाडौँ ।
  • राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालतका नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनीयताको सपथ लिएका छन् ।
  • राष्ट्रपति भवनमा आज आयोजित समारोहमा उनले सपथ लिएका हुन् ।

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालतका नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

राष्ट्रपति भवनमा आज आयोजित समारोहमा उनले सपथ लिएका हुन् । समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, संवैधानिक निकायमा प्रमुख, सुरक्षा निकायका प्रमु्ख र विशिष्ट पदाधिकारीको उपस्थिति रहेको थियो ।

संवैधानिक परिषद्ले उनलाई गत वैशाख २५ गते नेपालको प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गर्दै संसदीय सुनुवाइ गर्न सङ्घीय संसद् समक्ष पठाउने निर्णय गरेको थियो । समितिले आज उनको कार्ययोजना र उनी विरुद्ध प्राप्त उजुरीमाथिको छलफल र प्रश्नोत्तरपछि प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि सर्वसम्मत अनुमोदन गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?