प्रधानमन्त्री ओलीलाई ‘छाडा छाडन् खतरनाक हुने’ भन्दै बाबुरामले लेखे-संकटकालको खड्ग वहाँको हातमा

Abhiyanpost Abhiyanpost
|
मंगलबार, आषाढ ३०, २०७७
|
|
५३ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीलाई ‘छाडा छाडन् खतरनाक हुने’ भन्दै बाबुरामले लेखे-संकटकालको खड्ग वहाँको हातमा

सारांश

  • काठमाडौं, ३० असार ।
  • पूर्व प्रधानमन्त्री डा.
  • बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली खतरनाक बनेको टिप्पणी गरेका छन् ।

काठमाडौं, ३० असार । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली खतरनाक बनेको टिप्पणी गरेका छन् । उनले ओलीको चिन्तनप्रणाली स्वस्थ नदेखिएको सम्म भने ।

आज एक ट्वटिमार्फत् जनता समाजवादी पार्टीका वरिष्ठ नेता भट्टराईले संसद स्थगत गरेर अध्यादेश र संकटकालको खड्ग समेत ओलीको हातमा रहेको लेखेका छन् । उनले लेखेका छन्, ‘अब वहाँलाई छाडा छाड्नु खतरनाक हुनेछ ! उपचार खोजौं !’

नेकपाभित्र विवाद बढ्दै जाँदा संसद स्थगन भएको र ओलीले अध्यादेश ल्याएर पार्टी विभाजन गर्ने देखि संकटकाल लगाउने सम्मको चर्चा चलिरहँदा भट्टराईको पछिल्लो टिप्पणी आएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?