दुई चालकको दुर्घटनामा मृत्यु

Abhiyanpost Abhiyanpost
|
मंगलबार, आश्विन २३, २०७५
|
|
४७ पटक हेरिएको
Shares

सारांश

  • नुवाकोट ।
  • नुवाकोटमा भएका दुई छुट्टाछुट्टै दुर्घटनामा दुईजना चालकको मृत्यु भएको छ ।
  • एकजनाको करेन्ट लागेर र अर्काको ट्याक्टर दुर्घटनाका कारण मृत्यु भएको हो ।

नुवाकोट । नुवाकोटमा भएका दुई छुट्टाछुट्टै दुर्घटनामा दुईजना चालकको मृत्यु भएको छ । एकजनाको करेन्ट लागेर र अर्काको ट्याक्टर दुर्घटनाका कारण मृत्यु भएको हो ।

गल्छी–देवीघाट सडक खण्डको खाल्टेमा करेण्ट लागेर लिखु गाउँपालिका – १ बराफेदी घर भएका ३३ वर्षीय ट्रक चालक भरत ढुङ्गानाको मृत्यु भएको छ ।

त्यसैगरी, पृथ्वी राजमार्गको गल्छीबाट नुवाकोट त्रिशूलीतर्फ फलामको बाकस बोकेर आउँदै गरेको ना ३ ख ४७६८ नम्बरको ट्रकलाई बिजुलीको तारले छुन लागेपछि ट्रकमाथि छतमा गई तार पन्छाउने क्रममा करेन्ट लागेको हो ।

त्यसैगरी लिखु गाउँपालिका–६ छहरेमा ना ६ त ८४५५ नम्ब्रको ट्रयाक्टर दुर्घटना हुँदा ट्रयाक्टरका चालक पर्सा वीरजञ्जका ३८ वर्षीय धर्मराज थारुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आइतबार बालुवा खसाल्ने क्रममा सडकबाट ५० मिटर तल खसेर भएको दुर्घटनामा गम्भीर घाइते भएको चालक थारुको राजधानीको ग्रीनसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ट्रिपिङ घट्दा बिजुली काटिने दरमा कमी आउँदै
ट्रिपिङ घट्दा बिजुली काटिने दरमा कमी आउँदै
नेकपाका कमरेडहरुलाई दुई तिहाई बहुमत नपचेको बाबुरामको टिप्पणी, संघीय लोकतान्त्रिक गणतन्त्र नगुमोस्!’
नेकपाका कमरेडहरुलाई दुई तिहाई बहुमत नपचेको बाबुरामको टिप्पणी, संघीय लोकतान्त्रिक गणतन्त्र नगुमोस्!’
उपत्यका भित्र पाइने गोलभेँडा र काउलीमा धेरै विषादी
उपत्यका भित्र पाइने गोलभेँडा र काउलीमा धेरै विषादी
मनाेरञ्जन समाचार : बिक्रान्तसँग छतमा चुम्बन गरिरहेकी भेटिइन् दीपिका
मनाेरञ्जन समाचार : बिक्रान्तसँग छतमा चुम्बन गरिरहेकी भेटिइन् दीपिका
समृद्धिको लक्ष्य पूरा गर्न सरकार प्रतिबद्ध छ : मन्त्री नारायणकाजी श्रेष्ठ
इलेक्सन क्विजबारे प्रश्न उठेपछि आयोगले दियो स्पष्टीकरण
इलेक्सन क्विजबारे प्रश्न उठेपछि आयोगले दियो स्पष्टीकरण
भारतको बल मिच्याइ र मिडियाहरुको नेपाल माथीको रोइलो
नेपाली भूमि फिर्ता ल्याउन युवाले सङ्घर्ष गर्नुपर्छ  नेता थापा
नेपाली भूमि फिर्ता ल्याउन युवाले सङ्घर्ष गर्नुपर्छ  नेता थापा
जीर्ण भवनमा कैदीबन्दी
जीर्ण भवनमा कैदीबन्दी
एनसीसी बैंक र कुमारी बैंक मर्जर मर्जरको तयारीमा
एनसीसी बैंक र कुमारी बैंक मर्जर मर्जरको तयारीमा

तपाईंले छुटाउनुभयो कि?