माेदीले यसरी रचे इतिहास

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, जेठ १०, २०७६
|
|
५६ पटक हेरिएको
Shares
माेदीले यसरी रचे इतिहास

सारांश

  • नयाँ दिल्ली।
  • भारतको १७ औं लोकसभा निर्वाचनको मतगणना जारी छ।
  • प्रारम्भिक रुझान अनुसार भारतमा पहिलो पटक बहुमतकासाथा लगातार दोस्रो पटक एउटै पार्टीको सरकार बन्ने स्पष्ट संकेत देखिएको छ।

नयाँ दिल्ली। भारतको १७ औं लोकसभा निर्वाचनको मतगणना जारी छ। प्रारम्भिक रुझान अनुसार भारतमा पहिलो पटक बहुमतकासाथा लगातार दोस्रो पटक एउटै पार्टीको सरकार बन्ने स्पष्ट संकेत देखिएको छ। बिजेपीले यसअघिको निर्वाचनमा २८२ सिटमा जित हासिल गरेको थियो। यो पटक पनि बिजेपीले बहुमतकालागि आवश्यक २७२ सिटमा जित हासिल गर्ने देखिएको छ।नरेन्द्र मोदी वाराणसी निर्वाचन क्षेत्रमा अगाडि छन्। राहुल गान्धी वायनाड, सोनिया गान्धी रायबरेली निर्वाचन क्षेत्रमा अगाडि छन्।उता विहारको मधेपुरा निर्वाचन क्षेत्रमा महागठबन्धनका उम्मेद्वार शरद यावद ४० हजार मतले पछि परेका छन्र अमेठीबाट स्मृति इरानी, लखनउबाट राजनाथ सिंह, भोपालबाट प्रज्ञा ठाकुर र गान्धीनगरबाट अमित शाह अगाडि छन्।उता नागपुरबाट नितिन गडकरी र सुल्तानपुरबाट मेनका गान्धी पछाडि छन्।

११ अप्रिल देखि १९ मे सम्म भएको सातौं चरणको मतदानका क्रममा ६७ दशवमल ११ प्रतिशत मतदान भएको थियो।लोकसभा चुनावको इतिहासमा यो पटक सबैभन्दा धेरै मतदान भएको हो।जवाहरलाल नेहरीलेलगातार तीन पटक र इन्दिरा गान्धीले लगातार दोस्रो पटक कांग्रेसको पूर्ण बहुमतको सरकार गठन गरेका थिए।  १९५२, १९५७ र १९६२ मा चुनाव जितेर कांग्रेसको बहुमतको सरकार गठन गरेका थिए। इन्दिरा गान्धीले १९६७ र १९७१ को चुनावमा पूर्ण बहुमतको सरकार गठन गरेकी थिइन्। अब मोदीले पनि इन्दिरा गान्धी समान दुई पटक पूर्ण बहुमतको सरकार गठन गर्ने देखिएको छ। २०१४ मा मोदी नेतृत्वमा भाजपाले २८२ सिटमा जित हासिल गरेको थियो। यो पटक पनि मोदी नेतृत्वमा भाजपाले २८० भन्दा धेरै सिट ल्याउने देखिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाराका प्रजिअ चढेको गाडी दुर्घटनाः सशस्त्र प्रहरीका एसपी पोखरेलको मृत्यु, प्रजिअ गम्भीर
योग साधनाप्रति पूर्णरूपमा समर्पित हुनुस् : प्रधानसेनापति क्षत्री
योग साधनाप्रति पूर्णरूपमा समर्पित हुनुस् : प्रधानसेनापति क्षत्री
इजरायल आक्रमणमा बन्धक बनाइएका १३ जनाको हत्या
इजरायल आक्रमणमा बन्धक बनाइएका १३ जनाको हत्या
सन् २०१८ लाई फर्केर हेर्दा : प्रेस स्वतन्त्रताका लागि सन् २०१८ अँध्यारो वर्ष
सन् २०१८ लाई फर्केर हेर्दा : प्रेस स्वतन्त्रताका लागि सन् २०१८ अँध्यारो वर्ष
तिहारबारे नेवार समुदायमा अन्यौल
तिहारबारे नेवार समुदायमा अन्यौल
शहरी क्षेत्रमा स्वास्थ्य बीमा बढी प्रभावकारी बन्दै
शहरी क्षेत्रमा स्वास्थ्य बीमा बढी प्रभावकारी बन्दै
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक संसद्को आगामी अधिवेशनबाट पारित गरिने
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक संसद्को आगामी अधिवेशनबाट पारित गरिने
आगामी १२ वर्षमा ऊर्जा क्षेत्रमा ४६ अर्ब डलर लगानी गर्ने सरकारको महत्वाकाङ्क्षी योजना
आगामी १२ वर्षमा ऊर्जा क्षेत्रमा ४६ अर्ब डलर लगानी गर्ने सरकारको महत्वाकाङ्क्षी योजना
सामूहिक बलात्कारको अभियोगमा ६ जनालाई मृत्युदण्ड
सामूहिक बलात्कारको अभियोगमा ६ जनालाई मृत्युदण्ड
होटेलमा एक महिला मृत फेला, पाँचजना पक्राउ
होटेलमा एक महिला मृत फेला, पाँचजना पक्राउ

तपाईंले छुटाउनुभयो कि?