थारु गाउँमा दशैँको रमझम, सखिया नाचले गाउँघर गुञ्जयमान

Abhiyanpost Abhiyanpost
|
सोमबार, आश्विन ९, २०७४
|
|
५६ पटक हेरिएको
Shares
थारु गाउँमा दशैँको रमझम, सखिया नाचले गाउँघर गुञ्जयमान

सारांश

  • गुलरिया, बर्दिया, ९ असोज  ः पश्चिम नेपालका थारु गाउँबस्तीमा अहिले सखिया नाचको रौनक छ ।
  • प्रायः हरेक थारु गाउँमा दशियामा सखिया नाच नाचिन्छ ।
  • सखिया नाच नभएको गाउँ सुनसान र दशैँ नआएको जस्तो महशुस हुने गरेको थारु अगुवाको बुझाइ छ ।

गुलरिया, बर्दिया, ९ असोज  ः पश्चिम नेपालका थारु गाउँबस्तीमा अहिले सखिया नाचको रौनक छ ।

प्रायः हरेक थारु गाउँमा दशियामा सखिया नाच नाचिन्छ । सखिया नाच नभएको गाउँ सुनसान र दशैँ नआएको जस्तो महशुस हुने गरेको थारु अगुवाको बुझाइ छ । दशैँको टीका होस् कि शुभकामना आदानप्रदान गर्ने कार्यक्रम होस् सबै ठाउँमा थारु युवतीको छमछमी नाचले गाउँघरको परिवेश नै बेग्लै हुने गर्छ । ढिक्री पुज्ने ढिक्रहवा र टीकाका दिन थारु युवतीले
रातभरि सखिया नाच नाच्ने गर्छन् । प्रायः पुरुषले मादल बजाउने र युवतीले नाच्ने प्रचलन थारु गाउँमा हुन्छ । रंगीविरंगी थारु पहिरन लगाएर छमछमी नाच्ने सखिया नाचको महत्वले दशैँको
गरिमालाई समेत बढाउने गर्छ । मादलको तालमा नाचिने नचनिया कम्मर म¥काईम¥काई नाच्ने गर्छन् ।

थारु समुदायको सखिया नाचको आकर्षणले आन्तरिक तथा बाह्य पर्यटकसमेत थारु गाउँबस्तीमा पुग्ने गर्छन् । थारु सांस्कृतिक कार्यक्रमले पर्यटकलाई गाउँबस्तीसम्म तान्ने गर्छ । यसले थारु गाउँको मात्र हैन त्यहाँको जनजीवन नै गौरवान्वित हुने गर्छ । दशैँमा थारु समुदायले सामूहिकरुपमा टीका ग्रहण गर्ने गर्छन् । सखिया नाच नाच्दै अभिभावकसँग सामूहिक टीका ग्रहण गरेर एकापसमा रमाएर थारु समुदायले दशैँ मनाउने गर्छन् । दशैँले एकअर्काको सम्बन्धलाई जोड्ने र मायालाई अटुटरुपमा कायम राख्ने विश्वास गरिन्छ ।

थारु गाउँबस्तीमा कृष्णाष्टमीदेखि सखिया नाचको गीत गाउन शुरु भए पनि त्यसलाई
नाचका रुपमा नचनियासँगै गाउने काम भने दशैँमा हुने गर्छ । गीतको भाका लामो भएकाले कुनैकुनै गाउँमा तिहारसम्म पनि सखिया नाच नाच्ने प्रचलन छ । प्रायःसाँझको खाना खाएपछि भलमन्साको घरमा जम्मा भएर सामूहिकरुपमा सखिया नाच्ने प्रचलन छ । थारु समुदाय कृषि काममा व्यस्त रहने समुदाय भएकाले दिनभरि घरको काम गर्ने र साँझको फुर्सतको समयमा सखिया नाच नाच्ने गर्छन् ।

पूर्वका थारुले सखिया नाच नाच्ने गर्दैनन् । उनीहरु दशैँ पनि खासै मनाउँदैनन्
। तर पश्चिम नेपालका थारुले दशैँलाई धुमधामका साथ मनाउँछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रचण्ड काठमाडौँ आइपुगे, बल्खुको बयोधा अस्पतालमा हेलिकप्टरमार्फत अवतरण !
प्रचण्ड काठमाडौँ आइपुगे, बल्खुको बयोधा अस्पतालमा हेलिकप्टरमार्फत अवतरण !
पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्न व्यवसायीको माग
पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्न व्यवसायीको माग
दिपक दिपाले ‘छ माया छपक्कै’ चलचित्र बनाउने
दिपक दिपाले ‘छ माया छपक्कै’ चलचित्र बनाउने
निर्वाचनको सम्पूर्ण प्रक्रिया पूरा भएपछि सरकार छाड्छौँ : नेता सिंह
निर्वाचनको सम्पूर्ण प्रक्रिया पूरा भएपछि सरकार छाड्छौँ : नेता सिंह
आयोगले मुख्य निर्वाचन अधिकृतहरूलाई दियो ६ बुँदे निर्देशन
घरपायकमा पनि जान मानेनन कर्मचारी
घरपायकमा पनि जान मानेनन कर्मचारी
नेपालकै यस्तो ठाउँ, जहाँ गर्भवती महिलालाई डोरीमा झुन्ड्याइन्छ
नेपालकै यस्तो ठाउँ, जहाँ गर्भवती महिलालाई डोरीमा झुन्ड्याइन्छ
पार्टी एकता भाँड्नेसम्मको षड्यन्त्रमा सहभागी भएको आरोप कमल थापाले बोहरामाथि थोपर्दै
पार्टी एकता भाँड्नेसम्मको षड्यन्त्रमा सहभागी भएको आरोप कमल थापाले बोहरामाथि थोपर्दै
नेपाल प्रहरीका २५ एसपी एसएसपीमा बढुवा, नम्बर एकमा शैलेश थापा
नेपाल प्रहरीका २५ एसपी एसएसपीमा बढुवा, नम्बर एकमा शैलेश थापा
गुल्मीका सबै स्थानीय तहमा उत्साहपूर्वक मनोनयन दर्ता
गुल्मीका सबै स्थानीय तहमा उत्साहपूर्वक मनोनयन दर्ता

तपाईंले छुटाउनुभयो कि?