महाकालीवासी भन्छन् :आँखा चिम्लेर भोट हाल्दैनौं

Abhiyanpost Abhiyanpost
|
बिहिबार, कार्तिक ३०, २०७४
|
|
५६ पटक हेरिएको
Shares
महाकालीवासी भन्छन् :आँखा चिम्लेर भोट हाल्दैनौं

सारांश

  • कञ्चनपुरको महाकाली नगरपालिका वार्ड नं ४ का चन्द्रदेव भट्टले दुई दशकअघिदेखि निर्वाचनमा मतदान गर्दैआउनु भएको छ ।
  • असी वर्ष टेकेका भट्ट मंसिर २१ गते मतदान गर्न पनि उत्सुक हुनुहुन्छ ।
  • नेताहरुले चुनावी वाचा पूरा नगर्दा भने उहाँ असन्तुष्ट हुनुहुन्छ ।

कञ्चनपुरको महाकाली नगरपालिका वार्ड नं ४ का चन्द्रदेव भट्टले दुई दशकअघिदेखि निर्वाचनमा मतदान गर्दैआउनु भएको छ । असी वर्ष टेकेका भट्ट मंसिर २१ गते मतदान गर्न पनि उत्सुक हुनुहुन्छ । नेताहरुले चुनावी वाचा पूरा नगर्दा भने उहाँ असन्तुष्ट हुनुहुन्छ ।
“नेताहरुले अहिलेसम्म के गर्‍यो भनुँ, भोट माग्ने बेला खुट्टा ढोग्यो, नमस्कार गर्‍यो , त्यसपछि जितेर गएपछि कहिल्यै फर्केर आएनन्,” उहाँले भन्नुभयो – “मर्दको जवान हुन्छ भन्छन् तर आश्वासन दिएर फर्के पनि काम पटक्कै गरेनन् ।”

“यसलाई उसलाई भोट हाल्ने त भन्दिनँ, जसले पानीको समस्या हल गर्छ, बाटो बनाउँछ, सिँचाइ दिन्छ, त्यसैलाई भोट दिन्छौं” – उहाँले भन्नुभयो ।

झोलुङ्गे पुलसित जोडिएको वार्ड नं ४ का भट्टजस्तै आश्वासन पूरा नगरेका कारण दोधारा चाँदनीका बासिन्दा पनि उम्मेदवारसँग असन्तुष्ट छन् ।
महाकाली नगरपालिका वार्ड नं ९ ढकनाघाटका पार्वती रावलले भन्नुभयो, – “कतिसम्म एउटैलाई मत दिने ? खाली आश्वासन मात्रै पाएर के गर्ने ? अब त सुविस्ता गर्नेलाई भोट दिन्छौ ।”
नेताहरुले चुनावी प्रचारका क्रममा दोधारा चाँदनीमा ‘विकास गरेँ’ भनेर भाषण गरेको सुनेर आश्चर्यमा पर्नुभएका रावल भन्नुहुन्छ, “यो ग¥यो, त्यो ग¥यो भनेर भाषण गर्दैछन्, खै के गरेको छ त हाम्रोमा ? बिजुलीका पोल पनि छैन ।”

वार्ड नं. ९ को अम्बिका स्कुल बजार नजिक भएर ढकनाघाट जाने बाटोलाई कसैले नहेरेको उहाँले बताउनु भयो । “यो बाटो जस्तो थियो, त्यस्तै छ, कसैले अहिलेसम्म केही गरेन”– उहाँले भन्नुभयो ।

बाइसहजार मतादाता भएका महाकाली नगरपालिकामा अढाई सय मिटरका ७ वटा मात्रै पक्की सडक छन् । ती सडक पनि नगरपालिका बनेपछि मात्रै निर्माण गरिएका हुन् ।

स्थानीय बासिन्दाका अनुसार उम्मेदवारहरुले विगत देखिनै प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पताल बनाउने, विद्युत्को क्षमता विस्तार गर्ने, कुतियाकवरसम्मको सडक पक्की गर्ने, घरघरमा शुद्ध खानेपानी पु¥याउने, इलाका प्रशासन कार्यालय स्थापना गर्ने, सुकुम्बासी समस्या हल गर्ने र महाकाली नदीमा तटबन्धन गर्ने विषयलाई चुनावी एजेण्डा बनाउँदै आएका छन् । यी चुनावी एजेण्डा पूरा नभएपछि स्थानीय बासिन्दा उम्मेदवारसँग रुष्ट भएका हुन् ।

महाकाली नगरपालिका–९ की पुर्णकला रावत भन्नुहुन्छ, “कसैले केही गरेको छैन । इन्डियाको गाँस, नेपालको बास छ । अब जसले हामीलाई हेर्छ उसैलाई हेर्छौं । पहिला जसरी आँखा चिम्लेर मत हाल्दैनौं ।” दोधारा चाँदनीका मतदाता फकाउन वाम गठबन्धन र काँग्रेसका उम्मेदवार लागिपरेका छन् । कञ्चनपुर क्षेत्र नं ३ मा वाम गठबन्धनबाट नेकपा एमालेका डा. दीपक प्रकाश भट्ट र नेपाली काँग्रेसका पूर्व साँसद रमेश लेखक चुनावी प्रतिस्पर्धामा छन् ।

दोधारा चाँदनीसहितको प्रदेश (ख) मा गठबन्धनबाट मान बहादुर सुनार र काँग्रेसका बेल बहादुर राना चुनावी मैदानमा छन् । दुबै उम्मेदवार दिन बिराएर मतदाताका घरमा पुग्न थालेका छन् ।

स्थानीय शिक्षक अमर बस्नेत यस पटकको चुनावमा विगतको जस्तो नतिजा नआउने बताउनुहुन्छ । “विगतको जस्तो राजनीतिक अवस्था छैन, नयाँ पुस्ताले केही परिवर्तन खोजिरहेका छन्” – उहाँले भन्नुभयो ।

दोधारा चाँदनीबाट प्रदेशसभाका उम्मेदवार पनि भएकाले यस अघिको नतिजा दोहोरिने सम्भावना नदेखिएको बस्नेतले बताउनुभयो । स्थानीय तह निर्वाचनमा काँग्रेसले मेयर र एमालेले उपमेयर जितेको छ । दश वडामध्ये काँग्रेसले ५, एमाले ४ र माओवादी केन्द्रले एउटा वडा जितेको छ । एमाले र माओवादी केन्द्र मिलेपछि काँग्रेस गठबन्धन वडामा बराबरी भएका छन् । काँग्रेसले चाँदनी र एमालेले दोधाराका वडा जितेको हो । गठबन्धन र काँग्रेस दुबैले अहिले मतदाता तान्न वडा स्तरमा भेला, भेटघाट, प्रचारका कार्यक्रम गर्दैआएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सामाजिक सुरक्षा र न्यूनतम पारिश्रमिक अनिवार्यः मन्त्री विष्ट
सामाजिक सुरक्षा र न्यूनतम पारिश्रमिक अनिवार्यः मन्त्री विष्ट
कर्णाली सरकारद्वारा एकसय दिनको प्रगति सार्वजनिक
कर्णाली सरकारद्वारा एकसय दिनको प्रगति सार्वजनिक
उदयपुर जग्गा अतिक्रमण: प्रशासनले निकाल्याे खालीगर्ने अन्तीम सुचना
उदयपुर जग्गा अतिक्रमण: प्रशासनले निकाल्याे खालीगर्ने अन्तीम सुचना
सलमान खानको सुपरहिट फिल्म ‘तेरे नाम’को सिक्वेल बन्ने
सलमान खानको सुपरहिट फिल्म ‘तेरे नाम’को सिक्वेल बन्ने
एमाले सांसद एकाएक जर्याकजुरुक उठेपछि संसदमा हंगामा, सभामुखको कुर्सी नै हल्लियो !
एमाले सांसद एकाएक जर्याकजुरुक उठेपछि संसदमा हंगामा, सभामुखको कुर्सी नै हल्लियो !
प्रधानमन्त्री कप क्रिकेट : हरी गौचनको सतकिय पारी
प्रधानमन्त्री कप क्रिकेट : हरी गौचनको सतकिय पारी
प्रधानमन्त्री दाहालले प्राप्त गरे विश्वासको मत
प्रधानमन्त्री दाहालले प्राप्त गरे विश्वासको मत
मन्त्रीको जिम्मेवारी परिवर्तन, गृहमा बस्नेत र परराष्ट्रमा कार्की
मन्त्रीको जिम्मेवारी परिवर्तन, गृहमा बस्नेत र परराष्ट्रमा कार्की
अामिर खानकाे चलचित्र ‘ठग्स अफ हिन्दोस्तान’ इन्टरनेटमा लिक
अामिर खानकाे चलचित्र ‘ठग्स अफ हिन्दोस्तान’ इन्टरनेटमा लिक
सर्वोच्चले शपथग्रहण रोकेका खतिवडा अर्थमन्त्री बन्ने पक्का
सर्वोच्चले शपथग्रहण रोकेका खतिवडा अर्थमन्त्री बन्ने पक्का

तपाईंले छुटाउनुभयो कि?