एलपी ग्यासमा कालोबजारी रोक्न उपत्यकामा संयुक्त अनुगमन टोली परिचालन

Abhiyanpost Abhiyanpost
|
आइतबार, श्रावण २४, २०८३
|
|
३० पटक हेरिएको
Shares
एलपी ग्यासमा कालोबजारी रोक्न उपत्यकामा संयुक्त अनुगमन टोली परिचालन

सारांश

  • खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना गरी उपभोक्ता ठग्ने कालोबजारीविरुद्ध सरकारले कडाइ थालेको छ।
  • ग्यासको आपूर्ति पर्याप्त हुँदाहुँदै बजारमा अभाव देखिएको गुनासो र महँगोमा बेच्ने गतिविधि बढेपछि नियन्त्रणका लागि संयुक्त अनुगमन टोली परिचालन गरिएको हो।
  • काठमाडौँ उपत्यकाका  डिपोको अनुगमनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र गृह मन्त्रालयबीच समन्वय गरिएको मन्त्रालयले जनाएको छ।

खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना गरी उपभोक्ता ठग्ने कालोबजारीविरुद्ध सरकारले कडाइ थालेको छ।ग्यासको आपूर्ति पर्याप्त हुँदाहुँदै बजारमा अभाव देखिएको गुनासो र महँगोमा बेच्ने गतिविधि बढेपछि नियन्त्रणका लागि संयुक्त अनुगमन टोली परिचालन गरिएको हो।

काठमाडौँ उपत्यकाका  डिपोको अनुगमनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र गृह मन्त्रालयबीच समन्वय गरिएको मन्त्रालयले जनाएको छ।उच्चस्तरीय समन्वय गरिएको छ। उद्योगमन्त्री गौरीकुमारी यादवले गृहमन्त्री सुधन गुरुङसँग सुरक्षाकर्मी परिचालनका लागि विशेष आग्रह गरेपछि प्रहरी प्रशासनलाई तत्काल सहजीकरण गर्न निर्देशन दिइएको छ।

बजारमा कृत्रिम अभाव सिर्जना गरी अनुचित लाभ लिन खोज्ने व्यवसायीलाई लक्षित गर्दै प्रहरीसहितको विशेष टोली अनुगमनमा परिचालन गरिएको छ। उद्योग मन्त्रालयमा निरन्तर प्राप्त जनगुनासो र सूचनाका आधारमा यो कदम चालिएको बताइएको छ।

उद्योग मन्त्रालयका सहसचिव नेत्रप्रसाद सुवेदीका अनुसार पछिल्ला दिनमा अनुगमन निरन्तर र प्रभावकारी बनाइएकाले आपूर्ति व्यवस्था क्रमशः सहज बन्दै गएको छ। ग्यासको आयात निर्बाध रहेकाले उपभोक्तालाई नआत्तिन र कालोबजारी नगर्न व्यवसायीलाई सचेत गराइएको छ।

उपभोक्ताको अधिकार संरक्षण गर्दै बजारमा कृत्रिम संकट सिर्जना गर्ने जोकसैलाई कानुनी दायरामा ल्याउन दुवै मन्त्रालयले प्रतिबद्धता जनाएका छन्। आगामी दिनमा पनि सुरक्षा संयन्त्र र नियमनकारी निकायको संयुक्त टोलीले उपत्यकाका विभिन्न पसल तथा डिपोमा आकस्मिक निरीक्षणलाई निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?