मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा घटना स्थलमै एक जनाको मृत्यु

Abhiyanpost Abhiyanpost
|
सोमबार, माघ २३, २०७९
|
|
३५ पटक हेरिएको
Shares
मोटरसाइकललाई  ट्रकले ठक्कर दिँदा घटना स्थलमै एक जनाको मृत्यु

सारांश

  • बझाङ ।
  • बझाङमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ ।
  • जिल्लाको केदारस्युँ गाउँपालिका–२ र ४ को बिच बज्वामा मालबाहक ट्रकले ठक्कर दिँदा हेयर नेपालमा कार्यरत दुर्गाथलि गाउँपालिका–३ रकैल घर अन्दाजी २३ २४ वर्षीय अमृता खत्रीको मृत्यु भएको हो ।

बझाङ । बझाङमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ ।

जिल्लाको केदारस्युँ गाउँपालिका–२ र ४ को बिच बज्वामा मालबाहक ट्रकले ठक्कर दिँदा हेयर नेपालमा कार्यरत दुर्गाथलि गाउँपालिका–३ रकैल घर अन्दाजी २३ २४ वर्षीय अमृता खत्रीको मृत्यु भएको हो ।

आज सोमबार बिहान सदरमुकाम चैनपुरदेखि बागथाला तर्फ गइरहेको सुपप्र ०१०१ ० प ५३१७ नम्बरको मोटरसाइकललाई धनगढीबाट बझाङ आइरहेको सुपप्र ०१००१ ख ३०७१ नम्बरको ट्रकले ठक्कर दिँदा मोटरसाइकल पछाडि सवार खत्रीको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रक चालक बैतडीको पुर्चौडि नगरपालिका–६ का दिपेन्द्र साउँदलाई प्रहरीले नियन्त्रणमा लिएका छन् भने मोटरसाइकल चालक जयपृथ्वी नगरपालिका–७ का नारायण जोशी फरार रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?